"कूर्म अवतार" का संशोधनहरू बिचको अन्तर

→‎समुद्रमथन: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: भाई → भाइ using AWB (7794)
correction, replaced: दोश्रो → दोस्रो , पछी → पछि (4) using AWB
पङ्क्ति १:
[[Image:Kurm.gif|200px|thum|भगवान कूर्मावतार]]
 
[[हिन्दू धर्म]]का अनुशार '''कूर्म''' कच्छवातार भगवान विष्णुको दोश्रोदोस्रो रुप हो। कूर्मावतारमा भगवान विष्णुले कछुवाको रुप धारण गरेर समुन्द्र मथन गरिरहेका देवता र दैत्यहरुको उदार गरेका थिए।यो अवस्थामा भगवान विष्णुले तिनवटा रुप धारण गरेका थिए। जसको बर्णन गरिएको छ।
==समुद्रमथन==
स्वर्गका राजा ईन्द्र एक दिन ऐरावत हात्तीमा स्वार भएर सैर गर्दै थिए अचानक उनको भेट महर्षी[[दुर्बाशा]]सँग हुन गयो। दुर्बाशा ऋषिले देवराजको स्वागातार्थ आफ्नो गलाको माला निकालेर दिँदा भए। देवराज ईन्द्रले माला आफुले न पहिरेर ऐरावत गजलाई पहिराई दिए। ऐरावत मत्था भएर झुलिरहेको थियो अत: माला चुटेर भुईँमा खस्यो र ऐरावत हात्तीको खुट्टा मुनी कुल्चियो। यो देखेर दुर्बाशा ऋषी क्रोधित भएर देवराज ईन्द्रलाई घमंड गरेको भनी राज्य पदच्युतको श्राप दिए। श्रापका कारण स्वर्गमा दैत्यहरुले कब्जा जमाए। दैत्यराज बली स्वर्गका राजा भए। त्यसपछी सँधै जसो देव दानवमा युद्ध हुन थाल्यो देवताहरु सँधै हार्दै गए। एक दिन देवताहरु साह्रै दु:खी भएर ब्रह्माजी ठाउँ गएर प्रार्थना गरे "हे सृष्ठीकर्ता प्रभु ! दानवहरुले पुरा स्वर्ग नै सखाप पार्न थाले दैत्यराज बलिले उल्टो नियम चलाएर हजुरको सृष्ठी विनास गर्दै छन्। कोही उपाए सोच्नु होस् नत्र हजुरको सृष्ठी विनास हुने बखत आयो।" यती सुनेर ब्रह्माजीले सबैलाई विष्णु भए ठाउँ जाने सल्लाह दिए। त्यसपछी ब्रह्माजी सहित देवताहरु भगवान विष्णुको वासस्थान वैकुण्ठ धाम गए। देवताहरुले भगवान विष्णुको प्रार्थना गरेर सबै वृतान्त सुनाए। यो सुनेर भगवान विष्णुले दैत्यहरु सँग मेल गरी समुन्द्र मथनको राय दिए।
समुद्र मथनमा देवता र दानवहरु मिलेर बासुकी नागको [[नेती]] र मन्दराचल पर्वतको [[मथानी]] बनाएर क्षिर सागरलाई दही मथे जस्तै गरी मथ्नु पर्नेछ र यसरी मथिएमा सागरबाट [[अमृत]]को उत्पत्ती हुनेछ। अमृतको प्राप्ती पछीपछि देवताहरुले अमृत खाएर दैत्यहरुसँग युद्ध गरी दानवहरुलाई मारेर पुन: स्वर्ग प्राप्ती हुने कुरा भगवान बिष्णुले बताए। यो उपाय पाए पछीपछि देवताहरु दैत्य राज बली भएको ठाउँमा गएर भनेकी "महाराज! हामी एउटै बाबु [[कश्यप]] ऋषिका सन्तान हौँ। केवल हाम्री आमाहरु फरक भएकाले हामी सौते भाइ भयौँ। हामिले अब आपसमा वैरभाव राख्न उचित छैन हामीहरुले भगवान विष्णुको राय बमोजिम समुद्र मथन गर्नु पर्‍यो जसबाट अमृत प्राप्ती हुने छ। त्यो खाएर हामी कहिल्यै नमर्ने हुने छौँ। हामीलाई भगवान विष्णुले सहयोग गर्नु हुनेछ।" यो सुनेर दैत्यराज बली सहित सबै दानवहरु देवताको योजनासँग सहमती भए। सबै मिलेर मन्दराचल पर्वतलाई उठाएर क्षिर सागरमा लगे। [[बासुकी नाग]] पनि नेती बन्नकोलागी सहमती भए।
==कूर्म अवतार==
मन्दराचल पर्वत समुन्द्रको गहिराईमा डुब्न लाग्यो। यो देखेर देव दानवहरु फेरी बिष्णुको शरण लिन पुगे। भगवान विष्णुले पनि कछुवाको रुप धारण गरेर पर्वतलाई आफ्नो पिठमा अड्काए। समुन्द्र मथन बाट सबै भन्दा पहिले हलाहल नामको बिषको उत्पत्ती भएको थियो हलाहल बिषको असर देवताहरुले सहन सकेनन्। भगवान [[शिव]]ले त्यो हलाहल बिष सबै पिए। शिवले हलाहल खाए पछीपछि उनको घाँटी निलो पर्न गयो। त्यसैले शिवलाई निलकण्ठ भनिएको हो। यसै गरी समुद्र मथन बाट धनकी देवी [[लक्ष्मी]], काम धेनु, रम्भा नामकी [[अप्सरा]], उच्चश्रवा घोडा, भगवान विष्णुको गलामा पहिरिएको कोस्तुभमणी, पारीजात कल्प वृक्ष, आदी 13 रत्न पछि अमृतको उत्पत्ती भएको थियो।
 
===धन्वन्तरी अवतार===
पङ्क्ति १२:
 
===मोहनी रुप===
अमृत कलशमा दैत्यहरुले कब्जा जमाएको देखेर भगवान विष्णुले एक सुन्दर नारीको रुप लिएर उपस्थित भए। दैत्यहरु मोहनी रुपलाई देखेर मोहित भए। दैत्यहरुले मोहनीसँग अमृत दैत्यहरुको समुहमा बाँटी दिने आग्रह गरे। मोहनीले देवता र दानव दुवै समूहको परिश्रमबाट प्राप्त भएको अमृत कसरी दैत्य समुहमा मात्र बाँटी दिउँ भनेर प्रश्न गर्दा मोहित भएका दैत्यहरुले दुवै समुहमा बाँट्ने सहमती दिए। त्यस पछीपछि मोहनीले एक तर्फ दैत्य समुह र अर्को तर्फ देवता समुहलाई बसालेर आफ्नो लिलाले अमृतको घडा सँगै मदिराको घडा जोडेर देवताहरुलाई अमृत र दैत्यहरुलाई मदिरा दिन थाले त्यसै बेला चन्द्रमा र सूर्यदेवको बिचमा राहु नामको राक्षस बसेको थियो राहुले चन्द्रमालाई दिन लागिएको अमृत थापेर खायो यो देखेर मोहनी रुप छोडेर भगवान विष्णुले तरवारले राहुको टाउको काटे तर अमृत खाई सकेको राहु मरेन त्यसलाई भगवान विष्णुले टाउको तर्फको भाग राहु ग्रह र खुट्टा तर्फको भाग केतु ग्रह बनाई देवता समुहमा राखे।
 
==देवासुर युद्ध==
"https://ne.wikipedia.org/wiki/कूर्म_अवतार" बाट अनुप्रेषित