"मगर भाषा" का संशोधनहरू बिचको अन्तर

सा →‎लघुकथा: maintenance
Correction, replaced: को → को , मा → मा (2)
पङ्क्ति ४:
मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने पाल्पादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत आथार मगरात क्षेत्रका मगर खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन् । कतिपय ठाउँका मगरहरूले भने राज्यको दबाब र विभेदका कारण ३ वटै मगर भाषा बोल्दैनन् । तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ । म्याग्दी-सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन् । स्मरणरहोसर म्याग्दी र सोलुका मगरहरूले मगर भाषा बोल्दैनन् । 'म्हृयाक' बिर्सनु र 'डी' भनेको पानी अपभ्रंस भएर म्याग्दी (बिर्सिएको पानी) भएको हुनुपर्छ । र मीराङ डीको अर्थ 'मीराङ' भनेको मूल्य र 'डी' भनेको पानी सायद त्यस समयमा त्यस पानी मूल्यवान्थियो होला । त्यसैले त्यस बेलाका त्यहाँ बसोबास गर्ने मगरजातिले (म्हृयाक्डी) विर्सिएको पानी र मूल्यवान (मिराङडी) मूल्यवान् पानी भनेर आफरनो भाषामा नामाकरण गरे ।
'''बर्तमान अवस्था'''
जनगणना २०५८ को२०५८को तथ्याङ्कअुनसार नेपालका ९९ भाषा बोल्ने तथ्य स्वीकार गरे पनि 'एथ्नोलग-२००५' ले नेपालमा १२३ वटा भाषा हालसम्म जीवित रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल आदिवासी भाषा विज्ञान समाजले भने नेपालमा १४३ भाषा रहेको दाबी गर्दै आएको छ । जसमध्ये ८० वटा भाषा मात्र जीवित अवस्थामा रहेको बताइएको छ । कतिपय भाषा लोपोन्मुख अवस्थामा पुगेका छन् । नेपाली मगर भाषाको अवस्था पनि करिब करिब यही अवस्थामा रहेको छ । कुनै पनि भाषा बचाउने त्यस भाषाको साहित्य नै हो । मगर भाषाको जनसङ्ख्याको तुलनामा साहित्य नगण्य अवस्थामै रहेको छ । विगतको तुलनामा यस भाषा साहित्यको पाठक केही वृद्धि भएको छ तर अझै पनि चेतनाको अभाव यथावत नै छ ।
 
मगर भाषा साहित्यको प्रारम्भ काल २०१२/२०१४ सालतिर मगर समाज सुधार समिति निर्माण भएपछि २०१९ सालताका मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरद्वारा 'मगर भाषाङ लहीङ र टुक्काउ किताब' 'मगर कुराङ पि्रय टुक्का ल्हिङ' प्रकाशित भयो । त्यसपछि २०३९ सालमा केशरजङ्ग बराल मगरको 'मगर कुरा कुटजाटम ङाक्के' नामक पुस्तक प्रकाशित भयो र २०३९ सालमै यमबहादुर आलेमगरको सम्पादनमा 'सेहेचलामाङ हवाइङ' प्रकाशित भयो । मगर भाषा साहित्यमा यही पत्रिकाबाटै बिट मारेको अवस्था रहृयो । मगर जातिले बोल्ने भाषामध्ये ढुट भाषामा मात्रै साहित्यको लेखन कार्य भएको पाइएको छ । अथार मगरात क्षेत्रमा खाम्पाङ र काइके मगर भाषाको भने यस समयमा लेख्य परम्परासमेत भएको पाइँदैन । यही समय अवधि नै मगर भाषा साहित्यको प्रारम्भकाल हो ।
पङ्क्ति ४०:
 
===हाइकु===
उजीर रानारले फुटकर रूपमा २०६२ सालमा मगर भाषाका हाइकु प्रकाशन गरेका छन् । तनहुका मीन थापामगरले मगर १०१ वटा हाइकु (२०६४) मा प्रकाशन गरेका छन् । यो नै मगर भाषाको पहिलो हाइकु सङ्ग्रह हो । यसबाहेक मगर भाषामा हाइकु लेखिएको पाइएको छैन ।
 
===मुक्तक===
पङ्क्ति ८३:
 
==साहित्यको तुलना==
समग्रमा मगर भाषा साहित्यको तुलना गर्दा मगर ढुटमा केही मात्रामा पुस्तक प्रकाशन भई मगर ढुटको साहित्यमा विकास भएको छ । तर अथार मगर भाषामा एक दुई वटा साहित्यको पुस्तक प्रकाशनपछि खासै प्रकाशन भएको छैन । मगर खाम पाङ्मा रणप्रसाद घर्ती मगर र कर्णबहादुर बुढाको शब्दकोस भने प्रकाश भएको छ । मगर काईकेमा छिटपुट कविता प्रकाशनबाहेक डोल्पाका कर्णबहादुर बुढामगर र लाजे बुढामगरको गोरखापत्रमा प्रकाशन भएको लेखबाहेक खासै साहित्य सिर्जना भएको छैन । उजीर रानामगरले संयोजनमा मगर काईकेको वर्ण पहिचान गोष्ठी गरी (२०६५) मा वर्ण पहिचान भएको पुस्तिका भने प्रकाशन भएको छ ।
 
<ref>विभिन्न समयमा विभिन्न व्यक्तित्त्वहरूद्धारा प्रस्तुत कार्यपत्रहरू</ref>
"https://ne.wikipedia.org/wiki/मगर_भाषा" बाट अनुप्रेषित