"राशि-चक्र" का संशोधनहरू बिचको अन्तर

सा maintenance, replaced: अंग्रेजी → अङ्ग्रेजी, ाा → ा
सा →‎राशि को विवरण: maintenance, replaced: आˆनो → आफ्नो (3)
पङ्क्ति ४८:
वृषः वृष राशि पृथ्वी तìव भएको, स्थिर स्वभावको, अन्तरिक्षको दोश्रो राशि हो जसको मालिक शुक्र ग्रह हो । ज्योतिष विज्ञानमा तìवको अत्यन्त गहिरो महìव छ । वृष राशिमा पृथ्वी तìव भन्नुको आशय वृष राशि भएका व्यक्तिहरू सहनशील, धैर्यवान् हुन्छन् । शुक्र ग्रह वृष राशिको मालिक हो जसले सुख, समृद्धि, धन, सम्पत्ति, वैभव जनाउँछ । फिलिम, मोडलिङ, फेसन, इन्टेरियर डिजाइनिङजस्ता ग्ल्यामरस क्षेत्र वृष राशिअन्तर्गत पर्दछन् । पर्यटन, कमर्स, वकालत, प्रशासनिक कार्यजस्ता क्षेत्रसँग सम्बन्धित वृष राशि भएका व्यक्तिको छिटोछिटो प्रगति हुन्छ ।
 
मिथुन : मिथुन वायु तìव प्रधान, तेस्रो राशि हो जसको स्वामी बुध ग्रह हो । बुध ग्रहको सम्बन्ध योग्यता, प्रज्ञा र मूलतः वाणीसँग हुन्छ । यो राशिका व्यक्तिहरू कुराकानीकै क्रममा पनि शब्द चयन गरेर बोल्दछन् । शब्दको उत्पत्ति अन्तरिक्षमा भएको मानिन्छ र शब्दलाई यात्रा गर्न वायुको आवश्यकता पर्दछ । मिथुन, वायु तìव प्रधान राशि भएकाले शब्दजाल बुन्न, गहिरो शब्दको अर्थ केलाउन अनि शब्दलाई खेलाउन यिनीहरू चतुर हुन्छ्न । मिथुन राशिसँग सम्बन्धित व्यक्तिहरू सञ्चार, इन्फर्मेसन टेक्नोलोजी, सˆटवेयर डिजाइनिङ, स्टक एक्सचेन्ज, वाणिज्य, व्यापारजस्ता क्षेत्रमा सजिलै आफूलाई स्थापित गर्न सक्छन् । आˆना कुरालाई स्पष्ट तरिकासँग राख्न सक्ने अनि अरूलाई पनि त्यसमै सहमत गराउन सक्ने विशेष गुण यिनमा हुन्छ । वाकपटु हुने भएकाले सहायक एवं सल्लाहकारको भूमिकामा सहजै भिज्न सक्छन् । लेखक साहित्यकार अथवा राजदूतको रूपमा यिनीहरूको भूमिका महìवपूर्ण हुन्छ । विवाद सुल्झाउन होस् अथवा आˆनोआफ्नो पक्षलाई मजबुत पार्न, तर्कको माध्यमबाट यिनीहरूलाई प्रशस्त गर्न अत्यन्त कठिन हुन्छ ।
 
कर्कटः अन्तरिक्षको चोथो राशि कर्कट, जल तìव प्रधान राशि हो जसको स्वामी चन्द्रमा हो । चन्द्रमाको सम्बन्ध मनसँग हुन्छ र मनबाटै विचारहरू उत्पन्न हुन्छन् । तसर्थ विचारप्रधान पेसाहरू जस्तै कला, पेन्टिङ, अभिनय, राजनीति, सल्लाहकार, वकालत आदि कर्कट राशि भएका व्यक्तिहरूले सजिलै आˆनोआफ्नो वर्चस्व बनाउने दक्षता राख्छन् । जल तìव प्रधान राशि भएकोले पनि यिनीहरू जलसँग सम्बन्धित कुनै पनि पेसा जस्तै गोताखोर, जलसेना, मराइन इन्जिनियरिङ, पौडीबाज, तेल प्रशोधन आदि क्षेत्रमा दिन, दुगुना, रात चौगुना प्रगति गर्दछन् । व्यापार, वाणिज्य, खेतीपाती, पशुपालन, डेयरी प्रोडक्टस र प्रशासनिक काममा यिनीहरूको कार्यकुशलता प्रशंसा योग्य हुन्छ ।
 
सिंह : अग्नि तìव प्रधान राशि सिंहको मालिक सूर्य हो । सूर्य भनेकै ऊर्जा अथवा अग्निको श्रोत हो । सिंह राशि भएका व्यक्तिहरूको प्रमुख गुण भनेको वैचारिक स्थिरता नै हो । यिनीहरू जब आˆनोआफ्नो लागि कुनै मार्ग लिन्छन् वा केही कुरा गर्ने अठोट गर्छन् तब तिनीहरू त्यो काम पूरा शक्ति लगाएर गर्छन् । प्रशासनिक कार्य, नेतृत्व लिने काम मेडिकल, प्यारामेडिकल फिल्ड, रिसर्च अनि अध्यात्म आदि क्षेत्रमा यिनीहरूलाई स्थापित हुन समय लाग्दैन । सेना, प्रहरी, गुप्तचर, सुरक्षा, सङ्गठन, उद्योग, व्यवस्थापन, ज्योतिषजस्ता क्षेत्रमा पनि सिंह राशि भएका व्यक्तिले खुबै नाम कमाउँछन् ।
 
कन्या : अन्तरिक्षको छैँटौँ राशि कन्या पनि पृथ्वी तìव प्रधान राशि हो । बुध ग्रह यसको मालिक हो । बुध ग्रहले बुद्धि, विवेक र तर्कलाई अगाडि राख्छ । त्यसैले कन्या राशि भएका मानिसहरू बुद्धि र तर्कको सहायताले अरूलाई वशमा पार्छन् । यिनीहरू हरेक कार्य बुद्धि लगाएर चतुर्‍याइपूर्वक सम्पन्न गर्दछन् । व्यापार, व्यवसाय, वाणिज्य, लेखन, साहित्य, कला अनि सबै खाले प्राविधिक पेसामा कन्या राशि भएका व्यक्तिहरूले आफूलाई स्थापित गरेको पाइन्छ । साथै यिनीहरू कम्युनिकेशन अफिसर, वकिल, सल्लाहकार, शिक्षक, प्राध्यापक आदिको रूपमा निकै नै जम्दछन् । पृथ्वी तìव प्रधान राशि भएकाले यिनीहरूमा सहनशीलता, लज्जा गहनाकै रूपमा हेर्न पाइन्छ ।
"https://ne.wikipedia.org/wiki/राशि-चक्र" बाट अनुप्रेषित