"राशि-चक्र" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: is:Dýrahringurinn; अंगराग परिवर्तन
→‎राशि को विवरण: correction, replaced: दोश्रो → दोस्रो using AWB
पङ्क्ति ४४:
मेषः मेष अन्तरिक्षको प्रथम राशि हो जसको मालिक मङ्गलग्रह हो र यसको स्वभाव अग्निको जस्तै हुन्छ । मङ्गल ग्रहलाई ज्योतिष विज्ञानले सेनापतिको रूपमा लिएको छ । त्यसैले मेष राशि भएका व्यक्तिहरू सेना, प्रहरी र अत्यधिक मात्रामा ऊर्जाको प्रयोग गर्नुपर्ने क्षेत्रमा सफल हुन्छन् । डाक्टर, पाइलट र होटल व्यवसायसँग सम्बन्धित काममा लागेमा यिनीहरूलाई सफलता चुम्न सहज हुनेछ । यिनीहरूमा नेतृत्व लिन सक्ने क्षमता हुन्छ अनि आफूले चाहेको कार्य गर्छु भनी अठोट गरेमा पछाडि फर्केर हेर्न पर्दैन ।
 
वृषः वृष राशि पृथ्वी तìव भएको, स्थिर स्वभावको, अन्तरिक्षको दोश्रोदोस्रो राशि हो जसको मालिक शुक्र ग्रह हो । ज्योतिष विज्ञानमा तìवको अत्यन्त गहिरो महìव छ । वृष राशिमा पृथ्वी तìव भन्नुको आशय वृष राशि भएका व्यक्तिहरू सहनशील, धैर्यवान् हुन्छन् । शुक्र ग्रह वृष राशिको मालिक हो जसले सुख, समृद्धि, धन, सम्पत्ति, वैभव जनाउँछ । फिलिम, मोडलिङ, फेसन, इन्टेरियर डिजाइनिङजस्ता ग्ल्यामरस क्षेत्र वृष राशिअन्तर्गत पर्दछन् । पर्यटन, कमर्स, वकालत, प्रशासनिक कार्यजस्ता क्षेत्रसँग सम्बन्धित वृष राशि भएका व्यक्तिको छिटोछिटो प्रगति हुन्छ ।
 
मिथुन : मिथुन वायु तìव प्रधान, तेस्रो राशि हो जसको स्वामी बुध ग्रह हो । बुध ग्रहको सम्बन्ध योग्यता, प्रज्ञा र मूलतः वाणीसँग हुन्छ । यो राशिका व्यक्तिहरू कुराकानीकै क्रममा पनि शब्द चयन गरेर बोल्दछन् । शब्दको उत्पत्ति अन्तरिक्षमा भएको मानिन्छ र शब्दलाई यात्रा गर्न वायुको आवश्यकता पर्दछ । मिथुन, वायु तìव प्रधान राशि भएकाले शब्दजाल बुन्न, गहिरो शब्दको अर्थ केलाउन अनि शब्दलाई खेलाउन यिनीहरू चतुर हुन्छ्न । मिथुन राशिसँग सम्बन्धित व्यक्तिहरू सञ्चार, इन्फर्मेसन टेक्नोलोजी, सˆटवेयर डिजाइनिङ, स्टक एक्सचेन्ज, वाणिज्य, व्यापारजस्ता क्षेत्रमा सजिलै आफूलाई स्थापित गर्न सक्छन् । आˆना कुरालाई स्पष्ट तरिकासँग राख्न सक्ने अनि अरूलाई पनि त्यसमै सहमत गराउन सक्ने विशेष गुण यिनमा हुन्छ । वाकपटु हुने भएकाले सहायक एवं सल्लाहकारको भूमिकामा सहजै भिज्न सक्छन् । लेखक साहित्यकार अथवा राजदूतको रूपमा यिनीहरूको भूमिका महìवपूर्ण हुन्छ । विवाद सुल्झाउन होस् अथवा आफ्नो पक्षलाई मजबुत पार्न, तर्कको माध्यमबाट यिनीहरूलाई प्रशस्त गर्न अत्यन्त कठिन हुन्छ ।
"https://ne.wikipedia.org/wiki/राशि-चक्र" बाट अनुप्रेषित