"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा unicodifying
Correction, replaced: अबस्थित → अवस्थित, को → को (5)
पङ्क्ति २३:
'''रामेछाप''' '''सिन्धुली''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्र, [[जनकपुर अञ्चल]]मा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो । राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रका १९औं जिल्लामा पर्ने रामेछाप सेवा सुविधाको हिसावले यस क्षेत्रको कर्णाली हो । राजधानी छोएको [[काभ्रेपलाञ्चोक जिल्ला]], चीनसँग सीमा जोडिएका [[दोलखा जिल्ला|दोलखा]] र [[ओखलढुङ्गा जिल्ला]] र तराई छोएको [[सिन्धुली जिल्ला]]को बीचको १,५४६ वर्ग किलोमिटरको यो जिल्ला पर्याप्त श्रोत र साधन भएर पनि उपेक्षित अवस्थामै छ ।
रामेछापलाई तीन लालको जिल्ला भनेर पनि चिन्ने गरिन्छ । नेपाली साहित्यका प्रथम सहिद सुब्बा [[कृष्णलाल अधिकारी]], सहिद [[गङ्गालाल श्रेष्ठ]] र [[नेपाल कम्युनिष्ट पार्टी]]का संस्थापक महासचिव [[पुष्पलाल श्रेष्ठ]]को जन्म रामेछापमै भएको हो । रामेछापले नेपाली राजनीति, कला, साहित्य, उद्योगी, व्यापारी, विद्वान, साँस्कृतिककर्मी, सञ्चारकर्मी सबै प्रतिभा जन्माएको छ ।
भौगोलिक हिसावमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्येको एक हो । विक्रम सम्बत २०५६ को२०५६को विकेन्द्रीकरण नियमावलीअनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमै पर्दछ । यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८' उत्तरी अक्षांशदेखि २७ डिग्री ५०' उत्तरसम्म र ८५ डिग्री ५०' पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५' पूर्वसम्म छ । मध्य [[महाभारत पर्वत श्रृङ्खला]]देखि उच्च हिमाली श्रृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाईदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएको छ । कुल ५५ गाविस रहेको रामेछापलाई ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभक्त गरिएको छ ।
 
विसं १८३६ देखि विसं २०४६ सम्म कहिले गौडा, गोश्वारा कहिले बडा हाकिमको अड्डा, कहिले अञ्चल स्तरीय प्रशासनिक निकाय, कहिले जिल्ला स्तरीय प्रशासनिक स्थलको रुपमा २१० बर्षको इतिहास वोकेर बसेको रामेछाप सदरमुकाम सरी २०४५ साल देखि विधिवत रुपमा मन्थली गाविसमा रहँदै आएको छ ।
पङ्क्ति २९:
== जिल्लाको नामाकरण ==
रामेछाप जिल्लाको नाम किन, कसरि र कहिले देखि रामेछाप रहन गयो भन्ने सन्दर्भमा एक रोचक विषय भएता पनि रामेछाप वासीको बिचारमा यस वारेमा विवधता पाइन्छ ।
* स्थानीय किम्बदन्ति अनुसार इतिहासको कुनै समयमा हालको रामेछाप गाविस कोगाविसको मुख्य स्थान रामेछाप डाँडाँको वरिपरि [[तामाङ जाति]]को वस्ती रहेको (हालसम्मरहेको) र त्यहा राम नाम गरेको एकजना तामाङले तत्कालिन राजाबाट त्यस स्थानको मुख्तीयारिको रुपमा विर्ता पाएको र उसबाट नै त्यस स्थानको भोगचलन र छाप समेत चल्दथ्यो । राम भन्ने त्यसै व्यक्तिको छाप चल्ने भएको कारण अन्यत्रबाट त्यहाँ आई वसोवास गर्ने मानिसहरुले राम भन्ने व्यक्तिबाट छाप (जग्गा जमिन भोग चलन गर्ने अधिकार) प्राप्त गरी वसोवास गर्ने गरेको र दुवै शव्द राम छाप संयुक्त रुपमा प्रयोग गर्दा अपभ्रंश भई कालान्तरमा रामेछाप नाम हुन गएको भनि मान्न सकिन्छ ।
* यसै गरी हालको रामेछाप डाँडाँको वरिपरि प्राचिन कालदेखि (हालसम्म) तामाङ जातिको वाहुल्यता रहेको पाइन्छ । तमाङ् भाषमा रा भनेको भेडा बाख्रा मे भनेको गाई गोरु र छाप भनेको चरण क्षेत्र वा खर्क भन्ने जनाउँदछ । तामाङहरुले रामेछाप डाँडांको मुख्य भागलाई आफ्नो भाषामा रामेछाप भनेर भेडा बाख्रा र गाई गोरुको चरणक्षेत्र भन्ने अर्थमा प्रयोग गरेकोले त्यस ठाउको नाम रामेछाप रहन गएको मान्न सकिन्छ ।
 
पङ्क्ति ३९:
* सिमाना:- पूर्व- [[ओखलढुङ्गा जिल्ला|ओखलढुङ्गा]] र [[सोलुखुम्बु जिल्ला|सोलुखुम्बु]], पश्चिम- [[सिन्धुपाल्चोक जिल्ला|सिन्धुपाल्चोक]] र [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रेपलाञ्चोक]], उत्तर-[[दोलखा जिल्ला|दोलखा]], दक्षिण-[[सिन्धुली जिल्ला|सिन्धुली]]
* क्षेत्रफल:- १,५४६ वर्ग किलोमिटर
* अबस्थितिअवस्थिति:- मध्यपहाड
* औषत लम्बाई:-
 
पङ्क्ति ४६:
 
== हावापानी र भू-उपयोग ==
उचाईको विविधतासँगै रामेछापको हावापानी र भू-उपयोगमा पनि प्रभाव परेको देखिन्छ । ४२६ को४२६को कोलोन्जोरबाट सुरु भएको रामेछापको भूबनोट ६९५८ सम्मको उचाईसम्म पुग्दा विविध खाले हावापानी पाइन्छ । रामेछापको दक्षिणी भागमा अत्याधिक गर्मी हुने गर्दछ भने उत्तरी भाग निकै उचाईमा रहेकाले अत्यन्त चिसो क्षेत्र मानिन्छ । यस जिल्लाको औषत वाषिर्क तापक्रम ११.९ ० सेन्टिग्रेट र वर्षा मीमीसम्म रहेको छ।
यसरी हावापानीको विविधता र लेकबेसीयुक्त भू-बनोटका कारण रामेछापमा २१.४९ प्रतिशत मात्र जमित खेतीयोग्य मानिएको छ। यहाँका २७.७६ प्रतिशत क्षेत्र वनजंगलले ढाकेको छ। यहाँका २४.३२ प्रतिशत क्षेत्र घाँसे तथा चरण क्षेत्र र १० प्रतिशत भाग चट्टान तथा हिउँले ढाकेको छ भने १५.८३ प्रतिशत क्षेत्रमा मानव वस्ती तथा बाँझो रहेको छद्ध । यस जिल्लाका जनताको जीवनयापन कृषि नै हो । बस्तुभाउ पाल्नु र कृषिमा लाग्नु यहाँका जनताको दैनिकी हो । रामेछापमा खेतीका रुपमा धान, मकै, कोदो, फापर, गहुँ आदि हुने गर्दछ । फलफूलतर्फ जुनार रामेछापको प्रसिद्ध छ तर अन्य फलफूल पनि प्रशस्तै हुने गर्दछ । रामेछापमा कुल कृषियोग्य जमिन मध्ये सिँचित क्षेत्र २७.६९ प्रतिशत मात्र रहेको छ।
 
== नदीनालाहरु ==
[[File:Lubhu.jpg|thumb|200px|right|[[सुनकोशी नदी]]को किनारमा रहेको लुभु गाउँ]]
रामेछाप जिल्ला दुवैतिर ठूला नदीले घेरिएको जिल्ला हो । रामेछापको ओखलढुंगा र सोलुखुम्बूसँगको सीमा लिखु खोलाले छुट्टाएको छ भने दोलखा, सिन्धुली र काभ्रेपलाञ्चोकसँगको सीमा क्षेत्रमा खिम्ती, तामाकोसी, सुनसकोसी, चौरीजस्ता खोलाले सीमाको काम गरेका छन् । रामेछापमा तामाकोसी, सुनकोसी, लिखु, खिम्तीजस्ता ठूला नदी पर्दछन् भने चौरी, मिल्ती, भटौली, बाफर, चुलुपे, खानीखोला, दोर्जे खोला, सोत्रे खोला, चौलाखोलाजस्ता मध्यम नदीहरु पनि पर्दछन् । पानीको हिसाव गर्दा रामेछापमा विद्यूत उत्पादनको बलियो सम्भावना रहेको छ । हाल ६० मेगावाटको खिम्ती-१ निर्माण भइसकेको छ। रामेछापमा रहेका नदी तथा खेलाहरुमा विद्युत गृह निर्माणका लागि दर्जन बढी परियोजना प्रस्तावित अवस्थामा रहेका छन् । यस जिल्लामा साना तथा ठूला विद्युत परियोजना सञ्चालन गर्न सकिने प्रचुर सम्भावनाहरु रहेका छन् । लिखु १, २, ३ र ४ जस्ता परियोजनाहरुको काम धमाधम भइरहेको छ। २०५८ को२०५८को तथ्याङ्क हेर्ने हो भने रामेछापका ७ प्रतिशत जनताले मात्र विद्युत प्रयोग गरेको पाइन्छ । यद्यपि अहिले यसमा केही परिवर्तन आइसकेको छ ।
 
== खनिज पदार्थहरु ==
पङ्क्ति ६९:
अर्को र साँच्चैको वर्ग भनेको रामेछापको निम्न वर्गको हो । रामेछापलाई अहिलेको स्थानसम्म ल्याउन उनीहरुको रगत, पसिना, श्रम, सीप र लगानीले नै काम गरेको छ भन्न सकिन्छ । सामाजिक रुपमा अपहेलित र आर्थिक रुपमा ज्यादै विपन्न यो वर्ग न त जिल्ला छोडेर कतै जान सकेको छ नत जिल्लामै केही गर्न सकेको छ।
रामेछापका नाममा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण पहुँच पञ्चालयकाल, बहुदलकाल र अहिलेसम्म कायमै छ । राष्ट्रिय तहको उच्च तहसम्म रामेछापेलीहरु पुगेका छन् । तर, जिल्लाका लागि उनीहरुबाट खासै योगदान भएको पाइँदैन । यहाँका विपन्न वर्गलाई जहिले पनि भोट बैंककै रुपमा मात्र प्रयोग गर्ने उनीहरु भने राजधानीबासी भन्न रुचाउँछन् ।
सरकारको २०५८ को२०५८को तथ्याङ्कअनुसार रामेछापमा ७०.४४ प्रतिशत जनता आर्थिक दृष्टिले सक्षम मानिन्छन् । जसमा महिला ६९.८६ प्रतिशत र पुरुष ७१.१२ प्रतिशत रहेको छ। यहाँका जनताको मुख्य पेसा कृषि नै हो । यहाँका ८६.९१ प्रतिशत जनता कृषिमा निर्भर छन् । यसरी हेर्दा गैर कृषिमा १३.०९ प्रतिशत मात्र देखिन्छ । तर, केषिमा नयाँ प्रविधिको विकास र प्रयोग यहाँ भएको पाइँदैन । यो पनि गरिबीको कारण हो भन्न सकिन्छ । रामेछापमा तराईमा फलेका काउली र गोलभेंडा विक्री हुन्छन् तर त्यहीं उत्पादित जुनारले बजार पाएको छैन भने व्यवसायिक तरकारी खेती, जडीबुटी र फलफूल खेती हुन सकेको छैन ।
 
== सूचना प्रविधि र सञ्चार माध्यम ==