"तराई प्रदेश (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, added uncategorised tag
सा unicodifying, removed uncategorised tag
पङ्क्ति २:
 
पहाडी भागदेखि दक्षिणतर्फभारतको सिमासम्म पूर्व-पश्चिम फैलिएको [[नेपाल]]को समतल भू-भागलाई तराइ प्रदेश भनिन्छ । समुद्रसतहबाट ७० देखि ३०० मी. को उचाइसम्म पर्ने यस प्रदेशले [[नेपाल]]को कूल क्षेत्रफलको १७ प्रतिशत भू-भाग ओगटेको छ । यसको चौडाइ बढीमा ६० कि.मी. र कम्तीमा ४० कि.मी. छ । २०५८ सालको जनगणनाअनुसार यहाँ नेपालको ४८.४३ प्रतिशत जनसंख्या बस्छ । पहाडी क्षेत्रको मलिलो माटो वर्षाको पानीले बग्दै आउने भएकाले यो प्रदेश अत्यन्त उर्वरशील छ । यसलाई नेपालकै अन्नभण्डार मानिन्छ । यो प्रदेशको उत्तरतर्फचुरेको ठीक मुनि ढुंगा, कंकडयुक्त ठाउँ भएकाले त्यहाँ खेती हुँदैन र जंगलले ढाकेको छ । जसलाई [[चारकोशे झाडी]]भनिन्छ ।
 
{{Uncategorized|date=अक्टोबर २०११}}