"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २५:
 
== विकिपीडियामा कसले योगदान गर्न सक्छ ==
कुनै पनि व्यक्तिले जो आफ्नो सांस्कृतिक पृष्ठभूमि, जातीयता, व्यावसायिक वा राजनीतिक पृष्ठभूमि वा हितहरुलाई ध्यान नदिई ज्ञानलाई बाँड़ेर ज्ञानको प्रसार गर्न इच्छुक छ, यस परियोजनालाई आफ्नो योगदान दिन सक्दछ। कुनै पनि जो आफ्नो ज्ञानलाई विकिपीडियाका मार्फत सुरक्षित राख्न चाहन्छ एवं त्यसलाई जनसमूहसम्म पुर्‍याएर सबैलाई लाभान्वित गराउन इच्छुक छ, यस परियोजनालाई आफ्नो योगदान दिन सक्दछ। चाहे कुनै कालेजको विद्यार्थी, इञ्जीनियर, डाक्टर, पत्रकार, कृषक, व्यवसाई इत्यादि सबैले विकिपीडियाका परियोजनाहरुलाई आफ्नो योगदान दिएर ज्ञानको प्रसार गर्न सक्दछ्न्।
तपाईंले।
हो, विकिपीडियामा तपाईंले योगदान दिन सक्नुहुन्छ। किन कि यसका लागि तपाईंले भाषा जानेको छ भनें पुग्छ।
यसका सामान्य फर्म्याटहरू पनि जान्नुभएको छ भनें अझ राम्रो हुनेछ यद्यपि तपाईंलाई थाहा भएको विषयमा लेख्न, भएका लेखमा थप्न, सच्याउँन वा ती विषयमा चर्चा गर्न त्यतिकै पनि सक्नुहुन्छ।
विकिपीडियामा जसले पनि सम्पादन गर्न सक्दछन्। यसमा बेनामे (आफ्नो परिचय नखुलाई) लेख्न र सम्पादन गर्न पनि दिइन्छ। त्यसो गर्दा तपाईंको कम्प्युटरको आइ पी ठेगाना ट्र्याक गरेर राखिन्छ। तर सामान्यतया आफ्नो नामबाट प्रवेश (Log in) गरेर योगदान गर्नु उपयुक्त मानिन्छ। यसो गर्दा तपाईंले गरेको योगदान पछिसम्म इतिहास सहित देखिन्छ जसले तपाईंलाई विकी समुदायमा अगाडी बढ्न सहयोग पुग्नेछ।
 
== के विकिपीडिया अन्य भाषाहरुमा पनि उपलब्ध छ? ==