"नौमती बाजा" का संशोधनहरू बिचको अन्तर

सा
maintenance, replaced: आˆनो → आफ्नो
सा (maintenance, removed stub tag)
सा (maintenance, replaced: आˆनो → आफ्नो)
ठूलो दमाहाकै आकारको तर त्योभन्दा सानो दमाहा नौमति बाजाको अर्को आकर्षण हो जसलाई बाउँताल पनि भनिन्छ । ठूलो दमाहाको तुलनामा यसको धन्काई पनि कम हुन्छ त्यसैले यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ । यसैगरी ठोकेर बजाइने नौमतिको अर्को बाजा हो ढोलक जोझण्डै डेढफिट लामो काठ र छालाले बनेको हुन्छ । एकातिर औँला र हत्केलाले र अर्कातिर काठको डुँडीले ठोकेर यो बाजा बजाइन्छ । यसमा मादलमाझँै खरी लगाइएको हुँदैन । नौमति अन्तर्गतको ताल दिने अर्को बाजा हो ट्याम्को जसको बनावट झण्डै झण्डै सानो दमाहाजस्तै हुन्छ । यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ । सनईका स्वरबाट सूर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ र अरू बजाहरू बज्न थाल्छन् । यसरी ट्याम्को र सानो दमाहा एक अर्काका पूरक बाजाहरू हुन् । कहिलेकाहींँबाजा र बाद्यबादकहरूको कमीमा कुनै एकको अभावमा पनि नौमतिबाजा बज्ने गर्दछ ।
 
सनईको सूरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन् । त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मीठाससँगै झ्याईंझ्याईं गर्दै बज्ने बाजाको नाम हो झ्याम्टा जसलाई झ्याली पनि भनिन्छ । काँशका दुई थालहरू जस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एक आपसमा जुधाएर काँशे रन्को निकालिन्छ । यसैगरी नौमतिका अर्को प्रमुख बाजा हो नरसिङ्गा । संस्कृत शब्द नरश्रृङ्गको अपभ्रङ्स भई बनेको शब्द नरसिङ्गा नर (मानिस) ले आˆनोआफ्नो टाउकोमाथि सिङ्जस्तो ठाडो मारेर बजाउने भएकाले यसका नाम नरसिङ्गा रहेको हुनसक्छ । फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो ठूलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठूलो हुन्छ । तामाले बनेको यो बाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ । नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ । पशुको सिङ्ग आकारको यो बाजा यसमा पारङ्गत थोरैले मात्र बजाउन सक्दछन् । बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ । तामाले बनेको कर्नाल बाजा लामाले प्रयोग गर्ने लामा जस्तै हुन्छ तर फुकाइ फरक हुन्छ । कर्नाललाई पनि नरसिङ्गालाईजस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ ।
 
===सम्बन्धित लेखहरू===
३२,२५५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/171484" बाट अनुप्रेषित