"बाथ" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ ।
 
रक्तचाप
'''लक्षणहरूः''' हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने यसका प्रमुख लक्षण हुन् । यति मात्र नभई यसले ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण पनि देखाउन सक्छ साथै जोर्नी मात्र नभई यस रोगले शरीरका विभिन्न अंगमा असर देखाउन सक्छ । छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने, फोक्सोबाहिर पानी जम्ने यसका अरू लक्षण हुन् ।
 
"https://ne.wikipedia.org/wiki/बाथ" बाट अनुप्रेषित