"नगरकोट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७६:
[[File:Buddhist prayer flags.jpg|200px|thumb|right|नगरकोट एक शान्तिक्षेत्र]]
 
'''नगरकोट''' [[काठमाडौं उपत्यका]] नजिकको प्रसिद्ध रमणीय स्थल हो। यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ। यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ। गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर [[सगरमाथा]]को रोमाञ्चक दृश्य देख्न सकिन्छ। यहाँवाट देखिने अन्य हिमाल चुचुराहरुमा धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ ।
 
नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् ।नगरकोट [[भक्तपुर जिल्ला]]को एउटा गाउँ विकास समिति रहे पनि मुख्य पर्यटकीय स्थल भने [[काभ्रे जिल्ला]] र [[भक्तपुर जिल्ला]]को दोसाधमा रहेको छ,पानी ढलोको सिमा व्यवस्था रहेकोले नगरकोटको उच्चतम विन्दुमा यी दुई जिल्लाहरूको संगम रहेको छ।
पङ्क्ति १०९:
 
[[File:Nagarkot pine tree next.jpg|200px|thumb|right|नगरकोट सल्लाको रुखहरुको बीचमा]]
नगरकोट उच्च पहडी भेगमा पर्दछ नगरकोट चारै तिरबाट वन तथा जंगलले घेरिएर रहेको छ। लोप हुनलागेको "हरियो वन नेपालको धन" भन्ने लोकोक्ती यहाँ सार्थक भएको देख्न पाइन्छ। यहाँ जडिबुटी खेतिको प्रचुर सम्भावना रहेको छ । साथै वरपर रहेको बालवन भनिने जंगलमा अनेकन बोटबिरुवा र जीवजन्तु बसोबास गर्दछन। यो वन जंगलले [[काठमाडौँ उपत्यकाकोउपत्यका]]को लागि केही मात्रामा जलाधारको पनि काम गरेको छ । यस स्थललाई वैज्ञानिक खोजको लागि प्रयोग गर्न सकिने सम्भावना धेरै छ ।
 
=== दशर्नीय स्थानहरू ===
पङ्क्ति १४८:
=== सामरिक ===
 
अरनिको राजमार्ग खुल्नु पूर्व नगरकोट [[काठमाडौँ उपत्यका]] पूर्वी जिल्लाहरु जोड्ने एक प्रसिद्ध नाकाको रुपमा रहेको थियो । दोलखा, ओखलढुंङ्गा, सिन्धुपाल्चोक साथै गोसाईकुण्ड जाने सजिलो बाटोको रुपमा पनि। हाल पनि यसलाई हेलम्बु राजमार्गको वैकल्पिक रुपमा प्रयोग गरिदै आइएको छ।
 
== विशेषता ==
"https://ne.wikipedia.org/wiki/नगरकोट" बाट अनुप्रेषित