"आलु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
[[File:Potato flowers.jpg|thumb|आलु को फ़ूल]]
 
संस्कृतको बटाटा ले '''आलु''' जस्तै कन्दमुल लाईकन्दमुललाई जनाउने गर्दछ | यहि शव्द बाट स्पेनि भाषा को 'पटाटा' वनेको विश्वाश गरिन्छ | जव स्पेनि नाभिक हरुले दक्षिण अमेरिका(पेरु) मा आलु देखे , त्यस लाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द 'पोटाटो' बनेको हो | आलु को वैज्ञानिक नाम 'सोलोनम ट्युवरोसस' हो । हल्याण्डमा 'वेल टेरो' भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने 'अर्थ विन' तथा 'ग्राउन्ड नट' ले चिनिन्छ भने फ़्रान्समा भने 'पम द तेरे' अर्थात जमिन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ । गुजराती र मराठी भाषामा संस्कृत कै 'बटाटा' प्रयोग हुन्छ ।
 
समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु । [[अफ़्रिका]]देखि [[एसिया]] अनि [[युरोप]]देखि [[अमेरिका]]सम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन । आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिक बताउँछन् । त्यसपछि सत्रौं शताब्दीमा स्पेनका नाविकले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८० मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ । युरोपको जर्मनी, अष्ट्रिया, फ्रान्स, पोर्चुगल आदि देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलीले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी [[इतिहास]]मा पाइन्छ । तर [[हिन्दू]]को प्राचीन ग्रन्थ [[वेद]]मा एवं आयुर्वेदिक ग्रन्थ चरकसंहितामा पनि आलुकै र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिले नै भइसकेको देखिन्छ ।
 
आलु बहूउपयोगि [[कन्दमूल]] मानिन्छ| तरकारीको प्रमुख नै मानिने आलु [[विश्व]]भरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलुलाई सदाबहार [[तरकारी]]मै मात्र दर्जा प्राप्त छैन । यसमा विलक्षण औषधीय गुणसमेत छ ।
 
आलु पोषक र बलवर्द्धक खाध्य हो । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी [[ऊर्जा]] हुन्छ । आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत [[प्रोटिन]], १ प्रतिशत [[खनिज]] र ८० प्रतिशत [[पानी]] हुन्छ । सय [[ग्राम]] आलुको खानयोग्य भागमा २२.९ प्रतिशत कार्वोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६ ग्राम मिनरल्स, .०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । यस्तै प्रतिसय ग्राम आलुमा भिटामिन 'ए' ४० आई.यू. र फलाम ०.७ मिलिग्राम पाइन्छ ।
 
[[File:PreparedPotatoes.jpg|thumb|आलु का बिभिन्न परिकार]]
'आलु' शब्दको अर्थलाई नेपाली शब्दसागरमा 'अन्न, तिउन, तरकारी र [[अचार]]मा मिलेर वा सट्टामा [[भोजन]] बन्ने कन्द विशेष, कासकन्द, कासालु, पेचक' भनेर उल्लेख गरिएको पाइन्छ । नेपालीमा खासै राम्रो अर्थ दिँदैन 'आलु खाने' भन्ने शब्दले । 'आलु खाइस् ' भनेर कसैले भन्यो भने अपमानजनक मानिन्छ।मानिन्छ । नेपालमा हरेक वर्ष [[गोबर्द्धन]] [[पूजा]]को दिन आलु कवि [[महोत्सव]] मनाइने गरिन्छ । सहभागी [[कवि]]ले आलुका ५ थरिका परिकार खाएर आलुकै बखान स्वरूप कविता वाचन गरेर 'आलु कवि महोत्सव' मनाउँदै आइरहेको धेरै वर्ष भइसकेको छ ।
 
{{तरकारीहरु}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/177705" बाट अनुप्रेषित