"सुगौली सन्धि" का संशोधनहरू बिचको अन्तर

सा →‎अङ्ग्रेजीमा पढ्नुहोस्: unicodifying, removed uncategorised tag
correction, replaced: दोश्रो → दोस्रो using AWB
पङ्क्ति ३:
[[File:India shepherd 19231.jpg|200px|thumb|right|greater nepal map with british india map]]
 
'''सुगौली संधि'''मा हस्ताक्षर [[:en:British East India Company|ब्रिटिश ईष्ट इण्डिया कम्पनी]] र [[नेपाल]] बीच २ डिसेम्बर १८१५ मा भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो| यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोश्रोदोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो| संधिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नल प्यरिस् ब्राड्श थिए| संधिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्‍यो | यस अघि फ्रांसका कमाण्डरहरुलाई नेपाली सेनालाई तालिम दिने काममा लगाइन्थ्यो| यस संधिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्‍यो | यस अन्तर्गत [[सिक्किम]]को क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए| नेपालले गुमाएका क्षेत्रहरुमा काली नदीको पश्चिमी भाग कुमाउ (वर्तमान उत्तराखण्ड), गडवाल(वर्तमान उत्तराखण्ड), सतलुज नदीको पश्चिमतर्फका केही क्षेत्रहरु कांग्रा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरु| तराई क्षेत्रका केही भागहरु सन् १८१६ मा नेपाललाई फर्काइयो र सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरु सन् १८६५ मा नेपाललाई फर्काइयो|
 
नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि इड्-वार्ड् गार्डनर् नैं प्रथम पश्चिमी प्रतिनिधि भए| उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरु छन्| सुगौली संधिलाई सँच्याउने अर्को "सदाको निम्ति शान्ति एवं मैत्री" सन्धि डिसेम्बर १९२३ मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो| भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो|
"https://ne.wikipedia.org/wiki/सुगौली_सन्धि" बाट अनुप्रेषित