"तेन्जिङनोर्गे शेर्पा" का संशोधनहरू बिचको अन्तर

सा →‎आरोहीहरूको काठमाडौंमा सम्मान: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: उनि → उनी using AWB (7794)
पङ्क्ति १५:
 
'''तेन्जिङ नोर्गे शेर्पा''' विश्वको सर्वोच्च शिखर [[सगरमाथा]] आरोहण गर्ने विश्वकै सबैभन्दा पहिलो व्यक्तिमा पर्दछन्। बेलायती आरोहण समूहमा शेर्पाहरूको सरदार भै [[सगरमाथा]] आरोहण गरेका तेन्जिङ र अर्का आरोहि [[एडमण्ड हिलारी]] सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे सगरमाथा शिखर पुग्ने प्रथम (संयुक्त) आरोहि हुन् |
तेन्जिङको जन्म् १९१४ मा थ्याङबोचे [[:en:Tengboche]] मा भएको अनुमान गरिएको छ। (यिनको जन्म नाम : नामग्याल वान्ग्दि शेर्पा हो ) र उनिउनी ९ मे १९८६ मा भारतको [[दार्जिलिङ]] मा दिवंगत भए।
 
==आरोहीहरूको काठमाडौंमा सम्मान==
पङ्क्ति २२:
इतिहास शिरोमणि [[बाबुराम आचार्य]]को संयोजकत्वमा तेन्जिङ शेर्पा स्वागत समिति गठन गरिएको थियो। [[बनेपा]]देखि खुला जिपमा काठमाडौँ ल्याइएका सगरमाथा आरोहीद्वय शेर्पा र हिलारीलाई डिल्लीबजारको उकालोबाट बग्गीमा नगर परिक्रमा गराई वसन्तपुर गद्दी बैठकमा अभिनन्दन गर्ने कार्यक्रम थियो। बग्गीको दायाँ-बायाँ र अगाडि-पछाडि रिसल्ला, मोटरसाइकल र सैनिक ब्यान्डबाजाको प्रबन्ध मिलाइएको थियो।
 
सबैभन्दा अगाडि दुई महिला घोडचढी रिसल्लाद्वारा लस्करको अगुवाइ गर्ने कार्यक्रम थियो। एकैनासको पहिरन थियो, हलुका र आकर्षक । घोडा चढ्दा असजिलो नहोस् भनेर सर्ट-फ्रकसहित शिरमा फेटा बाँधिएको थियो र छड्के चुन्नी पनि थियो। घोडचढीको अगुवाइमा जुलुसले सहरका विभिन्न भागको परिक्रमा गर्योट ।गर्‍योट । सहरका मानिसहरूले ठूलो करतल ध्वनि र उत्साहका साथ जुलुसको स्वागत गरे। मुसलधारे वर्षा जसरी अबिर र फूलको वर्षा गरियो । हात हल्लाएर अभिवादन गर्नेहरूको लावालस्कर पनि लामै थियो। हामी वसन्तपुर दरबार पुगेपछि कन्या मन्दिरका छात्राले 'छ स्वागत, छ स्वागत नेपालपुत्र लायक' बोलको गीत गाएर स्वागत गरे।
ज्यादै आकर्षक ढंगले मञ्च सजाइएको थियो । प्रधानमन्त्री [[मातृकाप्रसाद कोइराला]]ले सगरमाथा आरोहीद्वयलाई त्यही मञ्चमा अबिर र माला लगाएर स्वागत गर्दै लामो मन्तव्य दिनुभयो । त्यसै दिन बेलुका दरबारका तर्फबाट उहाँहरूको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो।<ref>तेन्जिङ शेर्पाको सम्मानमा: इन्दिरा श्रेष्ठ कान्तिपुर</ref>