"अनन्त चतुर्दशी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा unicodifying, added orphan, uncategorised tags
पङ्क्ति १:
{{Orphan|date=अक्टोबर २०११}}
 
भाद्र महिनाको [[शुक्ल पक्ष]]को [[चतुर्दशी]]लाई अनन्त चतुर्दशी भनिन्छ। प्रत्येक [[वर्ष]] भाद्र शुक्ल चतुर्दशीका दिन [[काठमाडौं]]लगायत [[ललितपुर]], भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा '''इन्द्रजात्रा''' पनि मनाईन्छ| भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि [[धार्मिक]] विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ। यसरी ठडयाइएको लिङ्गोलाई 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ।<ref>http://astrokrisna.blogspot.com/2011/09/blog-post_10.html</ref>
 
अनन्त चतुर्दशीका दिन भगवान् अनन्तको पूजा, [[आराधना]] र व्रत हुने गर्दछ। यस व्रतको नामैबाट के लक्षित हुन्छ भने यो दिन कहिल्यै अन्त्य नहुने [[सृष्टि]]का कर्ता, धर्ता र संहर्ता निर्गुण ब्रह्मको भक्तिको दिन हो। यो दिन भक्तगणले [[लौकिक]] कार्यकलापहरूबाट मनलाई हटाएर ईश्वरभक्तिमा अनुरक्त हुने दिन हो। यस दिन वैदिक मन्त्रोच्चारणपूर्वक भक्तिको स्मृतितन्तु अनन्तडोरो बाँधिन्छ। यो व्रत धन पुत्रादिको कामनापूर्तिका निमित्त गर्ने चलन पनि छ। भनिन्छ जब पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै थिए, त्यति बेलै भगवान् [[श्रीकृष्ण]]ले आज्ञा गरेकाले धर्मराज [[युधिष्ठिर]]ले आफ्ना भाइहरू तथा द्रौपदीका साथ पूर्ण विधि-विधानले यो व्रत लिएर, विधिपूर्वक अनन्तसूत्र धारण गरेका थिए। अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डवहरू समस्त सङ्कटहरूबाट मुक्त भए।<ref>कृष्णप्रसाद कोइराला, उपप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल</ref> यस दिन अनन्तका रूपमा भगवान् हरिको पूजा गरिन्छ। रुवा, रेशमी धागो वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्तको निर्माण गरी पुरुषले दाहिने तथा नारीहरुले देब्रे हातमा अनन्त धारण गर्ने चलन छ। रुवा वा रेशमको धागो कुङ्कुमको रङ्गद्वारा रंगाउने गरिन्छ। यो सामूहिक रूपमा नगरेर व्यक्तिगत रूपमा गरिने पूजा हो। यस पर्वमा कुनै सामाजिक धार्मिक उत्सव हुँदैन। अग्नि पुराण<ref> अग्नि पुराण १९२/७-१०</ref> मा यसको विवरण छ। यस दिन कलशको जलमा स्थापना गरिएको तथा कुशबाट निर्मित भगवान् श्रीहरिको प्रतिमाको पूजा गरिन्छ। व्रत सम्पादन गर्ने व्यक्तिले चामलको एक पाथी पिठोबाट तैयार गरिएका रोटीहरु भगवानलाई अर्पण गरी पूजाको समाप्तिपछि त्यस नैवेद्यको आधा भाग ब्राह्मणलाई दान गर्नुपर्दछ भने बाँकी आधा भाग स्वयं आँफैले उपयोग गर्नुपर्दछ।
==व्रतविधि==
यस दिन व्रत सम्पादन गर्ने व्यक्तिले प्रात:कालमा स्नानादि नित्यकर्महरुबाट निवृत्त भएर कलशको स्थापना गर्नुपर्दछ। कलशमाथि एउटा थाली राखी अष्टदल कमलको रचना गरी त्यसको केन्द्रमा कुशबाट निर्मित अनन्त भगवान विष्णुको प्रतिमा स्थापना गर्नुपर्दछ। यस पछि कुङ्कुम, केसरी वा बेसारबाट रंगाएर बनाएको काँचो धागोबाट १४ ग्रन्थियुक्त 'अनन्त'को निर्माण गरी स्थापना गर्नुपर्दछ। त्यसपछि '''ॐ अनन्तायनम:''' यस मन्त्रले भगवान् विष्णु तथा अनंतसूत्रको षोडशोपचार-विधिले पूजा गर्नुपर्दछ। यो व्रत नदीको तटमा गर्नुपर्दछ र पूजाको समाप्तिपछि भगवान् हरिका कथाहरु सुन्ने गर्नुपर्दछ। भगवान् हरिलाई यसरी प्रार्थना गर्नुपर्दछ :-
Line ९ ⟶ ११:
यस मन्त्रले हरिको पूजा गरेर तथा आफ्नो हातको माथिल्लो भागमा(पाखुरामा) वा गलामा मन्त्रोच्चारणपूर्वक अनन्त भनी प्रतिष्ठा गरिएको धागो बाँधेर वा झुन्ड्याएर व्रत सम्पादन गर्ने व्यक्तिले अनन्त चतुर्दशीको व्रत समापन गरी प्रसन्नता प्राप्त गर्ने चलन विश्वास छ। यस धागोमा अनन्तले भगवान् हरिको र सूत्रमा विद्यमान चौधवटा गाँठाले हरिद्वारा उत्पन्न १४ वटा स्वर्गादि लोकहरुको द्योतन गर्दछन्। पूजाको अन्त्यमा अनन्त भगवानको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ। <ref>प्रार्थना गर्ने मन्त्र : '''अनन्तं विप्रवर्गञ्च तथा कुङ्कुमवर्णकम् । फणासहस्रसंयुक्तं तं देवं प्रणमाम्यहम् ।। सदा भूयात् प्रसन्नो मे भक्तानामभयङ्कर:॥"</ref> यो व्रत लिने व्यक्तिले अलिनो भोजन ग्रहण गर्नुपर्दछ।'''
 
हेमाद्रिमा<ref>हेमाद्रि, व्रतखण्ड, भाग २, पृ0 २६-३६</ref> अनन्त व्रतको विवरण विशद रूपले प्रस्तुत गरिएको छ, त्यसमा कृष्णद्वारा युधिष्ठिरलाई बताइएको कौण्डिन्य ऋषि र तिनकी पत्नी शीलाको गाथा वर्णित छ। भगवान् श्रीकृष्णको कथन छ - 'अनन्त' उनका रूपहरुमध्ये एउटा रूप हो, जसलाई काल भनिन्छ। अनन्त चतुर्दशीको व्रत धुप, दीप, चन्दन, अक्षता, पुष्प, नैवेद्यादि उपचारहरुका माध्यमले सम्पादन गरिन्छ। यस व्रतको महात्म्य उल्लेख गर्दै के भनिएको छ भने<ref> हेर्नोस् - वर्षक्रियाकौमुदी (पृ० ३२४-३३९), तिथितत्त्व (पृ० १२३),>कालनिर्णय (पृ० २७९), व्रतार्क आदि</ref> यदि यस व्रतलाई १४ वर्षसम्म लिने हो भने व्रत सम्पादन गर्ने व्यक्तिले सजिलै विष्णुलोक प्राप्त गर्न सक्दछ।<ref> हेमाद्रि, व्रत, भाग २, पृ० ३५</ref> यस व्रतलाई सम्पादन गर्ने सन्दर्भमा उपयुक्त तिथि र दिन निर्धारणका विषयमा मतमतान्तर छन्। माधव<ref>कालनिर्णय २७९</ref> का मतमा यो व्रत मध्याह्नकालमा सम्पादन नगरेर सूर्योदयबाट गणना गरी प्रातःकालमा तीन मुहर्तसम्म अनन्त व्रतका लागि सर्वोत्तम मानिन्छ। तर निर्णयसिन्धुले<ref> निर्णयसिन्धु पृ० १४२</ref> यस मतको खण्डन गरेको छ। यसमा उदय तिथिको प्रयोग नै उपयोगी मानिन्छ र मध्याह्नकालसम्म चतुर्दशी तिथि हुँदा अझ राम्रो मानिन्छ।
 
==कथा==
Line १८ ⟶ २०:
==स्रोत==
<references>
 
{{Uncategorized|date={{subst:CURRENTMONTHNAME}} {{subst:CURRENTYEAR}}}}