"यती (किम्बदन्ति )" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, added uncategorised tag
सा The file Image:Wooldridge.jpg has been removed, as it has been deleted by commons:User:Fastily: ''Per commons:Commons:Deletion requests/File:Wooldridge.jpg''. ''Translate me!''
पङ्क्ति ८:
सन् १८३२ मा बेलायती नागरिक बी.एज. हडसनले नेपालमा शरीरभरि रौं नै रौं भएको जीवले आफ्नो नोकरमाथि आक्रमण गरेको भनी उल्लेख गरेका थिए । स्थानीय मानिसहरूले यसलाई राक्षस भन्थे । यो नै पश्चिमीहरूले सम्भावित यतीको बारेमा तयार पारेको पहिलो प्रतिवेदन थियो । सन् १८८९मा ब्रिटिश आर्मीका मेजर एल.ए. वाडेलले सिक्किमको उच्च चुचुरोमा ठूला पैतालाको छाप भेटेको र उनका भरियाहरूले त्यस ठाउँलाई यतीको बाटो भएको र त्यसले मानिसलाई आक्र्रमण गरी खान लिएर भाग्छ भनी उल्लेख गरेको पाइन्छ ।
 
त्यस्तै सन् १९१३ मा केही चिनिया शिकारीहरूले शरीरभरि रंौ नै रांै भएको मानव जस्तो जीवलाई घाइते बनाई पक्रेर पटाङ्ग सिङ्गीयाङ क्षेत्रमा थुनेर राखे । तत् पश्चात पँाच महिनापछि यसको मृत्यु भयो । यो कालो बाँदरको जस्तो अनुहार, ठूलो शरीर, चम्किलो पहंेलो केही इञ्च लामा रौँ शरीरभरि भएको, हात खुट्टा मानिसको जस्तो भएको र अत्यधिक बलियो थियो भन्ने उल्लेख भएको पाइन्छ । [[File:Wooldridge.jpg|thumb]]
 
सन् १९२१ मा कर्णेल होवार्ड बुरीद्वारा नेतृत्व गरिएको ब्रिटिश एक्पीडिसन टिमले सगरमाथामा करिव १७,५०० फिटको उचाईमा हिउँमा कालो आकृति घुमिरहेको दृश्य देखेका र उक्त स्थानमा गई हेर्दा कुनै जीव नभेटिएको तर मानवका जस्तो ठूलो पाइताला छाप भेटिएको भन्ने उल्लेख भएको पाइन्छ । सन् १९२३ मा सगरमाथा आरोहण दलका मेजर एलन क्यामेरोनले कालो र ठूलो आकृतिको अवलोकन गरे । उक्त ठाउँ उनी रहेको ठाउँवाट २ दिनमा पुग्न सकिन्थ्यो भन्ने उल्लेख भएके पाइन्छ । सन् १९२५ मा ग्रीक फोटोग्राफर तथा र्‍वायल जियोग्राफिकल सोसाइटीका सदस्य एल.ए. तोम्बाजीले झल्याक्क एउटा आकृति देखेको र उनका अनुसार त्यो जीव मानव जस्तो थियो। माथितर्फ हिँडिरहेको थियो , रोकिँदै लालीगुँरासको फुलको कोपीलाहरू चुँड्दै गर्दथ्यो । तोम्बाजी त्यतिखेर हिमालमा १५,००० फिटको उचाइमा थिए । उनी सो दृश्यहरू देखेको ठाउँमा पुग्दा अचम्मका पाइलाहरू थिए भनी उल्लेख गरेको पाइन्छ ।सन् १९४२ मा स्ल्याभोमिर र्‍याविकजको द लङ्ग वाक नामक पुस्तकमा उनले उल्लेख गरे अनुसार उनी र उनका अन्य ६ जना साथिहरू साइवेरिया युद्धवाट भाग्ने क्रममा भुटान र सिक्कीमको बीचमा हिमालय पार गर्दा उनी र उनका साथीहरूले दुई घण्टासम्म १०० कदम परबाट झण्डै आठ मिटर अग्ला, ठूला जीवहरू देखेको उल्लेख गरेका छन् । सन् १९४८ मा नर्वेका जान प|mोसटिसलाई सिक्किममा दुई यतीहरूले आक्रमण गरेका र उनको पाखुरामा ठूलो घाउ लागेको र उपचारपछि निको भएको भनि दाबी गरिएको पाइन्छ । त्यसैगरी सन् १९४९मा तेन्जिङ्ग नोर्गे शेर्पाले गुम्बाको नजिकै हिउँमा यतीहरू खेलिरहेको देखेको दाबी गरेका भनी उल्लेख गरेको पाइन्छ ।