"गोलभेडा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३०:
 
धेरै उच्च र धेरै निम्न तापमानमा बीजको अंकुरण कम, बिरुवा वृद्धि कम, फूल झर्ने हुन्छ, जसबाट टमाटरको गुणस्तर र उत्पादनमा कमी आउँछ। तापमान, साथसाथै प्रकाशको चर्कोपनले यसको फल लाग्ने क्रिया, रंग र फलको पौष्टिक मूल्यलाई असर गर्छ। सिक्किममा बर्खायाममा अत्यधिक पानी पर्ने हुनाले त्यस समय यसको उत्पादन पोलीहाउसमा नै सीमित हुन्छ।
 
==रोग तथा रोकथाम==
टमाटरमा धेरै रोगहरू लाग्न सक्छन् । ढुसी, ब्याक्टेरिया वा जीवाणु, भाइरस, जरा गुजुल्टाउने त्यान्द्रे जुका वा असामान्य मौसमको परिवेशका कारण रोगहरू लाग्न सक्छन्। केही प्रमुख रोग र त्यसका रोकथामका उपायहरूबारे तल चर्चा गरिएको छ:
 
===ओस लाग्नु (फिटोपेथोरा वा पिथिमय एसपी.)===
'''लक्षण'''
 
नर्सरीको ब्याडमा यो रोग लाग्छ । माटोमाथि बाहिर टुसा पलाउनअघि नै कलिलो बिरुवा मर्छ। यो घटना माटोको सतहमा हुने भएकोले बाली राम्रोसँग खडा हुन नसक्नुबाहेक यो रोग प्राय: थाहा पाउन सकिँदैन ।
टुसा पलाएपछि ओस लाग्ने घटना स्पष्ट देख्न सकिन्छ। माटोमा टुसा पलाएपछि आक्रमण झेल्न सकने भएर जबसम्म बोटको काण्ड कडा हुँदैन, कुनै पनि समयमा रोग लागेको बिरुवा लड्न सक्ने यो चरणको रोगको लक्षण हो। रोग अघिबाटै लागेको अवस्थामा फेदमा यसको काण्ड खुम्चिन्छ र बोट ढल्छ।
 
'''रोकथामका उपाय'''
* •ओस लाग्ने रोगको निम्ति ट्रिकोडर्मा हर्जियानम र पेनिसिलियम अक्जालिकमको जीवाणु अनि स्युडोमोनस एकपाकिया र स्युडोमोनस फ्लोरेसिनले बीजको बाहिरी आवरणको उपचार गर्नु जैविक-रोकथामको एक असरदार विधि पाइएको छ।
* •सोलानासियस (बिरुवाको एउटा जात) बालीभन्दा फरक अरू बालीसँग फसल-चक्र चलाउनुपर्छ ।
* •अन्य सावधानीहरू :
 
*क. अत्यधिक पानी बहने ठाउँमा बिरुवाको ब्याड हुर्काउनुहोस्।
*ख. झुरुप्पै बिरुवा लाग्न नदिन पातलो रोप्नुहोस्।
*ग. बिरुवाको लागि हल्का बलौटे माटो वा बढेको बिरुवाको लागि मिहिन मसिनो बलौटा मिसिएको आराको भुसको मिस्रण प्रयोग गर्नुहोस्।
*घ. राम्रोसँग सडेको मल प्रयोग गर्नुहोस्।
*ङ. हल्का तर बारम्बार सिँचाइ गर्नुहोस्, अनि
*च. ३० सेन्टीमिटर बाक्लो खेतको डाँठ वा ठूटाठुटीहरू बिरुवाको ब्याडमा जलाएर माटोको जीवाणुहरू मार्ने कार्य गर्नुहोस्।
 
===चाँडै लाग्ने ढुसी (अल्टरनेरिया सोलानी)===
 
'''लक्षण'''
 
यो रोगले हाँगाबिगालाई असर गर्छ अनि कटमेरो फलमा खैरो दागी लाग्छ। यो फल झर्छ अनि व्यापक संक्रमण भएमा बोट सुक्छ।
 
'''रोकथामका उपाय'''
 
*क. दुई-तीन वर्षमा एकपल्ट सोलानासियस परिवारमा नपर्ने बालीसँग फसल-चक्र चलाउनुहोस्।
*ख. खेतमा रोग लागेको बोट देख्नेबित्तिकै त्यसलाई उखेलेर जलाउनुहोस्।
*ग. रोग लाग्नअघि एक हप्ताको फरकमा बोरेडक्स मिस्रण (१ प्रतिशत) बालीमा छर्कनु वा स्प्रे गर्नुपर्छ।
 
===ढिलो लाग्ने ढुसी (फिटोपथोरा इन्फेसटेन्स)===
 
लक्षण
 
यो रोगले डाँठ, पात र फललाई असर गर्छ। फलको कुहेको भाग गाँठिलो र उस्तै हुन्छ अनि खैरो हरियो रंगको बन्छ भने रोग नलागेको फलको भाग पाक्छ।
 
रोकथामका उपाय
 
ओस वा चिसो लाग्न नदिन पोलीहाउस राम्रोसँग हावा छिर्ने बनाउनुपर्छ।
ओसलाई नियन्त्रणमा राख्न बालीमा झारपात हुनुहुँदैन। खेतको छेउछाउमा झारपात उम्रन दिनुहुँदैन।
बालीको ठुटाठूटी वा झ्यासझूस जलाउनुपर्छ।
यो रोगको रोकथाम गर्नको निम्ति दुई-तीन वर्षमा रोग नलाग्ने बालीसँग फसल-चक्र चलाउनुपर्छ।
 
बोट मुर्झाउने जीवाणु (स्युडोमोनस सोलानासियरम)
 
लक्षण
 
यो विशेष लक्षण हाँगाबिगाहरू मुर्झाउने, नबढ्ने र पहेंलिने भएर देखा पर्दछ। यदि रोग लागेको डाँठलाई काटियो र त्यसलाई निचोरियो भने रस-ग्रन्थिबाट जीवाणुको सेतो लेदोजस्तो बाहिर आउँछ।
 
रोकथामका उपाय
 
क. फसल-चक्र चलाउनुपर्छ।
ख. खेतमा रोग लागेको बोट देख्नेबित्तिकै जतिसक्दो चाँडो त्यसलाई उखेलेर जलाउनुपर्छ।
ग. रोगसँग लड्नसक्ने क्षमता भएका प्रजातिहरू उब्जनी गर्नुहोस्।
घ. १ प्रतिशत बोरेडक्सको मिस्रण छिट्नुहोस् वा स्प्रे गर्नुहोस्।
 
===पात दोब्राउने (गेमिनी भाइरस)===
लक्षण
 
बोटको पात नराम्रोसँग दोब्रिन्छ वा बटारिन्छ। पातको आकार पनि घट्छ। यदि पात दोब्राउने रोगसँग टाटेपाटे भाइरस पनि लाग्यो भने बोटबाट निकै कम उत्पादन हुन्छ वा उत्पादन नहुन पनि सक्ने देखिएको छ।
 
रोकथामका उपाय
 
कुनै पनि भाइरस रोगलाई रोकथाम गर्न निकै गाह्रो हुन्छ। बजारमा भाइरसनाशक कुनै ओषधि पाइँदैन। तल दिइएका विधि अप्नाएर मात्र यो रोगको रोकथाम गर्न सकिन्छ:
 
क. रोगलाई दोस्रोपल्ट फैलन नदिन रोग लागेको बोटलाई उखेलेर जलाउनुहोस्।
ख. समुचित जैविक-कीटनाशकको प्रयोग गरेर कीराहरूलाई निर्धारित सीमा स्तर (ईटीएल)-भन्दा मुनि राख्नुपर्छ, जसले गर्दा रोग थप फैलन नसकोस्।
ग. बिरुवा रोप्नअघि ५०० पीपीएम साइकोसेलको घोलमा बिरुवालाई एक घण्टासम्म भिजाउनुपर्छ।
घ. कीटनाशकको व्यवस्थित प्रयोग गरेर सेतो झिँगालाई नियन्त्रण गर्न सकिन्छ।
 
===मोजाइक अर्थात् टाटेपाटे भाइरस (भाइरस)===
 
लक्षण
 
पातमा बिराएर हरियो तथा हल्का हरियो रंग (क्लोरोटिक) दागहरू देखा पर्छ। धेरै रोग लागेको बोटमा कम उत्पादन हुन्छ वा उत्पादन हुँदैन।
 
रोकथामका उपाय
 
भाइरस रोगको रोकथाम गर्न निकै गाह्रो हुन्छ। तर सावधानी अप्नाएर टमाटरको पात दोब्राउने रोगलाई नियन्त्रणमा राख्न सकिन्छ।
 
कीरा तथा कीटपतंग
 
टमाटरलाई अनेकौं कीरा तथा कीटपतंगहरूले आक्रमण गर्छन्। यसको रोकथामका केही प्रमुख उपायहरूबारे तल चर्चा गरिएको छ:
 
काण्ड छेदक (युगोफेरा पार्टीसेला)
 
यो एक मध्यम आकारको सानो कीरा हो, जसको २३.२ सेन्टीमिटर विस्तार भएको पखेटा अनि पेट र अघिल्लो पखेटा फुस्रो पहेंलो रंगको हुन्छ, पछिल्लो पखेटा सेतो अनि टाउको र छाती कैलो रंगको हुन्छ।
 
यो रोगले आश्रय लिने बोट
 
बैगुन, आलु, टमाटर र खोर्सानी।
 
क्षति तथा लक्षण
 
लाभ्रेको कारणले क्षति हुन्छ। यसको लाभ्रेले कलिलो डाँठ खान्छ, संक्रमित बोट मुर्झाएको देखिन्छ।
 
रोकथामका उपाय
 
 
•मुर्झाएको बोट उखेलेर जलाउनुपर्छ।
•यो काण्ड छेद गर्ने लाभ्रेको घटना देखिनुअघि नै १५ दिनको फरकमा जैविक-कीटनाशक छर्कनुपर्छ।
 
सुर्तीमा लाग्ने लाभ्रेकीरा (स्पोडोप्टेरा लिटुरा)
 
यो देशभरि निस्कने एक पोलीफेगस जातको किरा हो।
 
यो किराले आश्रय लिने बोट
 
सुर्तीबाहेक यसले आलु, टमाटर, चना, मकै र बन्दकोपी आदिलाई पनि आक्रमण गर्छ।
 
आक्रमणबाट हुने क्षति तथा लक्षण
 
यो लाभ्रेले राति पात, काण्डको कलिलो भाग र फल खान्छ, जसले गर्दा धेरै क्षति हुन्छ। यो अत्यन्त विनाशकारी किरा हो, किनभने यसले पात, काण्ड र फलभित्र छेद वा दुलो पारेर त्यसको भित्री भाग खान्छ।
 
रोकथामका उपाय
 
 
•नियमित रूपमा खेतबारीको हेरचाह गर्नुहोस्।
•लाभ्रेलाई जमा गरेर जलाउनुहोस्।
 
चनाको कोसा दुलो पार्ने छेदक (हेलिकोभरपा अर्मीगेरा)
 
यो भारतभरि पाइन्छ अनि उष्टकटिबन्धीय (गर्मी) तथा उप-उष्णकटिबन्धीय क्षेत्रमा प्रचुर पाइन्छ।
 
क्षति तथा लक्षण
 
यसको लाभ्रेले हरियो बोटको अंग खान्छ, जसले गर्दा बोटको हाँगाविँगा नाङ्गो हुन्छ। सबैभन्दा धेरै क्षति फलमा हुन्छ, जसमा गोलो प्वाल पर्छ। कलिलो लाभ्रेले बाहिरबाटै पातहरू खान्छ भने ठूलो लाभ्रे फूल र फलभित्र पसेर त्यसलाई चबाउँछ, जसबाट प्युपा हुनअघि ३०-३५ प्रतिशतको क्षति हुन्छ।
 
रोकथामका उपाय
 
==माटोको आवश्यकता==
"https://ne.wikipedia.org/wiki/गोलभेडा" बाट अनुप्रेषित