"फेडोरा परियोजना" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: संच → सञ्च (3) using AWB (7794)
सा →‎सञ्चालन: maintenance, replaced: अंग्रेजी → अङ्ग्रेजी
पङ्क्ति ११:
यो परियोजना कुनै छुट्टै वैधानिक संघ वा संस्था होईन। यस परियोजनाको सञ्चालन एवं कार्यका लागि रेड ह्याट उत्तराधिकारी छ। पाँच रेड ह्याटका कार्यकर्ता तथा चार समुदायका कार्यकर्ता राखेर बनाईएको परियोजना सञ्चालन समितिले परियोजना सञ्चालन निम्ति निर्देशन दिने र कार्य-योजना तयार पार्ने गर्दछ। यसै अनुरूप रेड ह्याटले समितिको एक सभापति पनि नियुक्त गर्दछ जसलाई समितिको निर्णय सम्बन्धि सम्पूर्ण अधिकार हुन्छ। रेड ह्याट को कम्पनिमा उक्त सभापतिले फेडोरा परियोजना नाईके को भूमिका निर्वाह गर्दछ। रेड ह्याटले एक पटक यस परियोजा सञ्चालनका निम्ति एक छुट्टै प्रतिष्ठानको गठन गरेको थियो, तर विभिन्न विषय माथि छलफल गरेपश्चात उक्त प्रतिष्ठान खारेज गरि हाल रहेको सञ्चालन-समिति स्वरूपलाई स्वीकार गर्‍यो।
 
यस परियोजनाले सफ्टवेयर लेखक तथा समुदायका सदस्यहरूसँग साझा ई-पत्राचार सूची तथा विकि पृष्ठहरू मार्फत सञ्चार राख्दछ। यस परियोजनाले वार्षिक रुपमा बोस्टनमा शिखर सम्मलेन पनि आयोजना गर्ने गरेको छ। उक्त सम्मेलनलाई फेडोरा प्रयोगकर्ता तथा सफ्टवेयर लेखक सम्मेलन (अंग्रेजीमाअङ्ग्रेजीमा Fedora Users and Developers Conference (FUDCon)) भनेर सम्बोधन गरिन्छ। यसका अतिरिक्त पनि जर्मनी, भारत एवं अन्य मुलुकहरुमा पनि विभिन्न सम्मेलनको आयोजना गर्ने गरेको छ यस परियोजनाले।
 
= उप-परियोजनाहरु =