→खनिज पदार्थहरु: correction, replaced: दोश्रो → दोस्रो using AWB
(Correction, replaced: अबस्थित → अवस्थित, को → को (5)) |
(→खनिज पदार्थहरु: correction, replaced: दोश्रो → दोस्रो using AWB) |
||
== खनिज पदार्थहरु ==
रामेछापमा रहेको अथाह खनिज पदार्थ उपयोग हुन नसक्नु नै रामेछापको दुर्भाग्य बनेको छ । रामेछाप खनिज पदार्थको भण्डार हो तर उपयोग हुन नसक्दा रामेछापबासी गरीबीमा पिल्सनु परेको छ। ठोसे, चुचुरे, रस्नालु, बेताली, गुप्तेश्वर, पि्रति र कुभुकाँस्थली गाविसका अधिकांश स्थानमा फलामखानी रहेका छन् । ठोसेमा १९२१ देखि फलाखानी सञ्चालनसमेत भएको थियो । तर, उन्नत प्रविधि र लगानी अभावमा अहिले त्यो बन्द छ । यो नेपालकै
विगतमा खानी सञ्चालन हुँदा प्रयोग भएका औजारहरुले अहिले पनि नयाँ प्रविधि र लगानीको माग गरिरहेको छ । तर सम्बद्ध पक्षले ध्यान दिन सकेको छैन । बरु कमिसनको खेलमा विदेशबाट आयात गरिएको फलामे फालीले ठोसेबासी आफ्नो बारी जोत्न बाध्य छन् । अझ तामालाई ईश्वरको प्रतिक धातु मानेर खुट्टाले छोएमा पनि विष्णु १ विष्णु ११ भन्ने संस्कारमै रहेका रामेछापबासी तामाखानीमाथि घर बनाएर विदेशी तामाको पाताबाट निर्मित ताम्रापत्रमा छोरीको विवाहमा गोडा धुन बाध्य छन् ।
रामेछापमा भदौरेमा तामाखानी, भूजी तथा दूरागाउँमा मार्वल र म्याग्नेसाइट खानीयुक्त मानिन्छ । खाँडादेवी, गुप्तेश्वर, तथा भूजीमा उच्च कोटीका स्लेट खानी छ। तर, मात्र छैन, उपयुक्त नीति, प्रविधि, सीप र इच्छाशक्ति । यहाँका खानी र पानी उपयोग गर्ने हो भने रामेछापकौ कायाँपलट मात्र होइन देशकै मुहार फेर्न सकिने अवस्था छ ।
|