"पेले" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: is:Pelé
Correction, replaced: को → को (5), मा → मा (3)
पङ्क्ति २९:
| nationalgoals1 = 77
}}
एड्सन आरान्तेस दो नासिमेन्तो (पोर्चुगिजमा Edison Arantes do Nascimento) ब्राजिलका पूर्व [[फुटबल]] खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू '''पेले''' उपनामले चिन्दछन्। उनको जन्म [[ब्राजिल]]को त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४० मा१९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी [[उपाधि]] दिएको छ। उनी राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्।
 
आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रुपमा लिईन्छ। [[फिफा|फिफाले]] आधिकारिक रुपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ।
पङ्क्ति ४७:
पेलेसित अचेल अकुत सम्पत्ति छ । अनेक राष्ट्रिय एवं बहुराष्ट्रिय कम्पनीका उनी स्वामी वा साझेदार छन् । र, अनेक कम्पनीका 'ब्रान्ड एम्बेसडर' पनि । उनले आफ्नो देश ब्राजिलमा लाखौँको संख्यामा रहेका सडक बालबालिकाका लागि आत्मनिर्भरता-उन्मुख कल्याणकारी कार्यक्रम पनि सञ्चालन गररिहेका छन् । उनले भनेका छन्, "मलाई प्रकृतिले नै फुटबल खेल्न सक्ने क्षमता दिएको छ । त्यसकारण, प्रकृतिबाट प्राप्त यो उपहार म सधैँ मेरा मानव बन्धुहरूलाई बाँड्न प्रयास गररिहेको हुन्छु ।"
 
यस्तो उदात्त विचार राख्ने पेलेको वास्तविक नाम एड्सन अरान्ते दो नासिमेन्तो थियो । उनले अभावग्रस्त वचपनमा नाङ्गा खुट्टाले झुम्राको बल खेले र यसरी नै फुटबलको सुन्दरतम् कला सिके । १६ वर्षमै उनी ब्राजिलको राष्ट्रिय टोलीमा परे र १७ वर्षको उमेरमा विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी पनि बने । सन् १९५८ को१९५८को त्यो विश्वकपपछि त उनी एड्सन अरान्ते दो नासिमेन्तो रहेनन्, पेले भनेर चिनिए । ब्राजिलियन -पोर्चुगली) भाषामा नाङ्गो खुट्टाले खेल्नुलाई पेलेदास भनिन्छ । उनको वचपन त्यसैगरी खेलेर बितेको थियो । तर, अब आएर उनलाई गरएिको पेले सम्बोधनमा आदर, माया र स्नेह भरएिको थियो । यो नाममा ती महान् खेलाडीको दुःख, कष्ट र दरदि्रताको कथा भरएिको छ । अनि छ, उनको संकल्प र निरन्तर साधनाको प्रेरणादायी प्रसंग ।
 
फुटबल, ब्राजिल र पेले एकअर्काका पर्यायवाची हुन् । ब्राजिल र पेलेबेगर आधुनिक फुटबलको चर्चा असम्भव छ । विश्वकपका प्रत्येक संस्करणमा खेल्न सक्षम हुँदै आइरहेको एक मात्र देश ब्राजिलले पेलेको
 
उदय हुनुअघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन । सन् १९५८ को१९५८को विश्वकपमा पेलेलाई खेलाइएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बन्यो । यो विश्वकपमा आफ्नो अद्भुत खेल देखाउँदै पेलेले दुई गोल गरेपछि स्वीडेनविरुद्ध ब्राजिल ५-२ ले विजयी भयो । त्यही विश्वकपदेखि उनी विश्व फुटबलमा चर्चित बन्दै गए र कालान्तरमा फुटबलका जादुगर कहलिए ।
 
आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे । एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेलेका थिए ।
 
सन् १९५८, १९६२ र १९७० तीनपटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एक मात्र खेलाडी पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए । पेलेको सन्न्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपर्‍यो, सन् १९९४ को१९९४को विश्वकपसम्म ।
 
मानिस प्रसिद्ध भएपछि उसका सम्बन्धमा कथा, उपकथा र क्रमशः किंवदन्तीहरू जन्मँदै, फिँजिँदै जान्छन् । तर, केही त्यस्ता वास्तविक प्रसंगहरू छन्, जसले पेलेलाई साँचो अर्थमा फुटबलका किंवदन्ती बनाएका छन् । जस्तो ः
 
सन् १९७० को१९७०को विश्वकप फुटबलको इङ्ल्याण्डविरुद्धको खेलमा पेलेको एउटा प्रहार कति शक्तिशाली थियो भने त्यसलाई रोक्ने प्रयास गर्दा इङ्ल्याण्डका तत्कालीन गोलकिपर गोर्डन ब्याङ्कसको हात नौ ठाउँमा भाँचिएको थियो ।
 
पेले सन् १९६३ मा१९६३मा पश्चिम जर्मनीको ह्याम्बर्गमा खेल्दै थिए । जर्मन खेलाडी शुल्जले उनलाई 'कभर' गररिहेका थिए । प्रतिद्वन्द्वीले आँखा झिम्क्याउन नपाई निमेषभरमै गोल गर्न खप्पिस पेलेलाई उनले कति पो कभर गररिाख्न सक्थे र ? शुल्जले थोरै मात्र असावधानी के देखाएका थिए, पेलेले २० गज टाढाबाट हानेको प्रहार सोझै गोलपोस्टभित्र छिर्‍यो । "बल पेलेको खुट्टाबाट कतिबेला बाहिर निस्क्यो भन्ने नै मैले देखिनँ," अत्यन्त विस्िमत् भएका जर्मन गोलकिपर फहराइनले उक्त विजयी गोलप्रति टिप्पणी गर्दै भनेका थिए । यस्तै एकपटक सन् १९६१ मा१९६१मा ब्राजिलको रयिो दी जेनेरयिोमा भएको खेलमा पेलेले नौ जना प्रतिद्वन्द्वीलाई छलाउँदै विपक्षी क्लबविरुद्ध विस्मयकारी गोल गरेका थिए ।
 
पेलेको आत्मकथा माई लाइफ एन्ड द ब्युटीफुल गेमसँग पनि अनौठो प्रसंग जोडिएको छ । त्यस पुस्तकको प्रथम संस्करणमा हस्ताक्षर गर्न प्रकाशकको कार्यालय पुग्दा त्यहाँ पहिले नै उनका हजारौँ प्रशंसकको भीड जम्मा भइसकेको थियो । उनलाई हेर्न झुम्मिएको त्यस भीडको प्रत्येक सदस्य पेलेको केही न केही सामान चिनोका रूपमा लैजान चाहन्थ्यो । ती प्रशंसकहरूले पेलेको लुगा टुक्राटुक्रा पारेर च्यातेर लगे । लुगा नपाउनेले उनको कारको कलपुर्जासमेत बाँकी राखेनन् । र, त्यस दिन पेले लगभग नाङ्गै हिँडेर घर पुगेका थिए ।
 
सन् १९६१ को१९६१को कुरा हो । सान्तोसा क्लबबाट मैत्रीपूर्ण खेल खेल्ने क्रममा पेले पेरूमा थिए । त्यहाँ पनि उनले असाधारण प्रदर्शन गर्दै मध्यान्तरअघि नै चार गोल गरसिकेका थिए । 'आजलाई पुग्यो' भन्ने सोची उनी मध्यान्तरपछि मैदानमा प्रवेश गरेनन् । उनको स्थानमा अर्का खेलाडी गए । तर, दर्शकहरूले खेल नै सञ्चालन हुन दिएनन्, मैदानमै प्रवेश गरी विरोध गर्न थाले । अन्ततः रेप|mीले बाध्य भएर सान्तोस क्लबसँग दर्शकहरूको उत्तेजना र विरोध शान्त पार्न र खेल अघि बढाउन पेलेलाई पुनः खेल्न मैदानमा पठाउन अनुरोध गर्नुपर्‍यो । मध्यान्तरपछिको खेल त्यतिबेलासम्म रोकिई नै रह्यो, जतिबेलासम्म नुहाउन गएका पेले बाहिर आई फुटबल पोसाकमा पूर्ण तयार भएर मैदानमा प्रवेश गरेनन्  ।
 
पेलेको अपार लोकपि्रयताको सीमा छैन । उनलाई भेट्दा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले आफ्नो मर्यादाक्रम नै भुलेकी थिइन् । इरानका तत्कालीन शाह मोहम्मद रेजा पहलवीले उनलाई भेट्न मात्र पनि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घन्टाभन्दा बढी समय प्रतीक्षा गरेका थिए ।
"https://ne.wikipedia.org/wiki/पेले" बाट अनुप्रेषित