"आगन्तुक च‍रा" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ेे → े
सा maintenance, replaced: ्ा → ा (3)
पङ्क्ति ३:
नेपालमा बर्सेनी प्रायः एक सय ५० प्रजातिका पर्यटक चराको आगमन हुन्छ । बसाइँ सराई सूचकका रूपमा पनि हेरिइने हाँसका ३४ प्रजातिमध्ये ३० प्रजाति उत्तरी एसियाको साइबेरियालगायतका विभिन्न भागबाट हिउँदे याममा जाडो छल्न यहाँ आउँछन् । उत्तरी ध्रुवमा हिमपातको प्रारम्भसँगै सुरक्षित वासस्थान र चरन खोज्दै रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान क्षेत्रका चराका विविध प्रजातिले नेपाललाई आˆनो भ्रमणको गन्तव्य बनाउँदै आएका छन् । 'रूख सुडसुडिया' र 'टिमटिमा' नामक जलचरा चीनको उत्तरी भूभागबाट नेपाल भित्रिने गर्छ भने युरोपेली, मङ्गोलियन, तिब्बती तथा कोरियाली चराहरू पनि बसाइँ सरेर आउँछन् । पर्यटक चराका करिब ५० प्रजाति त 'बाई पास' नेपाल हुँदै भारत, पाकिस्तान, श्रीलङ्कातिर जाने गर्छन् । बार हेडेड गुजर -खोया हाँस) नामक चराले त सर्वोच्च शिखर सगरमाथादेखि माथितिर हुँदै घुमफिर गर्छ ।
 
तराईका समथर जमिनदेखि सगरमाथाजस्तो उचाइका भौगोलिक तथा मौसमी विविधताका कारण प्रजाति र सङ्ख्याका दृष्टिले पनि उल्लेख्य रूपमा नेपाल आउने पर्यटक चराहरू हिमाल, पहाड तथा तराईमा छरिएर बसेका छन् । यसरी बसाइँ सरेर हिउँदमा आउने पर्यटक चराहरूले प्रायः प्ाूर्वकोपाूर्वको कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, जगदीशपुर ताल तथा घोडाघोडी ताललगायतका क्षेत्रमा आˆनो हिउँदे बास बिसाउँछन् । साथै शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण क्षेत्र, अरूणबरूण उपत्यका, लाङटाङ, गोसाइँकुण्ड आदि क्षेत्र पनि पर्यटक चराका लागि सुरक्षित वासस्थान हुन् भने कोसी, नारायणी र कणर्ालीकाकणरालीका सहायक नदीको छेउछाउ पनि चराका लागि घुमफिर र चरनयोग्य क्षेत्र मानिन्छन् । साथै, उक्त स्थलहरू चरा अवलोकनार्थ उपयुक्त गन्तव्य क्षेत्र पनि हुन् ।
 
गत भदौमा जगदीशपुर ताल क्षेत्रमा देखिएको 'गि्रन स्याण्डपिपर' र 'कमन गि्रन स्याङ्क' नामक चराहरूको आगमनसँगसँगै पर्यटक चराको चालु 'सिजन' प्रारम्भ भएको थियो । असोजको पहिलो सातामा जीवल फिस्टो, लालकण्ठे, झेकझेक भ|mयाप्सी, खैरो भद्राई, मोटोठाँडे, ट्याकट्याके आदि प्रजातिका चरा तराईका सीमसार क्षेत्रमा पुगिसकेका थिए भने असोजको देास्रो सातादेखि बाज र चील जस्ता मांसाहारी प्रजाति चीन, कोरिया, रूस र साइबेरियाबाट भित्रिएका छन् । सोही बखत विश्वमै शरीरको तुलनामा सबैभन्दा लामो खुट्टा भएको घुमन्ते चरा प्रवालवाद पनि भित्रिएको थियो । चराका सबैभन्दा धेरै प्रजाति कात्तिकमा भित्रिने गरेका छन् । नेपाल आएका पर्यटक चरामध्ये हाँस, चाँचर, साना फिस्टा, अर्जुनक प्रजातिको सङ्ख्या अत्यधिक छ भने धिप्सी, मांसाहारी चरा तथा जलरङ्कको सङ्ख्या पनि प्रशस्त छ ।
पङ्क्ति १५:
जलचरको बासस्थानमा सुधार, सीमसारको संरक्षण तथा वन्यजन्तुको चोरी सिकारीलाई न्यूनीकरण गर्ने उद्देश्यले वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गत सीमसार संरक्षण तथा सदुपयोग आयोजना सञ्चालन भएपश्चात चराचुरूङ्गीका बासस्थानका लागि कोसीटप्पु र घोडाघोडी तालक्षेत्रमा आएको सुधारसँगसँगै यी क्षेत्रमा चराको सङ्ख्यामा पनि वृद्धि हुन थालेको चराविद्हरूको धारणा छ ।
 
जैविक विविधताको संरक्षण एवं पर्यटन उद्योगको विकाससित पनि जोडेर हेर्नुपर्ने चराको संरक्षण कार्यमा स्थानीय जनसहभागिताको पनि उत्तिकै आवश्यक हुन्छ । पर्यटकीय क्षेत्र कास्कीको सिक्लेसबाट प्रारम्भ गरिएको देशव्यापी 'चरालाई चार' अभियान अन्तर्गत चराबारे जनचेतना, अभिलेखीकरण, प्रजनन केन्द्र स्थापना, आहारा र बासस्थानको खोजी कार्य प्रारम्भलाई चरापे्रमीहरूले पछिल्लो नमुनाका रूपमा लिएका छन् । साथै, चरा अवलोकनका क्रियाकलापलाई वृद्धि गरेर, देशका विभिन्न ठाउँमा गिद्ध रेष्टुरेन्ट चलाएर तथा चरा प्रजनन केन्द्र खोलेर, अनि बेलाबखतमा गुलेली जफत अभियान चलाएर पनि चरा बचाउका प्रयासहरू हुँदै आएका छन् । यस्ायसा प्रकारका कार्यक्रमको विकास हुने र तिनले निरन्तरता पाइरहने हो भने चरा अवलोकनका लागि नेपाललाई उत्कृष्ट आकर्षक गन्तव्यको नयाँ पहिचान बनाउन समय धेरै लाग्दैन पनि ।
 
पर्या-प्रणाली -इको-सिस्टम) को अभिन्न अङ्ग मानिन्ो चरा कहाँ, कस्तो प्रजातिको छ ? तिनको चरन र बासस्थान कस्तो छ ? तथा तिनको आनिबानीलगायतका दैनिकी बुझ्न चरा अवलोकन गरिन्छ । नेपालमा चरा हेर्नकै लागि भनेर पनि बाहृय 'बर्ड वाचर' पर्यटक आउने गर्छन् । आन्तरिक पर्यटकमा पनि चरा अवलोकनप्रतिको रूची प्रतिदिन बढ्दो छ । सफारी पर्यटनको आधारभूत कार्यक्रममा चरा अवलोकन राखिएकै हुन्छ भने सो चरा अवलोकनलाई बाहृय तथा आन्तरिक पर्यटकले रमाइलो तथा आनन्ददायक मान्ने गरेका छन् । चरा अवलोकनबाट प्राप्त अनुभव उनीहरूसँगै देश-विदेशमा समेत छरिने प्रचारप्रसारको अप्रत्यक्ष फाइदाले पनि चरा अवलोकन पर्यटनको प्रवर्द्धन भइरहेको छ ।<ref>पर्यटन उद्योगमा आगन्तुक चरा :आत्माराम खरेल गोरखापत्र दैनिक</ref>
"https://ne.wikipedia.org/wiki/आगन्तुक_च‍रा" बाट अनुप्रेषित