"विकिपिडिया:स्वशिक्षा/ध्यान राख्नुहोस्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १९:
विकिपीडियाको नीति छ कि सारा लेख "निष्पक्ष दृष्टिकोण"बाट लेख्नुपर्दछ। यस संक्षिप्त रूपमा "NPOV" (अंग्रेजीका "न्यूट्रल पइंट अफ वियू"का लागि संक्षेप) लेखिन्छ। यस नीतिको अर्थ हो कि कुनै पनि मुद्दामा हामी सबै मुख्य दृष्टिकोणहरुलाई मान्यता दिन्छौं। कुनै एक पक्षलाई प्रस्तुत गर्नको साटो हामी हर मुख्य पक्षलाई प्रस्तुत गर्दछौं र उनमा कुनै एकलाई सही ठहराउँदैनौं। विकिपीडियाको उद्देश्य केवल जानकारी बाँटनु हो, कुनै कुरा वा पक्षलाई मनाउनु होइन।
 
लेखहरुमा कसै मुद्दामा मतहरुको वर्णन लेख्नु ठीक हो, तर त्यो लेखकका मतका रूपमा प्रस्तुत गर्न सकिन्न। विश्वसनीय र प्रमाणित स्रोतहरुका साथ यो जरूर लेखिन सक्दछ कि "यो गुट भन्दछ कि ..." वा "प्रसिद्ध वैज्ञानिक फलाना-फलानाको भन्नु छ कि ...."। यही कारण छ कि केहि भावात्मक शब्दहरुको प्रयोग लेखहरुमा गर्नुगर्न सकिन्न। यस्तो भन्नु कि "दुर्भाग्यबाट भ्रष्टाचार बढयो" विकिपीडियामा सही हुँदैन किनभनें यसमा तपाईंको पक्ष आउँछ। केवल यति नैं लेख्नुहोस् कि "भ्रष्टाचार बढयो" वा "प्रसिद्ध आर्थशास्त्री जोहर तीव्रबुद्धिको भन्नु छ कि भ्रष्टाचार बढनु दुर्भाग्यपूर्ण हो"।
 
तपाईं कहिले काँही विकि प्रयोगकर्ताहरुलाई कुनै लेखमा "POV" वा "पक्ष"को समस्या हुने कुरा गर्दै गरेको देख्नुहुन्छ। यसको यही अर्थ हो कि उनको रायमा त्यो लेख कुनै एक पक्षलाई लिएर लेखिएको छ। यदि कुनै लेखमा इश्तेहारनामा(Commercials bond) भाषाको प्रयोग छ, कुनै एक राजनैतिक वा धार्मिक पक्षलाई सत्य र सहीका रूपमा पेश गरिएकोछ, वा कुनै व्यक्तिको केवल बढाईमा नैं लेखिएको छ, जो त्यो यस "पक्षको समस्या"को श्रेणीमा आउँछ। यस्तो पनि हुन सक्दछ कि कुनै लेखमा हर पक्ष प्रस्तुत त छ तर कुनै एक पक्षलाई अनुचित स्थान वा मान्यता दिएकोछ - यो पनि यसै समस्याको श्रेणीमा आउँछ। [[पृथ्वी]]का लेखमा यदि यस पक्षलाई त्यति नैं स्थान दिइयोस् जो भन्दछ कि पृथ्वी गोलो छैन तर एक च्याप्टो क्षेत्र छ जतिको गोलाकार पृथ्वीलाई दिएकोछ, त यो पनि पक्षपात देखिन्छ किनभनें एक ग़ैर-मुख्य पक्षलाई त्यसको वैज्ञानिक मान्यता भन्दा कहीं अधिक स्थान दिइएको छ।
 
यदि तपाईं राजनीति, भाषा-पहचान र धर्म जस्तै संवेदनशील विषयहरुमा समय लगाउने व्यक्ति हुनुहुन्छ, भनें निष्पक्ष दृष्टिकोणमा धेरै ध्यान दिनुहोस्। यस्ता विषयहरुमाथि झडपहरुबाटझगडाहरुबाट बच्नकाबाँच्नका लागि मतभेदमा स्वयंलाई शान्त राख्नुमा पनि विशेष ध्यान दिनुहोस्। यदि गणित र विज्ञान जस्तै कम संवेदनशील विषयहरुमा लेख लेख्न चाहनुहुन्छ, भनें यो केहि चिंताकोचिन्ताको कारण हुन्छ तर पनि निष्पक्षताको नीतिहरुको पालनपालना गर्नुहोस्।
 
===स्रोत र सन्दर्भ===