"स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

सा →‎इतिहास: maintenance, replaced: पुर्तगाल → पोर्चुगल
Correction, replaced: को → को (20), मा → मा (8)
पङ्क्ति ३:
{{Wikify|date=जुन २०११}}

ई.सं. १९९० को१९९०को प्रारम्भ देखि नै, स्वतन्त्र सफ्टवेयर समुदायमा वादविवाद भएदेखि , "स्वतन्त्र सफ्टवेयर" (अङ्ग्रेजीमा Free and Open Source Software र संक्षिप्तमा FOSS) को पर्यायवाची शब्दहरु प्रयोगमा आइसकेका थिए । "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्द रिचर्ड स्टलम्यान (Richard Stallman) द्वारा १९८३ मा१९८३मा स्वतन्त्र सफ्टवेयर अभियान शुरु गर्दा परिभाषित गरिएको थियो । स्वतन्त्र सफ्टवेयरको परिभाषाको अभिलेख जनवरी १९८९ देखि पाउन सकिन्छ । स्वतन्त्र सफ्टवेयरलाई सारांशीकरण गर्दा एक यस्तो सफ्टवेयरको रुपमा बुझ्न सकिन्छ जसले आफ्नो प्रयोगकर्तालाई कुनै पनि प्रायोजनकालागि उक्त सफ्टवेयर प्रयोग गर्ने, सफ्टवेयरको श्रोत (Source Code) अध्ययन गर्ने, आफ्नो कार्य र आवश्यकता अनुसार उक्त सफ्टवेयरलाई परिवर्तन गर्ने तथा उक्त सफ्टवेयरको परिवर्तित वा अपरिवर्तित रुपलाई वितरण गर्ने स्वतन्त्रता र अधिकार प्रदान गर्दछ । अङ्ग्रेजी शब्द "Free" सँग यस सफ्टवेयर कोसफ्टवेयरको नाम शाब्दिक रुपमा बाझ्न गएको हुदाँ, अन्योलको स्थिति हटाउन विभिन्न संस्था र मानिसले यस नामको सट्टामा अरु नाम प्रस्तावना गरेका छन् ।

"खुल्ला श्रोत सफ्टवेयर", "Software Libre", "FLOSS (Free/Libre/Open Source Software)", "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर" आदि केही प्रचलित पर्याय हरु हुन । यी मध्ये सबै भन्दा प्रचलित नाम "खुल्ला श्रोत सफ्टवेयर" हो ।

यी विभिन्न नामका प्रयोगकर्ताहरु मूलतः उस्तै अनुज्ञप्ति (license), सफ्टवेयर विकास ढाँचा लाई अभिव्यक्त गर्छन्, तर, रिचर्ड स्टलम्यानका अनुसार यी नामका प्रयोगकर्ताहरु यी नामहरुसँग गाँसिएको दर्शन/शास्त्र का अनुरुप फरक छन् । केही प्रयोगकर्ताहरुले "स्वतन्त्र (libre)" (स्वतन्त्र अभिव्यक्तिमा "स्वतन्त्र" को अस्तित्वजस्तो) वा "निःशुल्क (gratis)" (निःशुल्क बियरमा "निःशुल्क" को अस्तित्वजस्तो) को प्रयोग गरेर स्वतन्त्र शब्दसँग गाँसिने भ्रमपूर्ण स्थितिको निराकरण गर्दछन् । धेरैजसो यी नाम/शब्दहरु सफ्टवेयर स्वतन्त्रता अभियानको परिपेक्ष्यमा प्रयोग गरिन्छन् र बिस्तारै सामान्य प्रयोगमा आउन लागेका छन् । रिचर्ड स्टलम्यानले "FLOSS" र "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर" को प्रयोग "खुल्ला श्रोत सफ्टवेयर" र "स्वतन्त्र सफ्टवेयर" को जोड वा योजन कोयोजनको रुपमा भनेर दिन्छन् । दुबै पक्ष मध्ये अत्यावश्यक तवरले कुनैलाई नछानि प्रयोग गर्ने सल्लाह स्टलम्यानले दिन्छन् तर साथै "स्वतन्त्र सफ्टवेयर" पक्षलाई आत्मसाथ गर्ने तथा समर्थन गर्ने आग्रह पनि गर्दछन् ।

= इतिहास =
"खुल्ला श्रोत सफ्टवेयर" भन्ने शब्दलाई "स्वतन्त्र सफ्टवेयर" को सट्टामा १९९८ मा१९९८मा प्रस्तावित गरियो । पछि त्यसै वर्ष "खुल्ला श्रोत सफ्टवेयर" लाई "स्वतन्त्र सफ्टवेयर" को व्यापारिकरण पक्षको एक अभिन्न अंशको रुपमा अघि बढाउनका निम्ति "खुल्ला श्रोत पहल (Open Source Initiative)" भन्ने प्रतिष्ठानको स्थापना गरियो ।

"Libre Software" भन्ने शब्दलाई पहिलो पल्ट युरोपियन कमिशनद्वारा ई.सं. २००० मा२०००मा प्रयोग गरिएको थियो । "Libre" शब्दलाई फ्रान्सेली र स्पेनी भाषाबाट लिईएको हो र यस शब्दले अङ्ग्रेजी शब्द "Free" जस्तो अर्थमा "स्वतन्त्रता" र "निःशुल्क" का बीचमा भ्रामक स्थिति उत्पन्न गर्दैन ।

"FLOSS" भन्ने शब्दको प्रयोग ई.सं. २००१ मा२००१मा रिशब अय्यर घोषद्वारा एक परियोजना संक्षेपको रुपमा "Free/Libre/Open Source Software" लाई उद्‌घृत गर्नका लागि गरिएको थियो । पछि त्यसै वर्ष युरोपियन कमिशनद्वारा त्यस विषयमा अध्ययनलाई अगाडि बढाउँदा प्रयोग गरिएको थियो । पछि "FOSS" भन्ने शब्दलाई नै "FLOSS" को ठाउँमा प्रयोग गर्न थालियो । "FOSS" भन्ने शब्दलाई पहिलो पटक "संयुक्त राष्ट्र अमेरिकाको रक्षा विभागमा स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयरको प्रयोग (Use of Free and Open Source Software (FOSS) in the U.S. Department of Defense)" भन्ने लेखमा उद्‌घृत गरिएको थियो ।

"खुल्ला श्रोत सफ्टवेयर" भन्ने शब्दलाई "पालो अल्टो (Palo Alto)" मा आयोजना गरिएको नीति सम्बन्धि सत्रमा प्रयोग गरिएको थियो । उक्त सत्रमा टड एन्डरसन (Todd Anderson), ल्यारी अगस्टिन (Larry Augustin), जन हल (Jon Hall), स्याम अकम्यान (Sam Ockman), क्रीस्टाईन पीटरसन (Christine Peterson), तथा एरिक स. रेमण्ड (Eric S. Raymond) उपस्थित थिए । उक्त सत्रलाई नेटस्केप (Netscape) ले जनवरी १९९८ मा१९९८मा न्याविगेटर (Navigator) को श्रोत मोजिल्ला परियोजना अन्तर्गत वितरण गर्ने घोषणाको प्रतिक्रियाको रुपमा आयोजना गरिएको थियो । उक्त घोषणाको लक्ष्य स्वतन्त्र सफ्टवेयरको व्यापारिक वा वाणिज्यिक खण्डमा ग्रहण एवं प्रयोगको वृद्धि गर्नु थियो ।

"Libre Software" ले "Free" शब्दसँग गाँसिएको भ्रामकपूर्ण अवस्थालाई निर्मूल पार्न प्रयोग गरिन्थ्यो भने यसको तुलनामा "FLOSS" लाई प्रयोगकर्तालाई "स्वतन्त्र सफ्टवेयर" र "खुल्ला श्रोत सफ्टवेयर" को बिचमा कुन शब्दको प्रयोग उचित हुन्छ भन्ने वादविवाद बाट मुक्ति प्रदान गर्नका प्रयोग गरियो । "Libre" शब्दमा "L" को प्रयोग "Free" शब्दसँग गाँसिएको भ्रमलाई निर्मूल पार्दै उक्त शब्दको अर्थ "निःशुल्क" नभएर "स्वतन्त्र" हो भन्ने जानकारी दिनका लागि गरियो ।

"FLOSS" शब्दका प्रस्तावकहरुले यस शब्दलाई विभिन्न भाषाबाट लिइएका शब्दहरुको संक्षेपका रुपमा पनि उल्लेखित गरे; उदाहरणस्वरुप "F" पद अङ्ग्रेजीको "Free" वा जर्मनको "Frei", "L" पद फ्रान्सेली वा स्पेनी भाषाको "Libre", पोर्चुगलीको "livre", ईटालियनको "libero" जस्ता शब्दलाई प्रतिनिधित्व गर्नका निम्ति प्रयोग गरिएको उल्लेख गरिएको छ । तर यस शब्दलाई आधिकारिक, गैर-अङ्ग्रेजी, लेखहरुमा प्रयोग गरिदैन ।

ई.सं. २००४ को२००४को अन्त्य सम्म FLOSS शब्दलाई दक्षिणी अफ्रिका, स्पेन, र ब्राजिल जस्ता देशहरुको आधिकारिक अङ्ग्रेजी लेखहरुमा प्रयोग हुन थालिसकेको थियो ।

= गौण शब्द/पदहरु =
FOSS लाई परिभाषित गर्ने तथा जानकारी दिने लेखिँदै गरेको बेलामा नै F/OSS भन्ने अर्को संक्षेप आइसकेको थियो । यो संक्षेप अमिगा कम्प्युटर खेलसँग सम्बद्ध युजनेट समाचारसमूह (Usenet Newgroup) मा आइसकेको थियो । अर्को संक्षेप OSS/FS हो तर यसको प्रयोग डेविड ए. ह्विलर (David A. Wheeler) को लेख बाहिर त्यति प्रयोगमा देखिँदैन ।

FOSS कोFOSSको लागि अर्को संक्षेप Free/Open Source Software/Code (FOSSC) पनि हो र यस संक्षेपको निर्माण एवं प्रयोग भारतको नयाँ दिल्लीमा स्थित सफ्टवेयर लेखकले गरेका हुन् ।

रिचर्ड स्टलम्यानले "मुक्त सफ्टवेयर (unfettered software)" भन्ने शब्दलाई "स्वतन्त्र सफ्टवेयर" को सट्टामा प्रयोग गर्न सकिने उचित तथा अभ्रामक शब्द भनेर सुझाव दिएका छन् तर उक्त शब्दको प्रयोग गर्न आफूले कुनै प्रयास नगर्ने पनि बताएका छन् किनभने "स्वतन्त्र सफ्टवेयर" शब्दकै प्रयोगका लागि अथक प्रयास गरिसकिएको छ भन्ने उनको भनाइ रहेको छ ।

= अङ्ग्रेजी भाषा बोलिने ठाउँमा प्रयोग हुने केही गैर-अङ्ग्रेजी शब्दहरु =
पङ्क्ति ४२:

= अनुज्ञप्ति/ईजाजतपत्र (License) =
सफ्टवेयर स्वतन्त्रता अभियान र खुल्ला श्रोत सफ्टवेयर पहल, दुबै संस्थाले "स्वतन्त्र सफ्टवेयर" तथा "खुल्ला श्रोत सफ्टवेयर" को परिभाषासँग मिल्ने परस्पर रुपमा सफ्टवेयर एवं डिजिटल सामाग्रीका लागि विभिन्न प्रकारको अनुज्ञप्तिको सूची नै प्रकाशित गरेका छन् । ती मध्ये केही महत्वपूर्ण अनुज्ञप्ति-सूची निम्न प्रकार छन् :
* सफ्टवेयर स्वतन्त्रता अभियानद्वारा प्रकाशित अनुज्ञप्तिको सूची
* खुल्ला श्रोत सफ्टवेयर पहलद्वारा प्रकाशित अनुज्ञप्तिको सूची
पङ्क्ति ४९:
यस लेखमा उद्‌घृत गरिएका मध्ये धेरै जसो सफ्टवेयर अनुप्रयोगहरु साना अनुज्ञप्ति समूहमा पर्दछन् । ५० - ७०% सफ्टवेयरहरु GNU General Public License (GNU GPL) अन्तर्गत पर्दछन भने बाँकी रहेका अन्य सफ्टवेयर उत्पादहरु GNU Lesser General Public License (GNU LGPL), BSD License, Mozilla Public License, MIT License, तथा Apache License अन्तर्गत पर्दछन् । यी सबै अनुज्ञप्तिहरुको भागमा २% देखि १०% सफ्टवेयर पर्दछन् ।

यस लेखमा उद्‌घृत गरिएका केही सफ्टवेयर उत्पादहरु छुट्टै समूह - Public Domain माDomainमा पर्दछन् । यस समूहमा रहेको सफ्टवेयरको चल्ने रुप (Executable version) तथा श्रोत (Source Code) कुनै पनि प्रतिलिपी अधिकार कानुन/ऐन द्वारा प्रतिबन्धित छैन तथा स्वतन्त्र सफ्टवेयर कहलाउनका लागि स्वतन्त्र सफ्टवेयर अनुज्ञप्ति चाहिँदैन ।

= यी पनि हेर्नुस =
पङ्क्ति ७५:
[[fr:Free/Libre Open Source Software]]
[[it:Free and Open Source Software]]
[[ja:FLOSS]]
[[ms:Perisian bebas dan sumber terbuka]]
[[nl:Vrije software en opensourcesoftware]]
[[ja:FLOSS]]
[[pl:Wolne i Otwarte Oprogramowanie]]
[[ru:FLOSS]]
[[sq:Floss]]
[[si:නිදහස් හා විවෘත මූලාශ්‍ර මෘදුකාංග]]
[[simple:Free and open source software]]
[[sk:Free and Open Source Software]]
[[sl:FOSS]]
[[sq:Floss]]
[[uk:Вільне та відкрите програмне забезпечення]]
[[zh:自由及开放源代码软件]]