"तुलसी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही using AWB (7794) |
correction, replaced: भुभाग → भूभाग, उपरोक्त → उपर्युक्त using AWB |
||
पङ्क्ति १५:
|}}
संसारको जुनसुकै
▲संसारको जुनसुकै भुभागमा पनि पाईने यो वनस्पति [[हिन्दू]]हरुको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो| Lamiaceae परिवारमा बर्गिकरण गरिएको '''तुलसी''' विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ| भारतिय उपमहाद्दिपमा यसको बहु उपयोग गरिन्छ भने पूर्वी एसिया का पकवानको लागि तुलसी अमिन्न मसला हो| पश्चिम गोलार्दमा पनि तुलसीको एक प्रकारलाई "Basil"को रुपमा प्रयोग गरिन्छ जसको राग तुलसीको तुलनामा केही मन्द हुन्छ| तर तुलसी बाट तयार गरिएको चीया भने प्रसस्तै खपत हुन्छ|
[[File:Starr 080117-1577 Ocimum tenuiflorum.jpg|thumb]]
Line ३० ⟶ २९:
बिहानै तुलसीको पूजनले, तुलसीसागको सम्पर्कले मानव जीवन निरोगी बन्छ भने तुलसीको समिश्रणको खाद्यपदार्थहरूको सेवन गर्दा मानिसले दीर्घजीवन प्राप्त गर्न सक्छ भन्ने कथन छ। यहासम्म कि तुलसी एउटा महाऔषधि भएकाले मृत्युका मुखमा परेका बिरामीहरूलाई पनि घाटका चिकित्सकहरूले मुखमा तुलसी राखिदिन प्रेरणा दिन्छन् । मृत्युपश्चात् पुनः देह निर्माणको प्रतीकस्वरूप पिण्ड, श्राद्वादि कार्य र दिवङ्गत पितृहरूले आफन्तहरूबाट प्राप्त गर्ने खानाको विश्वास स्वयं दिइएको पिण्डमा तुलसीको मञ्जरी राख्ने गरिन्छ भने देवकार्यमा अर्पण गरिने नैवेद्यहरूमा तुलसी नराख्दा विषाक्त र जूठोरूपमा लिइन्छ । अघिपछि दैनिकी हाम्रा खाद्य पदार्थहरूमा पनि तुलसीको प्रयोग गरी निर्विषाक्त पार्ने प्रयास गरिएको हुन्छ । विभिन्न कारणबाट खानाका पदार्थहरू जमिनदेखि नै विषाक्त बनेका हुन्छन् भने तिनको भण्डारणदेखि भान्छासम्म मन, वचन र मानिसको क्रोध, आवेग, तनावका कारण पनि खानेकुराहरू विषाक्त बनिरहेका हुन्छन् । तिनलाई निर्विषाक्त बनाउने एक मात्र सजिलो उपाय तुलसीको प्रयोग पनि हो । यसरी हाम्रो जीवनको प्रत्येक क्षणमा तुलसी जीवनसाथी नै बनेको छ । तुलसीले अजीर्ण, अरुचि र उदरशूलजस्ता सामान्य र मुटु, मृगौलाजस्ता असामान्य रोग हरण गर्ने क्षमता राख्ने भएकाले पनि तुलसी र मानव जीवनमा अन्तरसम्बन्ध बढ्न गएको हो । हालै भारतमा भएको एक परीक्षणबाट तुलसीमा क्यान्सरजस्तो भयङ्कर रोगसाग लड्ने क्षमता भएको कुरा पुष्टिभएको छ ।
==धार्मिक महत्व==
शास्त्रहरूको मत छ, जीव र जगत्का रक्षक नारायण छन्, उनलाई [[विष्णु]]को रूपमा पनि लिइन्छ । ब्रमाण्डको सृष्टि रचना गर्दा उनी ब्रहृमाको रूपमा स्थापित हुन्छन् भने जगतको सञ्चालनमा उनको स्वरूप [विष्णु]को हुन्छ । अघि सती नारी वृन्दाको श्रापका कारण उनै [[विष्णु]]ले वनस्पति झार तुलसीको रूपमा परिणत भई
युगौ युगदेखि तुलसीको महत्ता कायमै छ । सत्ययुगदेखि नै मानव जीवनको अभिन्न अङ्ग बनेको तुलसीलाई त्रेतायुगमा रामको नामले यसलाई ज्ञानको प्रतीक मानियो भने त्रेतायुगमा भक्तिरूपी सीताको अभावमा चित्रकुटमा रामले आफ्नो आसुले तुलसीको सिञ्चन गर्नुभयो । द्वापर युगमा तुलसी सत्यभामाकी जीवन सङ्गनि नै बनिन् | कृष्णप्रियासमेत भई गोलोकमा राधिकाको नामले तुलसीलाई पुकारियो । वृन्दावन पूरै तुलसीको वनले ढाकिएको क्षेत्र हो । तुलसी वनलाई नै वृन्दावन भनिन्छ । वृन्दावन पुग्दा मन हषिर्त र आनन्दित हुने कारण तुलसीको वास्ना नै हो । मन हषिर्त र प्रफुल्लित भएपछि नै जीवन धन्य बन्छ र जीवनोपयोगी र सामाजिक मर्यादाअनुकूलको काम सम्पन्न हुनपुग्छ । सुकेको झारको रूपमा समेत उत्तिकै उपयोगी भएको तुलसीको रोपण, पूजन, यजन, चिन्तन र मनन् हर मानवका लागि उपयोग सिद्ध भएको छ ।
|