"अनन्त चतुर्दशी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३:
यस दिन व्रत सम्पादन गर्ने व्यक्तिले प्रात:कालमा स्नानादि नित्यकर्महरुबाट निवृत्त भएर कलशको स्थापना गर्नुपर्दछ। कलशमाथि एउटा थाली राखी अष्टदल कमलको रचना गरी त्यसको केन्द्रमा कुशबाट निर्मित अनन्त भगवान विष्णुको प्रतिमा स्थापना गर्नुपर्दछ। यस पछि कुङ्कुम, केसरी वा बेसारबाट रंगाएर बनाएको काँचो धागोबाट १४ ग्रन्थियुक्त 'अनन्त'को निर्माण गरी स्थापना गर्नुपर्दछ। त्यसपछि '''ॐ अनन्तायनम:''' यस मन्त्रले भगवान् विष्णु तथा अनंतसूत्रको षोडशोपचार-विधिले पूजा गर्नुपर्दछ। यो व्रत नदीको तटमा गर्नुपर्दछ र पूजाको समाप्तिपछि भगवान् हरिका कथाहरु सुन्ने गर्नुपर्दछ। भगवान् हरिलाई यसरी प्रार्थना गर्नुपर्दछ :-
 
'''हे वासुदेव, यस अनन्त संसाररूपी महासमुद्रमा डुबेका मानिसहरूको रक्षा गर्नुहवस् तथा तिनलाई अनन्तका रूपको ध्यान गर्नमा संलग्न गराउनुहवस्, अनन्तरूप भएका हजुरलाई नमस्कार।'''<ref>'''अनन्तसागरमहासमुद्रेमग्नान्समभ्युद्धर वासुदेव। अनंतरूपे विनियोजितात्मा ह्यनन्तरूपाय नमो नमस्ते॥''' अग्नि पुराण १९२/९</ref>
अनंतरूपे विनियोजितात्मा ह्यनन्तरूपाय नमो नमस्ते॥''' अग्नि पुराण १९२/९</ref>
 
यस मन्त्रले हरिको पूजा गरेर तथा आफ्नो हातको माथिल्लो भागमा(पाखुरामा) वा गलामा मन्त्रोच्चारणपूर्वक अनन्त भनी प्रतिष्ठा गरिएको धागो बाँधेर वा झुन्ड्याएर व्रत सम्पादन गर्ने व्यक्तिले अनन्त चतुर्दशीको व्रत समापन गरी प्रसन्नता प्राप्त गर्ने चलन विश्वास छ। यस धागोमा अनन्तले भगवान् हरिको र सूत्रमा विद्यमान चौधवटा गाँठाले हरिद्वारा उत्पन्न १४ वटा स्वर्गादि लोकहरुको द्योतन गर्दछन्। पूजाको अन्त्यमा अनन्त भगवानको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ। <ref>प्रार्थना गर्ने मन्त्र : '''अनन्तं विप्रवर्गञ्च तथा कुङ्कुमवर्णकम् । फणासहस्रसंयुक्तं तं देवं प्रणमाम्यहम् ।। सदा भूयात् प्रसन्नो मे भक्तानामभयङ्कर:॥"</ref> यो व्रत लिने व्यक्तिले अलिनो भोजन ग्रहण गर्नुपर्दछ।'''