"कौडा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, added orphan tag
सा maintenance, replaced: आˆनो → आफ्नो
पङ्क्ति ४:
संसारमा कौडीको अस्तित्व कहिले प्रकाशमा आयो ? यो भन्न मुस्किल छ । प्राचीन कालदेखि नै मानिसको साथ यसको घनिष्ट सम्बन्ध रहँदै आएको छ । कौडी हाम्रो धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ । मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ । यसले सजावट गर्ने गरिन्छ भने शृङ्गार पनि गर्ने गरिन्छ तर यसको सर्वाधिक उपयोग विनियम प्रणाली (लेनदेन) लाई सजिलो बनाउनका लागि गर्ने गरियो । यही कारण हो कि संसारभरिमा जहाँ जहाँ ऐतिहासिक उत्खनन भएको छ, त्यहाँ कौडीहरू अवश्य पाइएको छ ।
 
प्राचीनकालदेखि नै कौडी सिक्काको रूपमा चलिरहृयो । एक समय यस्तो थियो, जब विनिमयका लागि मुद्राको रूपमा कौडी नै प्रचलित थियो । प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्त्व थियो । त्यस समयमा पूरै संसारका व्यवसायमा कौडीहरूको प्रयोग मुद्राको रूपमा गर्ने गरिन्थ्यो । यसको सबैभन्दा ठूलो प्रमाण छ कि कौडीको स्थानमा धातुको सिक्का चलेर पनि मुद्राको रूपमा कौडीको अस्तित्व केही समयसम्म रहिरहृयो । अफ्रि[http://%20%20%20http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=43217&cat_id=22 http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=43217&cat_id=22] काको धेरै जस्तो भागहरूमा १९ औँ शताब्दीको मध्यसम्म कौडी प्रमुख मुद्रा थियो । त्यहाँका राजा 'क्युरियामा' को वाषिर्क आय ३ करोड कौडी थियो । नास्सावामाका राजाले आˆनोआफ्नो जमीन एक अपि|mकी कम्पनीलाई ३ लाख कौडीमा दिएका थिए । सन् १८६० मा त्यहाँ ५ कौडीले एउटा अण्डा र ३० कोसा केरा पाइन्थ्यो । त्यहाँका 'इभ' जनजातिका मानिसहरू लासलाई माटोमा गाड्दा साथसाथ कौडीहरूले ढाकिदिन्थे, ताकि मृतक कसैको भएमा त्यसले उक्त कौडीहरूबाट असुल गर्ने गरिन्छ भन्ने धारणा छ । यस्तै मिश्रमा मृतकको आँखाको ठाउँमा कौडी लगाइदिने गरिन्छ, किनभने कौडी खुल्ला आँखा जस्तै देखिने भएको हुनाले मिश्रबासीहरूको विश्वास छ कि मृतकको आँखामा कौडी राख्नाले दुष्ट आत्माहरू भाग्दछ ।
 
मिश्र, ग्रीस आदि देशहरूमा पूजा, प्रसाधन र शृङ्खलाका कायहरूमा कौडीको प्रयोग बढी मात्रामा हुने गर्दछ । यहाँ विशेषगरी धार्मिक अनुष्ठानहरू एवं जादू टुनामुना आदिमा प्रयोग हुनेगर्दछ । साइप्रसमा कामदेवता 'एप|mोडाइट' को मन्दिरमा कौडीलाई नै पूजा गर्ने गरिँदै आइरहेका छन् । सुडानका आइमाईहरू धेरै सन्तान पाउने इच्छाले कम्मरमा कौडीको जोडी बाँध्ने चलन रहिआएको छ ।
"https://ne.wikipedia.org/wiki/कौडा" बाट अनुप्रेषित