"गोलभेडा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३०:
 
धेरै उच्च र धेरै निम्न तापमानमा बीजको अंकुरण कम, बिरुवा वृद्धि कम, फूल झर्ने हुन्छ, जसबाट टमाटरको गुणस्तर र उत्पादनमा कमी आउँछ। तापमान, साथसाथै प्रकाशको चर्कोपनले यसको फल लाग्ने क्रिया, रंग र फलको पौष्टिक मूल्यलाई असर गर्छ। सिक्किममा बर्खायाममा अत्यधिक पानी पर्ने हुनाले त्यस समय यसको उत्पादन पोलीहाउसमा नै सीमित हुन्छ।
 
माटोको आवश्यकता
टमाटर विभिन्न प्रकारको माटोमा उत्पादन गर्न सकिन्छ- बलौटे उर्वर माटो, दोमट माटो, कालो माटो र राम्रो पानी बहने व्यवस्था भएको कालो माटोमा यसको खेती गर्न सकिन्छ। तर राम्रोसँग पानी बहने, माथिल्लो तहमा हल्का बलौटा र भित्री तहमा राम्रो दोमट भएको माटोमा यसको उब्जनी राम्रो हुन्छ। टमाटरले ठीक्कको अम्लता र क्षार भएको माटो सहन सक्छ। अम्लताको मात्रा ५.५ देखि ७.५ भएको माटोमा यसले उत्तम उत्पादन दिन्छ। सिक्किमको माटो अम्लीय प्रकारको छ, यसैले राम्रो फसल उब्जनीको लागि प्रति वर्ग मीटर २०० ग्रामको दरले डोलामाइट लगाउन सुझाइन्छ।
 
 
 
 
"https://ne.wikipedia.org/wiki/गोलभेडा" बाट अनुप्रेषित