"नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
एघार बर्ष लामो हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधानमा पार्टीले खेलेको ऐतिहासिक भूमिका नेपाली जनताको मानसपटमा ताजै छ । आज पनि शान्ति प्रकृयालाई पूर्णता दिने, दिगो शान्ति कायम गर्ने र सङ्क्रमणकालको सफल व्यवस्थापन गर्ने कुरामा नेकपा एमाले अथकरूपमा प्रयत्नशील छ ।
 
संसदीय क्षेत्रमा पार्टीले उल्लेख्य भूमिका खेलेको छ । विश्वव्यापी रूपमै समाजवादी आन्दोलनले गंभीर धक्का खाएको प्रतिकूल परिस्थितिमा समेत नेकपा (एमाले) ले २०४८ सालमा तत्कालीन प्रतिनिधिसभाका एक तिहाइ सिटमा विजय हासिल गरेर आफ्नो लोकप्रियता पुष्टि गरेको थियो । तत्कालीन प्रधानमन्त्री [[कृष्णप्रसाद भट्टराईलाईभट्टराई]]लाई समेत पराजित गर्दै राजधानीका दुई स्थानबाट विजय हासिल गर्ने कमरेड [[मदन भण्डारी]]प्रति लक्षित गर्दै न्युजविकले लेखेको थियो– नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन् । २०५१ सालको मध्यावधि निर्वाचनमा सर्वाधिक सिट हासिल गर्दै पार्टीले पहिलो कम्युनिष्ट सरकार सञ्चालन ग¥यो । [[मनमोहन अधिकारी]] प्रधानमन्त्री रहनुभएको उक्त सरकारलाई आजसम्मकै सर्वाधिक लोकप्रिय सरकार र कमरेड मनमोहनलाई सर्वाधिक सम्मानित प्रधानमन्त्रीको रूपमा नेपाली समाजले आज पनि स्मरण गर्छ । त्यसबाहेक, २०६६ जेठदेखि २०६७ माघसम्म पार्टीका वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल र २०६७ माघदेखि २०६८ भदौसम्म पार्टी अध्यक्ष कमरेड झलनाथ खनालले प्रधानमन्त्रीको रूपमा संयुक्त सरकारको नेतृत्व गर्नुभएको छ ।
 
नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो । जननेता कमरेड [[मदन भण्डारी]]द्वारा प्रतिपादित यो सिद्धान्त माक्र्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो, यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै सही साबित हुँदै आएको छ र आज पनि हाम्रा समग्र कामहरूमा यसले मार्गदर्शन गरिरहेको छ ।