"ली कुआन यु" का संशोधनहरू बिचको अन्तर

सा maintenance
सा maintenance, replaced: आˆनो → आफ्नो (3)
पङ्क्ति ८:
[[File:Lee Kuan Yew.jpg|thumb]]
 
पूर्व, पश्चिम तथा दक्षिणतिर अवस्थित विशाल निकटतम छिमेकी राष्ट्र इन्डोनेसिया र उत्तर पश्चिमपट्टकिो अर्को निकटतम विशाल छिमेकी राष्ट्र मलेसियाको बीचमा रहेको यो सानो मुलुकको अवस्थिति हेर्दा पूर्व, पश्चिम र दक्षिणतिरको विशाल छिमेकी राष्ट्र भारत र उत्तरतिर अवस्थित नेपालको अवस्थितिसाग लगभग मिल्दोजुल्दो छ । काठमाडौा र ललितपुर जिल्लाको क्षेत्रफल जोड्दा हुने क्षेत्रफलभन्दा सानो अर्थात् ५७० वर्ग किलोमिटर क्षेत्रफल भएको यो सानो राष्ट्र जुन विश्वका कतिपय मुलुकका राजधानी सहरभन्दा सानो छ त्यसको प्रतिव्यक्ति आय एसियामा जापानपछि पहिलो छ ।वैदेशिक परिवत्र्य मुद्रामा समेत आˆनोआफ्नो मुद्रा पुर्‍याउन सफल सिङ्गापुर तुलनात्मक रूपमा अत्यधिक साधनस्रोत भएका आˆनै दुई छिमेकी राष्ट्र मलेसिया र इन्डोनेसियालाई समेत विकासका धेरै कुरामा उछिन्न सफल भएको छ ।
 
पढाइमा सधैा उम्दा रहेका ली कानुनको अध्ययन समाप्त गरी स्वदेश फर्किएर वकालत गर्न थाले । यही समयमा उनी मजदूर युनियनका कानुनी सल्लाहकार पनि भए । सन् १९५४ मा उनकै पहलमा पिपुल्स एक्सन पार्टी नामक राजनैतिक संगठन खडा भयो । उनी त्यसका महासचिव चुनिए र सन् १९९२ सम्म महासचिव पदमा कायम रहे । सन् १९५५ मा उनी सिङ्गापुर विधानसभाको सदस्यमा चुनिए । सन् १९५९ मा स्वशासित सरकारका प्रधानमन्त्री बनेका ली सन् १९६३ को सेप्टेम्बरदेखि मलेसियाको एउटा प्रदेशको रूपमा सिङ्गापुर रहादा पनि सिङ्गापुरको प्रधानमन्त्री थिए र सन् १९९० सम्म अर्थात् ३१ वर्षसम्म उनी लगातार प्रधानमन्त्री पदमा रहे । सन् १९६५ मा सिङ्गापुर स्वतन्त्र सार्वभौम राष्ट्रको रूपमा स्थापित भयो ।
पङ्क्ति २८:
देश विकासको पहिलो पक्ष त अधिकारवाला नै हो- तिनले कस्तो र कसरी निर्णय गर्छन्, दोश्रो जनता हुन् अधिकारवालाका निर्णयलाई तिनले कसरी बुझ्छन् र लिन्छन्, तेस्रो छिमेकी मित्र हुन्- तिनका प्रवृत्ति कस्ता छन् भन्ने बुझेका लीले त्यस्ता नोकर शाह चाहन्थे जसले जनताप्रतिको सरकारको प्रतिबद्धता पूरा गर्न सहयोग गरोस् । अनावश्यकरूपमा नोकरशाहलाई चोट पुर्‍याउने र दोषारोपण गर्ने कार्य गर्नु हुादैन । सक्षम, इमानदार र लगनशीललाई प्रोत्साहन र पुरस्कार दिने गर्नुपर्दछ भन्ने दृष्टिकोण भएकाले लीलाई तिनका विश्वास प्राप्त भयो अनि देश र जनताका भलाइका काम गर्न कठिन भएन । त्यसैगरी छिमेकीसागको सम्बन्ध सुमधुर बनाउन पनि सिङ्गापुरलाई गाहारो परेन । लीको कुशल नेतृत्वकै कारण उपस्थिति हाकको सामना गर्न र तिनका प्रवृत्ति र नीतिमा आधारभूत परिवर्तन गर्न त्यो देश सफल भयो । फलस्वरूप बजेट सन्तुलनमा राख्न गाहारो भएन र बजेट घाटा व्यहोर्नु परेन ।
 
मन्त्री, सचिव तथा आˆना सभासद्हरूलाई शक्तिको उन्मादमा नपर्न र शक्तिको दुरुपयोग नगर्न उनी कडा चेतावनी दिन्थे । त्यसैगरी सामाजिक समारोहमा मन्त्रीहरू उपस्थित नहुने कडा निर्णय थियो । सहरको सरसफाइ गर्न जनता तथा मन्त्रीसमेतलाई परिचालित गर्ने मात्र हैन उनी आफैा पनि सागै कुचो लिएर बढार्ने गर्थे । जनसेवाको लागि कडा परिश्रम गर्न र आˆनोआफ्नो सुकिलोपनको प्रभावमा नपर्न उनी कडा चेतावनी दिन्थे । जनचेतना विस्तार गर्न, सरसफाइ कायम गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जन उत्साह र संलग्नताका लागि उनी जनतालाई प्रोत्साहित गर्थे । वक्र्स बि्रगेड स्थापना गरेर बेरोजगार युवाहरूलाई अर्धसैनिक पोसाकमा छाउनीमा राखेर खेती सडक निर्माण, ईटा बनाउने तथा निर्माण कार्यको तालिम दिन लगाएका थिए । यसले गर्दा तिनमा अनुशासनमा रहने, मेहनत गर्ने बानी मात्र बसेन, सडकमा टल्लिएर हिाड्ने तिनका बानी समेत हरायो । उनकै नेतृत्व तथा दृष्टिकोण क्षमताले जुवा खेल्ने, लागू पदार्थ सेवन गर्ने, अश्लिल सिनेमा हेर्नर्, बहुपत्नी राख्ने, वेश्यालयमा छोरी पठाउने, भ्रष्टाचार गर्ने एवं नातावादमा रुमल्लिने बानीजस्ता गलत क्रियाकलाप सिङ्गापुर भूमिबाट हट्यो ।
 
भनाइ छ उनको कार्यकालमा भएको सिङ्गापुरको राजनैतिक स्थिरता, द्रुततर आर्थिक वृद्धि र त्यस वृद्धिले निम्त्याएको सम्पन्नता संयोग थिएन बरु उनको सक्षम तथा गतिशील नेतृत्व र आर्थिक नैतिका कारण थियो । उनका स्पष्ट दृष्टिकोण, सक्षम नेतृत्व, कार्यकुशलता, लगनशीलता, इमानदारी आदिका कारण उनी दक्षिणपूर्ण एसीयामा मात्र हैन सुदूर पूर्व तथा यूरोपमा समेत सम्मानित रूपमा हेरिन्छन् । भाषिक तथा जातीय विविधतायुक्त गरी देश सिङ्गापुरलाई सुखमय, शान्तिमय र समृद्धियुक्त बनाउने श्रेय ली कुआन युलाई जान्छ ।
 
सिङ्गापुर भ्रमणका बेला विभिन्न ठाउामा विभिन्न वर्गका मानिससाग यो लेखकको कुराकानी भयो । कुराकानीका क्रममा उनको विषयमा सोद्धा प्रत्येकको एउटै जवाफ थियो- ली आधुनिक सिङ्गापुरका जन्मदाता मात्र हैनन्, सारा सिङ्गापुरेका पिता हुन् । यसै सन्दर्भमा उल्लेख नगरी नहुने अर्को चाख लाग्दो कुरा छ । सन् १९९१ मा भियतनामी प्रधानमन्त्री भो भान किएटले सिङ्गापुर भ्रमणको क्रममा उनलाई भियतानामको आर्थिक सल्लाहकार बनिदिन प्रस्ताव गरेछन् । यद्यपि उनी त्यतिखेर प्रधानमन्त्री पदबाट हटिसकेका थिए उनले त्यो प्रस्ताव स्वीकार गरेनछन् बरु आफूले सक्दो सहयोग गर्ने बचन दिएछन् । उनकै सल्लाहअनुसार गरेको हुनाले भनिन्छ दस वर्ष भित्रमा भियतनाम आˆनोआफ्नो अर्थतन्त्रमा निकै ठूलो फड्को मार्न सफल भयो ।
 
उनले स्वेच्छाले प्रधानमन्त्री पद त्याग गरे पनि उनलाई मन्त्रिमण्डलबाट पृथक् बस्न दिइएन । तसर्थ उनी अहिले पनि मिनिष्टर मेन्टर।को पदमा आसिन छन् र उनको सल्लाह, निर्देशन तथा मार्ग दर्शन त्यहा आवश्यक ठानिएको छ । सिङ्गापुरको विकासले यति फड्को मारिरहेको छ कि आाकडाअनुसार २००७ को प्रतिव्यक्ति आय अमेरिकी मुद्रामा ४८,९०० डलर पुगेको छ ।
"https://ne.wikipedia.org/wiki/ली_कुआन_यु" बाट अनुप्रेषित