"इन्द्रबहादुर राई" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
[[आज रमिता छ]],[[विपना कतिपय]],[[कठपुतलीको मन]],[[कथास्था]], [[आयामेली]] [[लीला]] [[लेखन]], सँग सम्बद्ध ।
 
वि.सं.१९८४ साल माघ १७ गते दार्जिलिङको बालासन खोलाको बगरमा जन्मिनुभएका इन्द्रबहादुर राई आफ्नो जन्मका सम्बन्धमा भन्नुहुन्छ- :"मेरा बाबुआमा उक्त खोलाको पुल निर्माणको काममा खटिरहेका बेला त्यहीँ बगरमा जन्मिएको अरे" | तरनिम्न आय भएको परिवार मा जन्मे पनि उहाँको शिक्षादीक्षामा भने कुनै कमी हुन पाएन । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएपछि प्राध्यापनमा लाग्नुभयो । पहिलो सङ्ग्रहका रूपमा विपना कतिपय ई.सन्. १९६१ मा आएको हो । उपन्यास चाहिँ ई.सन् १९५८ मै लेखिसिध्याएको भएता पनि तर प्रकाशित हुँदा भने ई.सं. १९६४ पुग्यो । यिनै कृतिले राई लाई चिनाए ।
 
उहाँ आफूलाई प्रभाव पारेका लेखक र कृतिका सम्बन्धमा भन्नुहुन्छ- " मैले त्यसबेला पढेको कितावमा ई.सन् १८६५ मा प्रकाशित माथ्यु आर्नोल्डको 'एसेज इन क्रिटिसिज्म' थियो र त्यसले धेरै प्रभाव पार्‍यो । त्यहाँ गेटेको बारेमा लेख्दा-जीवन र जगत् भन्ने शब्दहरू लेखिएका पाएँ र यसैलाई अहिलेसम्म लेख्ने कोसिसमा छु । अध्ययन गर्दैजाँदा आफ्नो बाटो आफैँ बन्दै जाँदोरहेछ । जीवन र जगत्लाई पढेर लेख्दैगर्दा प्रेमचन्द्र, रवीन्द्रनाथहरू पनि पढिए । त्यसपछि अर्को सजिलो पुस्तक भेटेँ-समरसेट ममको । तीन ठेलीको उक्त कृतिमा एक ठेलीमा सय कथा थिए । त्यही ठेलीको प्रभावबाट विपना कतिपय लेखेँ बीस दिनमा ।"
 
लीलालेखनको प्रथम आधारकृतिका रूपमा उहाँको 'कठपुतलीको मन' कथासङ्ग्रहलाई लिइन्छ । अहिलेका उत्तरआधुनिकतावादीहरूले पनि यसैलाई नै उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानेका छन् । 'नेपाली उपन्यासका आधारहरू' समालोचना कृतिका लागि सन् १९७५ को 'साहित्य अकादमी पुरस्कार' नै प्राप्त गर्नुभएको थियो उहाँले । कथा, उपन्यास, समालोचना, निबन्ध र सम्पादनका बेजोड शिल्पकार राई ८४ वर्षकोवर्ष (वि सं २०६८) को उमेरमा पनि निरन्तर साहित्य साधनामै हुनुहुन्छ । आफ्नो लेखनका सम्बन्धमा उहाँ भन्नुहुन्छ- लेखुँला वा लेख्नुपर्छ जस्तो त अनेकथोक लाग्दछन् । उपन्यास एउटा मात्र लेखियो, अझ एउटासम्म लेख्नपर्नेझैँ लाग्छ । समालोचना लेखनमा सबैको सहमति पाउनसक्ने नयाँ नेपाली समालोचना पद्धति तयार गर्नुपर्ने पनि लाग्छ । एउटा नाटक पनि लेख्न मन छ । धेरै बाटा हिँड्न चाहेर पनि हिँड्नुपर्छ एउटै बाटो र परिस्थितिले जे लेखाउँछ, त्यही लेख्ने काम हुँदोरहेछ ।
 
उहाँका सबै कृतिहरू पाठकले अब्बल ठहर्‍याएका छन् । अहिले भर्खरै पनि उहाँका छानिएका प्रतिनिधि कथाहरूको सङ्ग्रह निस्किएको छ नेपालबाटै । लेखकलाई त झन् आफ्ना सन्तान सबै बराबरी नै लाग्छन् तर पनि रोज्नैपर्दा लेखकले एउटालाई रोज्छ नै । उहाँ पनि पाठकीय मूल्याङ्कनलाई पछ्याउँदै भन्नुहुन्छ-पि्रय कृति यही नै एक हो भन्न मलाई गाह्रो लाग्छ । बरू पाठकले कुन कृतिलाई धेरै रुचाएको देखियो, त्यताबाट उत्तर गर्न सजिलो होला । उता भारततर्फकाले 'दार्जिलिङमा नेपाली नाटकको अर्धशताब्दी' कृतिलाई धेरै रुचाएको पाइयो । यता नेपालतर्फ आउँदा क्याम्पसका प्राध्यापकहरूसँग कुराकानी हुँदा समालोचनाका पुस्तक ज्यादा रुचाएको पाइयो ।