"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: लागी → लागि (4), संच → सञ्च (2) using AWB (7794)
→‎[[चितवन उपत्यका]] (नरायणी पूर्वी राप्ती उपत्यका): अशुद्ध शव्दहरु सुधार्ने कार्य(correc using AWB (7794)
पङ्क्ति १५:
नेपालको मध्यभागमा पर्ने चितवन उपत्यकालाई नारायणी पुर्बी राप्ती उपत्यका पनि भनीन्छ । पूर्वमा [[मकवानपुर जिल्ला]]को हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदी हरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यका को पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन । त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी आदी खोलाहरू प्रवाहीत हुदै राप्ती नदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगल बाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला, लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन । त्यसैगरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेका छन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदी मा मिल्दछन । चितवन उपत्यकामा नन्द भाउजु, [[विस हजारी ताल]] लगायतका सानठूला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । यहांको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो । ठूलो भुभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक विविधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाण्डौ र पोखरा पछि नेपाल कै तेस्रो ठूलो पर्यटक गन्तव्य हो ।
 
बर्तमान नेपालमा चितवन उपत्यकाको भुभाग दुई अन्चल नारायणी र लुम्विनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुरमा प्रसासनीक बिभाजनमा परेको छ । पूर्वको हेटुडा बाट शुरू भइ पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पश्चिमको भुभाग लुम्विनी अंचल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्लाका रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यका को मुख्य केन्द्रीय चितवन जिल्लाको भुभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो । चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठूला नहर तथा कुला प्रणालीहरू खेतहरू सिंचित गर्न उपयो गरीएका छन । कृषीकृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ ।
 
नेपालको पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवाससम्म पर्दछ । हाल चल्तीमा कम रहेपनी नेपाल कै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पूर्वी क्षेत्र हेटौडा हुदै काठमाण्डौ गएको छ भने उपत्यकालाई काठमाण्डौ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर]] रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड, हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर]] [[हेटौडा]] तथा रत्ननगर नगरपालीका भित्रका शहरी सडक संजालको ठूलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक, भरतपुर शक्तीखोर [[उपरदांग गढी]] सहायक सडक मार्ग, टाडी विरेन्द्रनगर शक्तीखोर सडक ,भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठूला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसंग जोडीएको छ ।
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित