"स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही using AWB (7794)
(भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: न्छन → न्छन् (2) using AWB (7794))
(अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही using AWB (7794))
ई.सं. १९९० को प्रारम्भ देखि नै, स्वतन्त्र सफ्टवेयर समुदायमा वादविवाद भएदेखि , "स्वतन्त्र सफ्टवेयर" (अङ्ग्रेजीमा Free and Open Source Software र संक्षिप्तमा FOSS) को पर्यायवाची शब्दहरु प्रयोगमा आइसकेका थिए । "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्द रिचर्ड स्टलम्यान (Richard Stallman) द्वारा १९८३ मा स्वतन्त्र सफ्टवेयर अभियान शुरु गर्दा परिभाषित गरिएको थियो । स्वतन्त्र सफ्टवेयरको परिभाषाको अभिलेख जनवरी १९८९ देखि पाउन सकिन्छ । स्वतन्त्र सफ्टवेयरलाई सारांशीकरण गर्दा एक यस्तो सफ्टवेयरको रुपमा बुझ्न सकिन्छ जसले आफ्नो प्रयोगकर्तालाई कुनै पनि प्रायोजनकालागि उक्त सफ्टवेयर प्रयोग गर्ने, सफ्टवेयरको श्रोत (Source Code) अध्ययन गर्ने, आफ्नो कार्य र आवश्यकता अनुसार उक्त सफ्टवेयरलाई परिवर्तन गर्ने तथा उक्त सफ्टवेयरको परिवर्तित वा अपरिवर्तित रुपलाई वितरण गर्ने स्वतन्त्रता र अधिकार प्रदान गर्दछ । अङ्ग्रेजी शब्द "Free" सँग यस सफ्टवेयर को नाम शाब्दिक रुपमा बाझ्न गएको हुदाँ, अन्योलको स्थिति हटाउन विभिन्न संस्था र मानिसले यस नामको सट्टामा अरु नाम प्रस्तावना गरेका छन् ।
<br />
"खुल्ला श्रोत सफ्टवेयर", "Software Libre", "FLOSS (Free/Libre/Open Source Software)", "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर" आदि केहिकेही प्रचलित पर्याय हरु हुन । यी मध्ये सबै भन्दा प्रचलित नाम "खुल्ला श्रोत सफ्टवेयर" हो ।
<br />
यी विभिन्न नामका प्रयोगकर्ताहरु मूलतः उस्तै अनुज्ञप्ति (license), सफ्टवेयर विकास ढाँचा लाई अभिव्यक्त गर्छन्, तर, रिचर्ड स्टलम्यानका अनुसार यी नामका प्रयोगकर्ताहरु यी नामहरुसँग गाँसिएको दर्शन/शास्त्र का अनुरुप फरक छन् । केही प्रयोगकर्ताहरुले "स्वतन्त्र (libre)" (स्वतन्त्र अभिव्यक्तिमा "स्वतन्त्र" को अस्तित्वजस्तो) वा "निःशुल्क (gratis)" (निःशुल्क बियरमा "निःशुल्क" को अस्तित्वजस्तो) को प्रयोग गरेर स्वतन्त्र शब्दसँग गाँसिने भ्रमपूर्ण स्थितिको निराकरण गर्दछन् । धेरैजसो यी नाम/शब्दहरु सफ्टवेयर स्वतन्त्रता अभियानको परिपेक्ष्यमा प्रयोग गरिन्छन् र बिस्तारै सामान्य प्रयोगमा आउन लागेका छन् । रिचर्ड स्टलम्यानले "FLOSS" र "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर" को प्रयोग "खुल्ला श्रोत सफ्टवेयर" र "स्वतन्त्र सफ्टवेयर" को जोड वा योजन को रुपमा भनेर दिन्छन् । दुबै पक्ष मध्ये अत्यावश्यक तवरले कुनैलाई नछानि प्रयोग गर्ने सल्लाह स्टलम्यानले दिन्छन् तर साथै "स्वतन्त्र सफ्टवेयर" पक्षलाई आत्मसाथ गर्ने तथा समर्थन गर्ने आग्रह पनि गर्दछन् ।
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/165327" बाट अनुप्रेषित