"निबन्ध" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: cy:Traethawd
→‎निबन्धको वर्गीकरण: clean up, replaced: को → को (4), मा → मा (2) using AWB
पङ्क्ति ३३:
 
***(१) विचारात्मक निबन्धमा गृहीत विषयका पक्ष/विपक्षलाई तर्कद्वारा प्रस्तुत गरिन्छ ।
***(२) यस्ता निबन्धका प्रत्येक वाक्यले 'स्व' को विचारलाई प्रकट गरेको हुनुपर्दछ ।
***(३) यस्ता निबन्धमा साङ्केतिक, बिम्बात्मक श्लेषपूर्ण भाषिक प्रयोग अपेक्षित हुन्छ, आदि ।
 
पङ्क्ति ४५:
**२.१.४ संस्मरणात्मक निबन्ध ः
 
अतीतका, तात्कालिक वा केही समयपूर्वका अविस्मरणीय स्मृति बिम्बहरूमा आधारित 'स्व' को आत्मप्रकाशन भई स्वानुभूतिको आत्मप्रकटीकरण भएका निबन्धलाई संस्मरणात्मक निबन्ध भनिन्छ । यस्ता निबन्धमा स्वकीय जीवनमा घटेका महत्त्वपूर्ण क्षण, घटना, अनुभूति, भोगाइ आदिको शृङ्खलित अभिव्यक्ति हुन्छ । स्मृतिबिम्बहरूको प्रबलता हुनु यस्ता निबन्धको विशेषता हो । यथार्थ स्मृतिबिम्बहरूमा आधारित नभइकन काल्पनिक उडानमा यस्ता निबन्ध लेखिँदैनन् । कल्पनाको प्रयोगले यस्ता निबन्धलाई कलात्मकता भने प्रदान गर्दछ । संस्मरणात्मक निबन्धका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छः
 
***(१) संस्मरणात्मक निबन्ध स्मृतिबिम्बमा आधारित हुन्छ र यस्ता निबन्धमा लेखकले स्मृति-अनुभूतिहरूलाई यथार्थरूपमा प्रस्तुत गर्नुपर्छ ।
पङ्क्ति ५९:
**२.२.१ वर्णनात्मक निबन्ध ः
 
गृहीत विषयको वर्णनमा केन्द्रित वा वर्णनप्रधान निबन्धलाई वर्णनात्मक निबन्ध भनिन्छ । यस्ता निबन्धमा वर्ण्य विषयलाई लेखकका अनुभूति र कल्पनाले जीवन्त बनाउँछ र बाहृयपक्षको यथार्थ चित्रण गर्ने पद्धति अँगालिएको हुन्छ । लेखकीय 'स्व' को कुनै प्रयोजन नहुनु यस्ता निबन्धको विशेषता हो । वर्ण्य विषयको वर्णनलाई मौलिकता प्रदान गर्न लेखकमा दृष्टिवैचित्र्य हुनु अनिवार्य मानिन्छ र विषयवस्तुको पूर्ण ज्ञान पनि अपेक्षित हुन्छ । यस किसिमका निबन्धका प्रमुख अभिलक्षणहरू यसप्रकार छन् ः
 
***(१) वर्णात्मक निबन्धमा वर्ण्य विषयको शृङ्खलित र व्यवस्थित वर्णन आवश्यक हुन्छ ।
पङ्क्ति १०५:
**२.३.४ वक्तातात्मक निबन्ध ः
 
वक्तात्वकला/वाक्कला/भाषणकलाका रूपमा रहेका अभिव्यक्तिहरूलाई नैबन्धिक रूप दिँदा वक्तातात्मक निबन्धको सिर्जना हुन्छ । यस्ता निबन्धमा निश्चित वा निर्धारित विषयको प्रतिपादन हुन्छ । यस्ता निबन्धको अध्ययन भाषणशास्त्र वा वाक्कलाशास्त्र (वक्ताताशास्त्र) मा हुन्छ । प्राचीन ग्रिसेली साहित्यमा यस्तै किसिमका वक्तातात्मक निबन्धबाट निबन्धको विकास भएको पाइन्छ । यस्ता निबन्धको शैली मूलभूत रूपमा वक्तातात्मक किसिमको हुने भएकाले यस्ता निबन्धलाई वक्तातात्मक निबन्ध भनिएको हो । यस्ता निबन्धका मुख्य अभिलक्षण यसप्रकार छन् ः
 
***(१) वक्तातात्मक निबन्धमा आत्मपरक र वस्तुपरक दुवै तत्वको उपस्थिति रहन्छ ।
पङ्क्ति १४४:
 
***(१) नियात्रामा यात्रावृत्तान्तका स्मृतिबिम्बहरूको प्रयोग हुन्छ र त्यस्ता स्मृतिविम्बहरूलाई कल्पनाको रङले रङ्गाइएको हुन्छ ।
***(२) नियात्रामा लेखकीय 'स्व' को आत्मप्रकटीकरण हुन्छ र यसमा वैयक्तिकताको प्रशस्त उपयोग हुनाका साथै वर्णनको मनोहारिता, रोचकता र कुतूहलता हुन्छ ।
***(३) यस्ता निबन्ध प्रथमपुरुष दृष्टिबिन्दुमा नै लेखिन्छन् र यस्ता निबन्धमा कोरा वृत्तान्त वा वर्णनात्मकता अपेक्षित हुँदैन, आदि ।
 
**२.४.२. निवार्ता
 
'निबन्ध' शब्दको 'नि' उपसर्ग र 'अन्तर्वार्ता' शब्दको 'वार्ता' शब्द मिलेर 'निवार्ता' शब्दको निर्माण भएको छ । निबन्धात्मक शैलीमा प्रस्तुत गरिएका अन्तर्वार्तालाई निवार्ता भनिन्छ । नेपालीमा निवार्ता शब्दको सर्वप्रथम प्रयोग नेत्र एटमले 'सीमान्त आकाश' मा गरेका हुन् । निवार्ताकार अर्थात् वार्ताकार (अन्तर्वार्ता लिने व्यक्ति) र वार्तानायक (उत्तरदाता) दुवैको एउटै रचनामा उपस्थिति रहनु निवार्ताको मुख्य अभिलक्षण हो । यस्ता निवार्तामा अन्तर्वार्ता प्रत्यक्ष प्रश्नोत्तरात्मक शैलीमा लिइए पनि वार्ताकारको कला, कुशलता र कल्पनाशक्तिको प्रयोगले अप्रत्यक्ष प्रश्नोत्तरात्मक शैलीका माध्यमबाट भिन्नै रचनाविधान तयार हुन्छ । अन्तर्वार्ता लिने क्रममा वार्तानायकबाट आएका उत्तरहरूलाई कल्पनाशक्तिको प्रयोगद्वारा अनौपचारिक शैलीमा प्रस्तुत गर्नु निवार्ताको विशेषता हो । निवार्ताका प्रमुख अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः
 
***(१) निवार्तामा पहिले वार्ताकार प्रथम पुरुषका रूपमा र वार्तानायक तृतीय पुरुषका रूपमा उपस्थित भई पछि दुवै प्रथमपुरुषका रूपमा पनि उपस्थित हुन्छन् ।
"https://ne.wikipedia.org/wiki/निबन्ध" बाट अनुप्रेषित