"वामन जयन्ती" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ७:
बलिको पाताल गमनपछि ऋषिमुनि र देवताहरूले भगवान् वामनको पूजा र स्तुति गरे। परम्परागत रूपमा त्यसै दिनदेखि नै भाद्र महिनाको शुक्ल पक्षको द्वादशीका दिन वामनरूपी भगवान् नारायणको पूजाआजा गर्ने चलन चलेको हो। यस दिन श्रद्धालु भक्तहरू स्नान गरी शुद्ध वस्त्र धारण गरी भगवान् वामनको विधिपूर्वक पूजा गर्दछन्। धार्मिक मान्यताअनुसार यस दिन श्रवण नक्षत्रयुक्त हुँदा यस व्रतको महत्ता अझ बढ्न जान्छ। भक्त र श्रद्धालुहरू यस दिन भगवान् वामनको स्वर्णप्रतिमा बनाउन लगाई त्यसको वैदिक विधिपूर्वक प्रतिष्ठा गरी व्रत उपवास गर्दा सुयोग्य सन्तति प्राप्त हुने तथा भएका सन्ततिहरूको आयु, आरोग्य र सम्मृद्धिमा वृद्धि हुने साथै भगवान् वामनले तिनलाई समस्त कष्टहरूबाट त्यसरी नै मुक्त बनाउनुहुन्छ जसरी प्रभुले देवताहरूलाई राजा बलिको कष्ट निवारण गर्नु भएको थियो भन्ने कुरामा विश्वास गर्दछन्।<ref>http://cafehindu.com/festivals/vaman-avtar.html बाट अनूदित</ref>
==सन्दर्भ सामग्रीहरू==
<references/>
|