"खरायो" का संशोधनहरू बिचको अन्तर

→‎शारीरिक विषेशता तथा बनावट: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: सुचना → सूच using AWB (7794)
सा maintenance, replaced: अंग्रेजी → अङ्ग्रेजी (2)
पङ्क्ति १:
[[File:खरायो.jpg|thumb|150px|left|<center><font size="+2" color="red">'''खरायो''']]</font>
 
'''खरायो''' स्तनधारी चारखुट्टे जनावर हो । ढाडमा हाडहुने जनावरहरूको [[:en:Leporidae|Leporidae]] परिवारको [[:en:Lagomorpha|Lagomorpha]] वर्गमा पर्ने यो जनावर घरपालुवा र जंगली दुबै अवस्थामा पाइन्छ । खरायो बिशेषगरी मासु र ऊनका लागि विश्वका धेरै ठॉऊमा पालिने गरिन्छ । केही ठॉऊमा यसलाई सौखको रूपमा पनि पाल्ने गरिन्छ । '''Leporidae''' परिवारका युरोपियन खरायो [[:en:Oryctolagus cuniculus|(Oryctolagus cuniculus)]],[[:en:Sylvilagus|Sylvilagus]] वर्गमा पर्ने [[:en:cottontail rabbits|'''cottontail rabbits''']] का १३ प्रजातिहरू र जापानको [[:en:Amami Ōshima|Amami Ōshima]]मा पाइने लोपोन्मुख अमामी खरायो [[:en:Pentalagus furnessi|(Pentalagus furnessi)]] लगायतका सात प्रजातिहरू खरायोको रूपमा चिनिन्छन् । यसका अलावा खरायोका अन्य प्रजातिहरू पनि छन्, जङ्गली खरायोका केही प्रजातिहरू र उत्तर अमेरिकी पहाडहरू तथा पूर्वी युरोप र एशियामा पाइने [[:en:Pika|''Pikas'']]हरू पनि '''Lagomorpha''' वर्गमा नै पर्छन् । खरायोको भालेलाई अंग्रेजीमाअङ्ग्रेजीमा '''Buck''', पोथीलाई '''Doe''' र बच्चालाई '''Kit''' भनिन्छ ।
 
==वासस्थान==
 
[[File:Rabbit burrow entrance.jpg|150px|thumb| खरायो बस्ने दुलोको प्रवेशद्वार]]
खरायोहरू घाँसेमैदान, जङ्गल, झाडी, मरुभुमी तथा समथर भूभागहरूमा जताततै पाइन्छन् । यीनीहरू समुहमा बस्ने गर्दछन्, यो जनावरको प्रख्यात प्रजाति मध्ये एक युरोपियन खरायो जमिनमुनि दुलो बनाएर बस्छ । यस्ता खरायोका दुलाहरूको समुहलाई अंग्रेजीमाअङ्ग्रेजीमा '''warren''' भनिन्छ ।
विश्वभर पाइने खरायोहरू मध्ये करिब आधा भन्दाबढी खरायोहरू उत्तर अमेरिकामा बसोवास गर्दछन् । यसका अलावा यीनीहरू दक्षिणपूर्वी युरोप, दक्षिणपूर्वी एशिया, सुमात्रा, जापानका केही टापूहरू तथा अफ्रिका र दक्षिण अमेरिकाका केही भूभागहरूमा समेत यीनीहरूको उपस्थिति रहेको छ । हाल युरेशीयाका प्राय भूभागहरूमा केही जङ्गली खरायोहरू पाइए पनि यीनीहरू यो क्षेत्रका रैथाने जनावरहरू हैनन् । त्यस्तै दक्षिण अमेरिकामा पनि आधुनिककालको सुरुवात पश्चात भएको अमेरिकी महादेशबीचको आदान प्रदानसंगै खरायोहरू प्रवेशगरेका थिए । यस महादेशभरि प्रायजसो [[:en:tapeti|'''Tapeti''']] भनिने ब्राजिलियन खरायो मात्र पाइएपनि दक्षिण अमेरिकाको दक्षिणी भागमा कुनै पनि प्रजातिहरू प्राकृतिक अवस्थामा पाइदैनन् । खरायोहरू मध्ये युरोपियन खरायोहरू विश्वभर छरिएर रहेका छन् ।
 
"https://ne.wikipedia.org/wiki/खरायो" बाट अनुप्रेषित