"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २२:
यसमा कुनै कठोर नियम छैन। विकिपीडिया खुला विश्वकोश भएको हुनाले जसले जे विषयमा पनि लेख लेख्न सक्छ। तर व्यक्तिगत लाभका लागि अतिशयोक्तिपूर्ण कुराले भ्रम पर्ने भएकोले यसमा केही नियन्त्रण भनें गरिन्छ। जस्तो कि विज्ञापन वा आत्मकथा यसमा राखिन्न। लेखिएको लेखमा स्रोत पनि खुलाउनु पर्छ। तर अरूले लेखेको लेख सारेर लेख तयार गर्नु हुँदैन।
==मैले बनाएको लेखलाई धेरैले सम्पादन गर्छन् यस्तो किन?==
विकिपीडियाको कुनै पनि लेख कुनै एउटा व्यक्तिसित सम्बन्धित हुँदैन, तर यो अनेक प्रयोगकर्ताहरुको सहयोगात्मक एवं सामूहिक योदगानको परिणाम हुन्छ। हो, यदि तपाईंले बनाएका लेखमा कुनै अर्को प्रयोगकर्ताले गलत जानकारी हाल्दछ भनें तपाईं त्यसलाई हटाउन सक्नुहुन्छ अथवा प्रबन्धकहरुको सहायताबाट त्यस अनावश्यक सामग्रीलाई हटाउन लाउन सक्नुहुन्छ। तपाईं कुनै प्रयोगकर्तासित उसले जोड़ेको तथ्यको विषयमा त्यस लेखका वार्तापृष्ठमा चर्चा पनि गर्न सक्नुहुन्छ जसमा अन्य प्रबन्धक एवं प्रयोगकर्तागणले पनि आफ्नो प्रतिक्रिया दिन्छन् र बहुमतका आधारमा यदि तथ्य सही लागे राखिन्छ नत्र हटाइन्छ। विकिमा कुनै पनि तथ्य दिनका साथै सम्पादकलाई त्यसको सन्दर्भ पनि दिनु पर्छ अन्यथा त्यस जानकारीलाई अविश्वसनीय मानिन्छ जबसम्म कि त्यो तथ्य जन सधारणलाई ज्ञात छैन भनें, जस्तै सूर्य पूर्वमा उदाउँछ यो कुरा सबै जान्दछन् अत: यसका लागि सन्दर्भ दिने कुनै आवश्यकता छैन। विकिपीडियामा सन्दर्भहरुको विश्वसनीयताका माथि पनि आफ्ना [[विकिपीडिया:उल्लेखनीयता|नीतिहरु]] हुन्छन्।
जोसुकैले लेखेको जानकारी जोसुकैले सम्पादन गर्न पाउनु नै विकिपीडियाको विशेषता हो। इन्साइक्लोपेडिया अर्थात् विश्वकोषमा लेख्ने वा सम्पादन गर्ने मानिसहरू सीमित हुन्छन्। त्यसकारण विश्वकोषमा सबै कुराहरू समावेश हुँदैनन्। विकिपीडिया खुला विश्वकोष भएको हुनाले यसमा जुनसुकै विषयमा पनि तपाईंसित भएको जानकारी जतिसुकैबेला पनि राख्न वा सम्पादन गर्न सक्नुहुन्छ। तपाईंले सुरू गरेको लेखमा अरूले सम्पादन गरे भनें तपाईंको लेख झन् खारिँदै जान्छ र यो उत्कृष्ट लेखको रूपमा दरिन्छ।
 
== विकिपीडियामा कसले योगदान गर्न सक्छ ==