"आगन्तुक चरा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा maintenance, replaced: ्ा → ा (3) |
सा maintenance, replaced: आˆनो → आफ्नो (3) |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
नेपालमा बर्सेनी प्रायः एक सय ५० प्रजातिका पर्यटक चराको आगमन हुन्छ । बसाइँ सराई सूचकका रूपमा पनि हेरिइने हाँसका ३४ प्रजातिमध्ये ३० प्रजाति उत्तरी एसियाको साइबेरियालगायतका विभिन्न भागबाट हिउँदे याममा जाडो छल्न यहाँ आउँछन् । उत्तरी ध्रुवमा हिमपातको प्रारम्भसँगै सुरक्षित वासस्थान र चरन खोज्दै रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान क्षेत्रका चराका विविध प्रजातिले नेपाललाई
तराईका समथर जमिनदेखि सगरमाथाजस्तो उचाइका भौगोलिक तथा मौसमी विविधताका कारण प्रजाति र सङ्ख्याका दृष्टिले पनि उल्लेख्य रूपमा नेपाल आउने पर्यटक चराहरू हिमाल, पहाड तथा तराईमा छरिएर बसेका छन् । यसरी बसाइँ सरेर हिउँदमा आउने पर्यटक चराहरूले प्रायः पाूर्वको कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, जगदीशपुर ताल तथा घोडाघोडी ताललगायतका क्षेत्रमा
गत भदौमा जगदीशपुर ताल क्षेत्रमा देखिएको 'गि्रन स्याण्डपिपर' र 'कमन गि्रन स्याङ्क' नामक चराहरूको आगमनसँगसँगै पर्यटक चराको चालु 'सिजन' प्रारम्भ भएको थियो । असोजको पहिलो सातामा जीवल फिस्टो, लालकण्ठे, झेकझेक भ|mयाप्सी, खैरो भद्राई, मोटोठाँडे, ट्याकट्याके आदि प्रजातिका चरा तराईका सीमसार क्षेत्रमा पुगिसकेका थिए भने असोजको देास्रो सातादेखि बाज र चील जस्ता मांसाहारी प्रजाति चीन, कोरिया, रूस र साइबेरियाबाट भित्रिएका छन् । सोही बखत विश्वमै शरीरको तुलनामा सबैभन्दा लामो खुट्टा भएको घुमन्ते चरा प्रवालवाद पनि भित्रिएको थियो । चराका सबैभन्दा धेरै प्रजाति कात्तिकमा भित्रिने गरेका छन् । नेपाल आएका पर्यटक चरामध्ये हाँस, चाँचर, साना फिस्टा, अर्जुनक प्रजातिको सङ्ख्या अत्यधिक छ भने धिप्सी, मांसाहारी चरा तथा जलरङ्कको सङ्ख्या पनि प्रशस्त छ ।
पङ्क्ति ९:
भदौ मध्यदेखि पुस मध्यसम्ममा नेपाल आउने क्रम जारी राख्ने पर्यटक चराहरूले फागुन मध्यदेखि स्थायी ठाउँमा फर्किने क्रम सुरू गरी चैतसम्ममा प्रायःजसो प्रजातिले नेपाल छाडिसक्छन् । बच्चा कोरल्न र हुर्काउन बाँकी रहेका केही प्रजाति पनि गर्मीको प्रारम्भसँगसँगै र्फकन्छन् । असोजदेखि चैतसम्मको अवधिलाई पर्यटक चराको मुख्य 'सिजन' को रूपमा लिइन्छ ।
विश्वमै दुर्लभ मानिने कश्मिरी अर्जुनक नामक चरा गत वर्ष चैतदेखि कोसी टप्पु वन्यजन्तु आरक्षमा देखिन थाल्नु, पछिल्ला केही वर्षदेखि आवासीय चराका रूपमा स्थापित हरिहाँसले यस वर्षदेखि घोडाघोडी तालक्षेत्रलाई पनि
तर, दस वर्षअघिसम्म नेपाली भूभागको २० प्रतिशत रहेको घाँसे मैदान हाल ४ प्रतिशतको हाराहारीमा साँघुरिनु, जलक्षेत्रहरूमा विषादीको प्रयोग हुनु, पानीको स्रोत घट्दै जानु, तालतलैया सुक्दै जानु तथा २०६५ साल भदौ २ गतेको बाढीबाट कोसी नदीको तटबन्ध क्षतविक्षत हुनुलगायतका कारणबाट चराको बासस्थान र आहारलाई प्रभावित तुल्याएका छन् भने कतिपय दुर्लभ प्रजातिका चरा देखिन छाडेका छन् । चराको राजधानी मानिने कोसीटप्पु वन्यजन्तु आरक्षमा प्रायः १५ हजारको सङ्ख्यामा देखिने हाँसका ठूला बथानको आकार पछिल्ला दिनमा एक तिहाइ बढीले नै घटेको छ । त्यस्तै आगन्तुक चराको वासस्थान र आहारका लागि सुरक्षित मानिएका आरक्षित, संरक्षित एवं मध्यवर्तीका वनजङ्गल, सीमसार क्षेत्रहरूमा प्रतिदिन खतरा बढ्दो छ । यसरी अस्तित्व नै सङ्कटमा परेका, लोपोन्मुख तथा दुर्लभ चराका संरक्षण र सम्बर्द्धनलगायतका उद्देश्यले विगत एक दशकदेखि प्रत्येक वर्ष फेब्रुअरी २ मा चरा महोत्सव मनाइँदै आएको छ ।
|