"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

सा unicodifying
correction, replaced: को → को (6) using AWB
पङ्क्ति २५:
चाम्डोबाट म्हिन कुगीहरू पश्चिम ल्होका क्षेत्रको यार्लुङ उपत्यकातिर लागे । त्यहा १०००बी.सी.तिर तिनीहरूलाई प्रचलित रूपमा तमु भनेर चिनियो र समयको अन्तरालमा पच्यु पुरोहित रहेको वोन धर्म (बुद्ध धर्म भन्दा अघिको) फस्टायो । त्यहा बाट केही पुरोहितहरूले च्वों नासा (गाउ ) तिर तीर्थाटन गरेको हुन सक्छ । तमुहरूको अर्को समूह ल्होकाको पश्चिमतिर बसाई सरेको हुनु पर्दछ । ल्होका क्षेत्रमा चेताङ ठाउ नजिक चन्ताङ गोसी भन्ने डाँडा छ । पच्चिस सय वर्षअघि त्यहा तिब्बती इतिहासमा वर्णित न्या (त्रि) चन (पो)सगको ऐतिहासिक भेट र तमु शास्त्रमा उल्लेखित न्ह चन (लम्बिएको कान वाला)को कथा ठ्याम्मै मेल खान्छ, एकै हो । गोठालाहरूले भेटेको एक्लो बलियो न्ह चन उनीहरूसगै मिलेर गाउमा बसे । उनले गाउलेहरूको खतरापूर्ण गाह्रो कामहरू सघाए । पछि उनलाई नोचन ह्रोँले चिनियो । उनलाई चाफि पामि्रस्यो कन्यासग विवाह गराई दिए । उनका सन्तानहरूलाई कोन्म थर भनियो ।
 
१०० बी.सी.तिर पच्युहरूमध्येबाटै क्ल्हेब्री (क्यार वो)को उदय हुनु अघि नै यता तमुहरू मुस्ताङ क्षेत्रमा बसोबास गरिसकेको हुनसक्छ । उता चनपो राजपरम्पराको ३३ औं शक्तिशाली राजा स्रोङचोन गम्पो (६२९ - ६५० इ.सं.) को पालामा तिब्बत एकीकरण भयो र ल्होकाको राजधानी साङपो नदी पारी उत्तरतिर ल्हासामा सारियो । त्यस ताका पूर्वी सीमा क्षेत्रका थुप्रै मानिसहरूलाई सैनिक पेशामा भित्र्याइयो । वोन परम्पराको साथसाथै बुद्ध धर्म (लामावाद होइन) अंगालियो । पछि आठौं शताब्दीमा भारतीय बज्रयानी गुरु पद्म सम्भवले निग्मापा शाखाको लामावाद स्थापना गरे । उनले महायानी बौद्ध, वोन विश्वास (पञ्चदेव), हिन्दू संस्कार (गरुड पुराण) र बज्रयानी तन्त्रमन्त्र मिसाएर तिब्बती बुद्ध धर्म अर्थात् लामावाद लोकप्रिय बनाए । तिब्बतीहरूले बुद्धलाई भन्दा बढी उनलाई ॐ मनि पद्म हु भनी पूज्न थाले । राज्यसत्ताको आडमा लामावादीहरूले वोन्पोहरूलाई दबाब बढाए तापनि तिब्बतमा तेह्रौं शताब्दीसम्म वोन धर्मको प्रभाव बलियो रह्यो । जे भए तापनि स्रोङचन गम्पोको पाला भन्दा धेरै शताब्दी अघि तिब्बत छाडिसकेको हुनाले तमु वोन पुरोहितहरूले पढ्दा उनको बारेमा उल्लेख गरिएको पाइदैन ।
 
तिब्बतको बुद्ध धर्म अघिको वोन धर्म प्रकृतिवादको धेरै उन्नत रूप थियो । त्यो अझै पनि प्येताँ ल्हुताँको नाममा तमु पुरोहितहरूमा संरक्षित छ । जिउदो मानिसहरूको निम्ति पाठ भए जस्तैः आत्मा, परमात्मा, देवदेवी, द्यौरालीहरूसग सम्बन्धित पूर्खाहरूको प्रायोगिक अनुभव र अनुभूतिको आधारमा पुरोहितहरूले बोक्सी, भूतप्रेत आदिको शक्तिलाई दमन गर्ने कुरासग यो सम्बद्ध छ । वोनवादले सम्पूर्ण जगतलाई तीन लोकमा बाडेको छ । मानिस मरे पछि उसको मृतात्माले लास छाड्छ र स्वप्नमय अदृश्यरूपमा रहन्छ भन्ने विश्वास गरिन्छ । पै (अर्घुं) यज्ञ गर्दा पुरोहितहरूको भूमिका मृतकको आत्मालाई पयमा गाइने स्यर्का गीतमा उल्लेखित मार्ग पछ्याउदै तिब्बत पार गरी क्वीन्घाई तिर पुगी उडाएर परापूर्खाको ठाउ , तरगी ल (खेमा नास/स्वर्ग)मा पुर्‍याई पितृसग लीन गराई दिनेहुन्छ ।
पङ्क्ति ३५:
३. लम वो (सेतो वा ग्युर वोन) ८३८ इ.सं.मा अनुवादित लम (वोन्पो)
 
तमु जातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ । यसको शुरुवातको मिति भेटिंदैन । समयको अन्तरालसगै विकासको क्रममा पछिल्ला पूर्खाहरूको कथा जोडिएर पच्युहरू हागिएको हुन सक्छ । सन् १०० बी.सी.तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्रि चन्पोको सातौं पुस्ता) को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भयो । डि्रगमको हत्यारा (लोङम डाजी)को बद्ला लिने उद्देश्यले उनका खलकले पश्चिम ङारी, ड्रुसा र सासू क्षेत्रबाट केही वोन पुरोहितहरू र चलाख मानिसहरूलाई गोप्यरूपले निम्ताएको थियो । पछि सम्थव ङोन्पो नामक वोन्पो विर्‍ान्ले बौद्ध दर्शन भन्दा भिन्न छ वटा सिद्धान्तहरू बोध गराएर तिनलाई प्रचलित वोन धर्ममा समावेश गरी त्यसलाई पूर्णताकोरूप दिए जसलाई क्यार वोन भनियो । त्यसैताका पहिलो चन्द्रमास पात्रोको शुरुवात गरियो । त्यस प्राचीन पात्रो अनुसार ल्होसार वर्षको दिन पुस १५ मा मनाइन्छ, जुन नेपालको तमु जातिमा अद्यावधि प्रचलित छ र त्यही दिनतिर तिब्बतको सिगाचेका ठाउहरूमा पनि मनाइदैछ ।
 
अचेल तमु समाजमा चौंथौ पुरोहितको रूपमा विशेष प्रकारको महायानी लामाको उदय भएको पाइन्छ । जसमा केही तेस्रो पुरोहितहरू पनि परिवर्तित भएका छन् । मुख्य यज्ञहरूमा क्ल्हेब्री र वोन्पो लमलाई पच्युको साथ चाहिन्छ । तर नया लामालाई तिनीहरू चाहिदैनन् । उनीहरू आफूलाई बुद्धकै आशीर्वाद पाए जस्तो कुरा गर्छन् तर बौद्ध ग्रन्थ बारे त्यति ज्ञान पाएको देखिन्न र यी तमु लामाहरू देखेर तिब्बती लामाहरू विवेचित छन् । जे भए तापनि उनीहरू कम शिक्षित समाजमा प्रभाव जमाउन समर्थ भएका छन् र त्यस परिणामले हाल वोनवादीह रू र बौद्ध मार्गीहरू दुवै थरीलाई असर परेको छ।
 
तमुहरूको पौराणिक कथाहरूलाई नियाले अनुसार बागमती अञ्चलमा तामाङहरूको बसोबास शुरु हुने बेला तमुहरूले ई.पू. पहिलो शताब्दीतिर मुस्ताङमा बसोबास गरेको बुझिन्छ । यी दुई समूह आजभन्दा झण्डै तीन हजार वर्ष पहिले तिब्बतमा छदै छुटेको हुनु पर्दछ । मुस्ताङमा पच्युको निम्ति फलिप्रो म्हार्स्यों र क्ल्हेब्रीको निम्ति लिप्रो म्हार्स्यों गरी दुई क्होइवो (गुम्बा)हरू थिए । तमुहरू शिकार खेल्न जंगली जनावरहरू पछ्याउदै लामो दूरीसम्म पुग्ने गर्दथे। अनि नया ठाउहरू राम्रो लागेमा बसाई सर्दथे । उनीहरू मनाङमा मर्स्याङ्दीको किनार छेउ बसाई सर्दा त्यहा कोत्यहाको पहिलो तमु गाउले प्रमुखलाई पछिकाले आफ्नो पनि क्ले (अधिपति) माने । उनका सन्तानहरूलाई क्ले (घले) भनिएकोले तमु जातिमा नया थर थपिन गयो । यस्तै स्थिति र स्थानबाट पहिलेको पुरानो थरबाट धेरै नया थरहरू प्रचलित भएका छन् ।
 
मनाङबाट सन् ५०० तिर केही तमुहरू शिकार खेल्दै उत्तरी भेकबाट अन्नपूर्ण श्रृंखलापार गरी दक्षिणी भेकमा आएका थिए । तिनीहरूले त्यो लेकाली भूमि मन पराएकोले त्यहा केही अन्नको बीउ छरेर फर्के दोस्रो पटक आउदा त्यहा उनीहरूले सप्रेको बाली पाए । तेस्रो पटकमा तीनवटा थरका तमुहरू त्यहा आएर तीन समूहमा बस्ती बसाली क्होल सोप्रे ट्हो (गाउँ) नामाकरण गरे । हिमाल वारि दक्षिणी भेकमा यो तमुहरूको पहिलो ऐतिहासिक गाउँ थियो र एकताबद्ध आखिरी गाउँ पनि भयो । त्यस पछि मनाङ मुस्ताङबाट अरु तमुहरू पनि यता बसाई सर्दै आए । मुस्ताङमा बाकि रहेका तमुहरू पछि थकाली (ताम्हा) बने ।
पङ्क्ति ५८:
चाड पर्ब
 
जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ) को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै बिशिष्ट परम्परा अझैसम्म जीवित छन्। तमुको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तरगत, तमुहरुको मुल चाड पर्बहरुमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (बैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।
 
'''बाजाहरू'''
पङ्क्ति ६९:
तमुजातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ भने त्यसपछि क्ल्हेप्री। धेरै विधिमा यिनीहरु दुवै पुरोहितहरु उस्तै छन्। ती दुवैले एकै भाषा प्रयोग गर्छन्। ती दुवै चोँ नाँस भएर आदि पुर्खाको लोकसँग सम्बद्ध छन् तर तेस्रो पुरोहितको रुपमा बोन्पोलम ले तिब्बती भाषामा शास्त्र (छ्योय) पढछ, जुन तमुहरुले बुझ्दैनन्। मुख्य यज्ञहरुमा क्ल्हेप्री र वोन्पो लमलाई पच्युको साथ चाहिन्छ। मुस्ताङमा पच्युको निम्ति फलिप्रो म्हार्सों र क्ल्हेब्रीको निम्ति लिप्रो म्हार्सों गरी दुई गोटा क्होइवो (गुम्बा) हरु थिए ।
 
तमुजातिको इतिहासको पहिलो पानामा पच्यु (स्यामाँ क्ह्रोलु) लाई जन्माएको छ भने पच्युको इतिहासबाट क्ल्हेब्रीको जन्म भएको छ र त्यसपछि पच्यु र क्ल्हेब्रीको इतिहासबाट बोन्पोलमको जन्म भएको छ। सबैलाई आआफ्नो कार्यको लागि शक्ति संरचना गरेको छ जुन शक्ति पञ्चमहाभूत शक्तिहरुको समग्र रुप हो। जसलाई तमुकी (चोंक्युई) मा सारगी ह्रोरै फैला करने क्ह्याला छ्योवा नामले पुकारिन्छ। यही शक्तिको शरणमा हामी क्ल्हेसोदी प्ह्रेसोंदीको प्रार्थना गर्दछौं, जसलाई शक्तिको मूल रुप (स्रोत) मान्दछौं। पच्युले यिनै शक्तिको आधार लिएर मोँ सैवा (ह्राँ स्योवा) अर्थात् मोंकु, चैंकु, ट्हीकु, थाकु, रिकु गर्ने गर्दछ र क्ल्हेब्रीले पनि यही शक्तिको आधारमा क्ल्हेसोंदी प्ह्रेसोंदी) को प्रार्थना गर्दै ह्रो स्योवा (क्याँ थोंवा) गर्ने गर्दछ। अर्को बेग्लै काम क्ल्हेब्रीले थाँ क्यारवा गर्दछ। पच्यु क्ल्हेब्रीले ह्राँ ह्रीँ पन्छाइसकेपछि क्याँ छोँवा (स्योवा) गर्दछ। पच्युले दुष्ट आत्म (मोँ) लाई तन्त्रमन्त्र लगाएर विधिपूर्वक मार्नुलाई मोँ सैवा ख्राल चैंवा क्याँ तेवा भनिन्छ भने क्ल्हेब्रीले नौ तालमा नाच्नु भनेको पच्युले मारेर ढली राखेका दुष्ट आत्महरुको लासलाई पन्छाउँदै बाटो सफा गर्नुलाई क्याँ थोँवा (स्योवा) भनिन्छ।
 
==तमु (गुरुङ)का थर-उपथरहरु==
पङ्क्ति ८४:
९ क्यु
१० केप्चे छैजै
११को
११ को
१२ क्रोबृजै
१३ कोकोर लेम
"https://ne.wikipedia.org/wiki/गुरुङ_जाति" बाट अनुप्रेषित