"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४८:
विकी विश्वविद्यालय(विकीभर्सिटी), विकीसमाचार(खुला समाचार), विकी प्रजाति, कमन्स(कमन मिडियाको भण्डार), कथन(उक्ति संग्रह) आदि। नेपालीमा हाल विक्सनरी र विकीपुस्तक मात्र सञ्चालनमा छन्। यद्यपि बाँकी विषयमा पनि योगदान गर्न सकिने अवस्था छ।
तपाइँ पनि विकिपीडियामा सम्पादक बन्ने होइन? हो भनें तपाईंको जानकारीमा भएका र तपाइँका रूचिका विषयहरूमा लेख लेख्न वा भएका लेखलाई सम्पादन गर्न निमन्त्रणा छ।
==के विकिमा मैले हालेको जानकारी सुरक्षित रहन्छ, विकिमा त जसले पनि संपादनसम्पादन गर्न सक्छ?==
विकिपीडियाको सबैभन्दा रमाइलो पक्ष भनेकै जसले पनि सम्पादन गर्न सक्नु हो। तर यसलाई सबैले लेख बिगार्नमा नै प्रयोग गर्छन् भन्ने छैन।
विकिमा लेखिएका स्तरीय लेखलाई सुरक्षित अथवा अर्ध सुरक्षित गर्न सकिन्छ तर यो सामान्यतया सबै लेखहरूमा गरिँदैन। कुनैपनि लेख स्तरीय हुनका लागि सम्बन्धित विषयका धेरैजना मानिसहरूद्वारा सम्पादन भएको हुनुपर्छ।