"अनन्त चतुर्दशी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
अनंतरूपे विनियोजितात्मा ह्यनन्तरूपाय नमो नमस्ते॥''' अग्नि पुराण १९२/९</ref>
 
यस मन्त्रले हरिको पूजा गरेर तथा आफ्नो हातको माथिल्लो भागमा(पाखुरामा) वा गलामा मन्त्रोच्चारणपूर्वक अनन्त भनी प्रतिष्ठा गरिएको धागो बाँधेर वा झुन्ड्याएर व्रत सम्पादन गर्ने व्यक्तिले अनन्त चतुर्दशीको व्रत समापन गरी प्रसन्नता प्राप्त गर्ने चलन विश्वास छ। यस धागोमा अनन्तले भगवान् हरिको र सूत्रमा विद्यमान चौधवटा गाँठाले हरिद्वारा उत्पन्न १४ वटा स्वर्गादि लोकहरुको द्योतन गर्दछन्। पूजाको अन्त्यमा अनन्त भगवानको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ। <ref>प्रार्थना गर्ने मन्त्र :- '''अनन्तं विप्रवर्गञ्च तथा कुङ्कुमवर्णकम् । फणासहस्रसंयुक्तं तं देवं प्रणमाम्यहम् ।। सदा भूयात् प्रसन्नो मे भक्तानामभयङ्कर:॥"</ref> यो व्रत लिने व्यक्तिले अलिनो भोजन ग्रहण गर्नुपर्दछ।'''
 
अनन्तं विप्रवर्गञ्च तथा कुङ्कुमवर्णकम् । फणासहस्रसंयुक्तं तं देवं प्रणमाम्यहम् ।। सदा भूयात् प्रसन्नो मे भक्तानामभयङ्कर:॥"</ref> यो व्रत लिने व्यक्तिले अलिनो भोजन ग्रहण गर्नुपर्दछ।
 
हेमाद्रिमा<ref>हेमाद्रि, व्रतखण्ड, भाग २, पृ0 २६-३६</ref> अनन्त व्रतको विवरण विशद रूपले प्रस्तुत गरिएको छ, त्यसमा कृष्णद्वारा युधिष्ठिरलाई बताइएको कौण्डिन्य ऋषि र तिनकी पत्नी शीलाको गाथा वर्णित छ। भगवान् श्रीकृष्णको कथन छ - 'अनन्त' उनका रूपहरुमध्ये एउटा रूप हो, जसलाई काल भनिन्छ। अनन्त चतुर्दशीको व्रत धुप, दीप, चन्दन, अक्षता, पुष्प, नैवेद्यादि उपचारहरुका माध्यमले सम्पादन गरिन्छ। यस व्रतको महात्म्य उल्लेख गर्दै के भनिएको छ भने<ref> हेर्नोस् - वर्षक्रियाकौमुदी (पृ० ३२४-३३९), तिथितत्त्व (पृ० १२३), का० नि० (पृ० २७९), व्रतार्क आदि</ref> यदि यस व्रतलाई १४ वर्षसम्म लिने हो भने व्रत सम्पादन गर्ने व्यक्तिले सजिलै विष्णुलोक प्राप्त गर्न सक्दछ।<ref> हेमाद्रि, व्रत, भाग २, पृ० ३५</ref> यस व्रतलाई सम्पादन गर्ने सन्दर्भमा उपयुक्त तिथि र दिन निर्धारणका विषयमा मतमतान्तर छन्। माधव<ref>का० नि० २७९</ref>का मतमा यो व्रत मध्याह्नकालमा सम्पादन नगरेर सूर्योदयबाट गणना गरी प्रातःकालमा तीन मुहर्तसम्म अनन्त व्रतका लागि सर्वोत्तम मानिन्छ। तर निर्णयसिन्धुले<ref> निर्णयसिन्धु पृ० १४२</ref> यस मतको खण्डन गरेको छ। यसमा उदय तिथिको प्रयोग नै उपयोगी मानिन्छ र मध्याह्नकालसम्म चतुर्दशी तिथि हुँदा अझ राम्रो मानिन्छ।
 
==कथा==
एक पटक महाराज युधिष्ठिरले राजसूय यज्ञ गरे। त्यस समय यज्ञ मण्डपको सुन्दर ढङ्गले निर्माण त गरिएकै थियो, अझ त्यो मण्डप अद्भुत पनि थियो। त्यो यज्ञ मण्डप यत्ति मनोरम थियो कि जल र स्थलको भिन्नता नै प्रतीत हुँदैनथ्यो। जलमा स्थलको र स्थलमा जलको जस्तो प्रतीत हुन्थ्यो। साँच्चै सावधानी गर्दा पनि धेरै व्यक्तिहरू त्यस अद्भुत मण्डपमा झुक्किएका हुन्थे। एक पटक कतैबाट घुमघाम गर्दै दुर्योधन पनि त्यस यज्ञ-मण्डपमा आए र एक तलाउलाई स्थल मानेर त्यसमा लडे। द्रौपदीले यो देखेर 'अन्धाको छोरो अन्धो' भनेर उनको उपहास गरिन्। यसबाट दुर्योधन चिढिए। यो कुरो तिनको हृदयमा बाण झैं बिज्न थाल्यो। उनको मनमा द्वेष उत्पन्न भयो र उनले पाण्डवहरूलाई द्यूतक्रीड़ामा हराएर त्यस अपमानको बदला लिने विचार गरे। अनि हस्तिनापुरमा बोलाएर कल, छल र बलले उनले पाण्डवहरुलाई जुवामा पराजित गरे। जुवामा हारेपछि