"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

→‎राप्ती उपत्यका: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: देखी → देखि (3), लागी → ल using AWB (7794)
→‎राप्ती उपत्यका: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: कृषी → कृषि using AWB (7794)
पङ्क्ति ४०:
नेपालको मध्य भागमा पर्ने चितवन उपत्यकालाई नारायणी पुर्बी राप्ती उपत्यका पनि भनिन्छ । पूर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन । त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन । त्यसै गरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेकाछन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिम बाट पूर्व बगी नारायणी नदीमा मिल्दछन । चितवन उपत्यकामा नन्द भाउजु, [[बिस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । य्हाको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक बिबिधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाण्डौ र पोखरा पछि नेपालकै तेस्रो ठुलो पर्यटक गन्तव्य हो ।
 
बर्तमान नेपालमा चितवन उपत्यकाको भुभाग दुई अञ्चल नारायणी र लुम्वीनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुर नामका प्रशासनीक बिभाजनमा परेको छन । पूर्वको हेटौडा बाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कहि चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पश्चिम को भुभाग लुम्वीनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्ला का रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यका को मुख्य केन्द्रीय चितवन जिल्लाको भुभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो । चितवन उपत्यका मा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेत बारी सिंचित गर्न उपयोग गरीएका छन । कृषीकृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ ।
 
नेपालको पूर्वपश्चिम जोडने महेन्द्र राजमार्ग को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पूर्वीक्षेत्र हेटौडा हुदै काठमाण्डौ गएको छ भने उपत्यका लाई काठमाण्डौ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर]] रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन । त्यसै गरी [[भरतपुर]] [[हेटौडा]] तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तीखोर [[उपरदांग गढी]] सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तीखोर सडक भरतपुर मेघोली सडक को केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित