"चेपाङ जाति" का संशोधनहरू बिचको अन्तर

सा unicodifying
correction, replaced: हिन्दु → हिन्दू using AWB
पङ्क्ति ५:
शिक्षामा निकै पछाडि परेको यो समुदायबाट हालसम्म प्रवेशिका उत्तीर्ण गर्नेको संख्या आठ दस/जनाभन्दा बढी छैन । प्रजा बालबालिकालाई स्कूल भर्ना गराउन निकै कठिन हुन्छ । अभिभावकमा चेतनाको अभाव, टाढाको विद्यालय, लगाउने लुगा र पाठ्यसामग्रीको अभावका कारण उनीहरू विद्यालय आउन नसकेका हुन् । प्रजा समुदायको विकासका लागि २०३४ सालदेखि प्रजा विकास कार्यक्रम लागु गरे पनि उनीहरूको जीवनस्तरमा खासै सुधार आएको पाइँदैन । स्थानीय विकास मन्त्रालयबाट सञ्चालन हुँदै आएको उक्त कार्यक्रम विगत दुई वर्षदेखि जनजाति विकास प्रतिष्ठानले सञ्चालन गरेको छ । बाहृय सस्थाको प्रयासले आफ्नो विकास हुने नदेखेपछि २०५७ सालमा प्रजा एकीकृत समाजको स्थापना गरिएको छ । जङ्गल फँडानी गरेर बसोवास गर्ने यो जातिको आफ्नो भन्ने खास कुनै सम्पत्ति छैन । अर्काको काम गरेर, भारी बोकेर, जडिबुटी संकलन, च्यूरीको घ्यू र मह काढेर कमाएको थोरबहुत आम्दानीले गुजारा चलाउनु पर्छ । पहिला जग्गा नापी दर्ता हुँदा सरकारी कर लाग्ने डरले आधाभन्दा बढी चेपाङहरूले आफूले कमाउँदै आएको जग्गा पनि आफ्नो नाममा दर्ता नगरेको कारण आधाभन्दा बढीसँग जग्गाधनी प्रमाणपूर्जा छैन ।
 
परम्परागत रूपमा हिन्दुहिन्दू र बौद्ध धर्म मान्ने भएता पनि यो जातीमा गरिबीको कारण अहिले चेपाङ वस्तीमा क्रिश्चियन धर्मको व्यापक प्रचार भएको पाइन्छ । आफ्नै मौलिक संस्कृति, भेषभुषा र सामाजिक रहनसहन भएको यस जातिलाई बाहिरी दुनियाँसँग परिचित गराई उनीहरूको जीवनस्तरमा सुधार ल्याउनेतर्फ ध्यान दिनु जरुरी देखिन्छ । प्राकृतिक सौन्दर्यता, जैविक विविधता र साँस्कृतिक विशिष्टताका कारण यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना देखिन्छ ।
"https://ne.wikipedia.org/wiki/चेपाङ_जाति" बाट अनुप्रेषित