"संसदीय व्यवस्था" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: संच → सञ्च using AWB (7794)
सा maintenance, replaced: ्ा → ा
पङ्क्ति ९:
यिनीहरुले राजालाई चाहिने कर उठाउन स्वीकृति दिनुका साथै राजा समक्ष आफ्नो इलाकाको पिरमर्का पनि जाहेर गर्दथे । संसद वोलाउने नवोलाउने र कानून निर्माण गर्ने काम राजा स्वयंले नै गर्दथे । सचेत उद्धेश्य र सजग योजना नभए पनि एडवार्ड प्रथमको शासनकालमा सन् १२७२ देखि १३०७ वीच वेला वेलामा आयोजना गरिने अनेकौ परिषदका वैठकहरु र आवश्यकताको दवावका कारण वेलायती संसद स्थापित हुन गयो । जनताको पिरमर्का राजाले स्वीकार नगरे सम्म संसद ले कर रकम स्विकृत गर्न आनाकानी गर्न थालेकोले राजा वाध्य भै जनताका पीरमर्का सुन्न थाले । फलतः संसदको शक्ति क्रमशः वढ्दै जान थाल्यो । संसदमा जनप्रतिनिधिहरुले ल्याउने विन्तीपत्र सामन्तकै विरुद्धमा हुनाले सामन्तले आफनो अपमान सम्झन्थे । अर्का तर्फ पादरीहरु पनि धार्मिक मामिलामा स्वतन्त्र भएको कारण यी तीनै वर्गहरु एकै ठाउमा वस्न असम्भव भयो र संसद तीन भागमा विभाजित भयो जसलाई सदन ९ज्यगकभ० भन्न थालियो । पादरीहरुको छुट्टै वैठक लाई कन्भोकेशन ९ऋयलखयअबतष्यल० सामन्तको वैठकलाई हाउस अफ लर्डस् र जनप्रतिनिधि हरुको वैठक लाई हाउस अफ कमन्स भनिन थालियो । पछि सामन्तको वैठकमा पादरीहरुले आफ्नो केही प्रतिनिधिहरु पठाउन थाले । यिनी हरुको वेस्ट मिनिस्टरको दरवारमा वैठक वस्न थाल्यो । जनप्रतिनिधिहरुको वैठक वेस्टमिनिस्टरको च्याप्टर हाउसमा हुन थाल्यो । (''खड्का,२०६३ पृष्ठ १२'')
 
इ. १६०३ मा जेम्स प्रथम राजा भए पश्चात राजा र संसद वीचको अधिकार का लागि द्धन्द तीव्र हुदै गयो । मनोमानी ढङ्ग वाट कर उठाउने कुराले राजा र संसद वीचमा ठूलो झगडा प्रारम्भ भयो, किन भने चौधौ शताव्दीमा पारित एउटा कानून अनुसार राजाले संसदको स्वीकृति विना कुनै पनि कर उठाउन नपाउने व्यवस्था भइ आएकोमा राजाले त्यसको अपहेलना गर्नुवाट संसदले आपनो वेवास्ता गरेको सम्झ्यो । (''पूर्ववत, पृष्ठ १२'') राजा र संसद वीचको अधिकारका लागि संर्घष्ासंर्घषा वढ्दै गएर राजा चार्ल्स प्रथमका समयमा तीव्र रुप लियो । राजा चार्ल्स ले मनोमानी ढंङ्गले कर (टनेज र पाउण्डेज) उठाउन शुरु गरे पछि संसदले आफ्नो अधिकार क्षेत्रको हनन भएको महशूस ग-यो । संसदले १६२८ मा आफ्नो एक अधिकार पत्र लाई प्रस्ताव द्धारा पारित गरी राजा समक्ष पर्ठाई उक्त प्रस्ताव लाई स्वीकार गरेमा मात्र कर सम्वन्धी स्वीकृति दिने भन्न थाल्यो । यसरी राज र संसद वीचको विवादले उग्ररुप लिदै राजा चार्ल्स प्रथम लाई फाँसी सम्म पुर्‍यायो । (''खड्का,२०६३ पृष्ठ १२'')
राजा चार्ल्स प्रथमको मृत्युदण्ड पछि ११ वर्षम्म वेलायतमा गणतन्त्र कायम भयो । तर पछि त्यहाँ राजतन्त्रको पुनःस्थापना भयो । पुनःस्थापित राजतन्त्र र संसद वीच पनि पुनः अधिकारका लागि द्धन्द शुरु भयो र आखिर राजा जेम्स द्धितीय पलायन भए । संसदले राजामा निहित अधिकारहरु क्रमशःसुढृढ गर्दै लग्यो । (''खड्का,२०६३ पृष्ठ १३'')