"बिदुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा →‎जनसङ्ख्या: maintenance, replaced: ाा → ा, ाे → ो
→‎जनसङ्ख्या: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: सिपाहि → सिपाही
पङ्क्ति ३२:
गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपूर्ण मार्गका रुपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ । जुन मागृ भएर गोरखाली सेनाहरु महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोलीगÝा खरिद जस्ता व्यापक तयारीले लडाईंलाइ सफल तुल्याएको देखिन्छ । नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए ।
 
बडामहाराजद्वारा ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाए । पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुइ तल्ला भत्किएर साततले मात्र हुन पुगेको थियो । पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरुले पाँच तल्ला र र्सवसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए तर उपत्यकाका मल्ला राजाहरुको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन । स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रुपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रुपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो । साततले रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दिका लागि थुन्ने खोरका साथे दरबारको वास्तुकलालाई लिईन्छ । यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो । साथै उत्तर पर्ूव कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो । यसको पुनः निर्माणतर्फसरकारले चासो राखेको देखिदैन । मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रुपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुर जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाहिसिपाही जात्रा, रोपाइ जात्रा, [[टाकटुके जात्रा]] र लाखे जात्रा आदि प्रमुख मानिन्छ । यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरु पनि यहाँ नभएका हैनन् । गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरणसँगसँगै केही साँस्कृतिक परम्पराहरु लोप हुदै गएका छन् । जुन दुःख लाग्दो विषय हो । मल्लकालमा उपत्याकाबाट बसाँइ सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाण्डौको जस्तै इन्द्रचोक, ब्रहृमटोल, भूटोल आदि राखेका थिए । जुन अद्यपि कायम छ । यी नेवार जातिमध्ये कतिपय साततले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ ।
 
नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गउको ऐतिहासिक अनुश्रुति रहेको छ । नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ । नेपाल अधिराज्यको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पर्वी देशान्तरसम्मको फैलावटमा रहेको छ । समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ । जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ ।