"ली कुआन यु" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), removed: {{हिन्दीबाट अनुवादित}} using AWB (7794)
सा maintenance, replaced: ाा → ा (4)
पङ्क्ति १२:
पढाइमा सधैा उम्दा रहेका ली कानुनको अध्ययन समाप्त गरी स्वदेश फर्किएर वकालत गर्न थाले । यही समयमा उनी मजदूर युनियनका कानुनी सल्लाहकार पनि भए । सन् १९५४ मा उनकै पहलमा पिपुल्स एक्सन पार्टी नामक राजनैतिक संगठन खडा भयो । उनी त्यसका महासचिव चुनिए र सन् १९९२ सम्म महासचिव पदमा कायम रहे । सन् १९५५ मा उनी सिङ्गापुर विधानसभाको सदस्यमा चुनिए । सन् १९५९ मा स्वशासित सरकारका प्रधानमन्त्री बनेका ली सन् १९६३ को सेप्टेम्बरदेखि मलेसियाको एउटा प्रदेशको रूपमा सिङ्गापुर रहादा पनि सिङ्गापुरको प्रधानमन्त्री थिए र सन् १९९० सम्म अर्थात् ३१ वर्षसम्म उनी लगातार प्रधानमन्त्री पदमा रहे । सन् १९६५ मा सिङ्गापुर स्वतन्त्र सार्वभौम राष्ट्रको रूपमा स्थापित भयो ।
 
राष्ट्रलाई समृद्धशाली बनाउने निर्णायक तत्व जनता नै हुन् भन्ने ली तिनका शिक्षा, तालिम, ज्ञान, प्राविधिक क्षमता राष्ट्रका लागि अत्यन्त महìवपूर्ण हुने कुरामा विश्वस्त छन् । राष्ट्रलाई गतिशील बनाउन मर्यादित र योग्य अधिकतम व्यक्तिहरू माथिल्लो स्तरमा आवश्यक हुन्छ र जनताको स्वाभिमानको जगेर्ना गर्ने कार्यबाट नै उनीहरू आफैा राष्ट्र बनाउन प्रयत्नशील हुन्छन् भन्ने ली नेताहरूको कर्तव्य आफ्ना लागि उत्कृष्ट कार्यको ढााचाढाचा तयार गर्नु हो जसबाट उनीहरू सिक्न, कडा परिश्रम गर्न, उत्पादनशील हुन र त्यसैअनुसार राष्ट्रलाई पुरस्कृत गर्न सकुन् भन्छन् र चेतावनी दिन चाहन्छन् यी सबै प्राप्त गर्न सजिलो चैंा छैन ।
 
पार्टी बनाउने र बढाउने कुरामा उनी भन्छन् 'पार्टीको भित्री तहमा मन परेका व्यक्तिलाई मात्र स्थान दिने हो भने पार्टी विस्तार गर्न सकिन्न । जति बढी निस्वार्थी नेता हुन्छ त्यति बढी जनसमूहलाई आकर्षण गर्न सक्छ भाषणले मात्र जनसमूह आकषिर्त हुादैन- उनी स्पष्ट पार्न चाहन्छन् । पूरै गाउालेले सुन्ने गरी कराउने एउटा कुखुरीले एउटा अण्डा दिन्छ तर सय अण्डा दिने कछुवाको आवाज नै सुनिादैन भन्दै नारा र योजना फलाक्नु भन्नु परिणाममुखी नेता उत्तम हुन्छ भन्ने कुरा उनी बुझाउाछन् ।
पङ्क्ति २२:
सुरुमै अर्थतन्त्रको सुधारका लागि व्यापक औद्योगीकरण, न्यूनमूल्यमा आवास कार्यक्रम, भ्रष्टाचार विरोधी वृहत् रणनीतिजस्ता कार्यक्रम ल्याएर सन् १९६७ मा आर्थिक विकास बोर्ड गठन गरी उनले वैदेशिक लगानी भित्र्याउने प्रयास गरे । वैदेशिक लगानी प्रभावित गर्न उनले आकर्षक कर प्रोत्साहन नियम लागू गर्दै सापेक्षित न्यून वेतनिक दक्ष, अनुशासित श्रमशक्तिलाई ती उद्योगहरूमा आकर्षण गराए । त्यसैगरी भूमि, श्रम तथा पूाजिगत स्रोतहरूमा कसिलो नियन्त्रणका नियम बनाए । देशको अर्थतन्त्रको अर्को मजबुत आधार पर्यटन उद्योगलाई बढावा दिइयो । आधारभूत संरचना निर्माण गर्ने क्रममा हवाइ मैदान, बन्दरगाह, सडक तथा सञ्चार सञ्जाल विकसित गरेर बेरोजगारी घटाउने यस्तो प्रयास भयो कि सन् १९६५ मा १४ प्रतिशत बेरोजगारी रहेकोमा सन् १९७३ सम्म आइपुग्दा त्यो घटेर ४.५ प्रतिशतमा झर्‍यो ।
 
त्यसैगरी सन् १९६० मा प्रतिव्यक्ति आय अमेरिकी मुद्रामा ४४३ डलर रहेकोमा सन् १९८० को मध्यतिर त्यो १५ गुणाले बढेर ६६३४ डलर पुग्यो । यसै अवधिमा पूर्ण रोजगारका कारणले बेरोजगारी त्यहाको समस्या रहेन । सार्वजनिक बसोबासको वृद्धि ९ प्रतिशतबाट ९ गुना बढेर ८१ प्रतिशत पुग्यो । यसै अवधिदेखि भ्रष्टाचार त्यहााकोत्यहाको जीवन पद्धतिबाट हरायो ।
 
लीका यस्ता अनेकन कार्यक्रमले गर्दा सिङ्गापुरेहरू सुशिक्षित तथा सुसूचित मात्र भएनन् उनीहरूले उच्च जीवनस्तर, उच्च स्वास्थ्य हेरचाह, बसोबास तथा लामो जीवन पाएर सन् १९८० सम्म आइपुग्दा उनीहरूले गुणस्तरीय जीवन जीउन पाए त्यतिमात्र हैन उनले महिला मुक्तिका लागि पनि अनेक सुधार गरे । श्रम स्थिरता कायम गर्नुका साथै तिनका जीवनस्तर उठाइदिएर उनको पथ प्रदर्शनमा प्रचुर प्राकृतिक स्रोतको कमीका बाबजुद सिङ्गापुर आर्थिक तथा औद्योगिक शक्तिगृह भएको छ ।
 
देश विकासको पहिलो पक्ष त अधिकारवाला नै हो- तिनले कस्तो र कसरी निर्णय गर्छन्, दोश्रो जनता हुन् अधिकारवालाका निर्णयलाई तिनले कसरी बुझ्छन् र लिन्छन्, तेस्रो छिमेकी मित्र हुन्- तिनका प्रवृत्ति कस्ता छन् भन्ने बुझेका लीले त्यस्ता नोकर शाह चाहन्थे जसले जनताप्रतिको सरकारको प्रतिबद्धता पूरा गर्न सहयोग गरोस् । अनावश्यकरूपमा नोकरशाहलाई चोट पुर्‍याउने र दोषारोपण गर्ने कार्य गर्नु हुादैन । सक्षम, इमानदार र लगनशीललाई प्रोत्साहन र पुरस्कार दिने गर्नुपर्दछ भन्ने दृष्टिकोण भएकाले लीलाई तिनका विश्वास प्राप्त भयो अनि देश र जनताका भलाइका काम गर्न कठिन भएन । त्यसैगरी छिमेकीसागको सम्बन्ध सुमधुर बनाउन पनि सिङ्गापुरलाई गाहारो परेन । लीको कुशल नेतृत्वकै कारण उपस्थिति हााककोहाकको सामना गर्न र तिनका प्रवृत्ति र नीतिमा आधारभूत परिवर्तन गर्न त्यो देश सफल भयो । फलस्वरूप बजेट सन्तुलनमा राख्न गाहारो भएन र बजेट घाटा व्यहोर्नु परेन ।
 
मन्त्री, सचिव तथा आˆना सभासद्हरूलाई शक्तिको उन्मादमा नपर्न र शक्तिको दुरुपयोग नगर्न उनी कडा चेतावनी दिन्थे । त्यसैगरी सामाजिक समारोहमा मन्त्रीहरू उपस्थित नहुने कडा निर्णय थियो । सहरको सरसफाइ गर्न जनता तथा मन्त्रीसमेतलाई परिचालित गर्ने मात्र हैन उनी आफैा पनि सागै कुचो लिएर बढार्ने गर्थे । जनसेवाको लागि कडा परिश्रम गर्न र आˆनो सुकिलोपनको प्रभावमा नपर्न उनी कडा चेतावनी दिन्थे । जनचेतना विस्तार गर्न, सरसफाइ कायम गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जन उत्साह र संलग्नताका लागि उनी जनतालाई प्रोत्साहित गर्थे । वक्र्स बि्रगेड स्थापना गरेर बेरोजगार युवाहरूलाई अर्धसैनिक पोसाकमा छाउनीमा राखेर खेती सडक निर्माण, ईंट बनाउने तथा निर्माण कार्यको तालिम दिन लगाएका थिए । यसले गर्दा तिनमा अनुशासनमा रहने, मेहनत गर्ने बानी मात्र बसेन, सडकमा टल्लिएर हिाड्ने तिनका बानी समेत हरायो । उनकै नेतृत्व तथा दृष्टिकोण क्षमताले जुवा खेल्ने, लागू पदार्थ सेवन गर्ने, अश्लिल सिनेमा हेर्नर्, बहुपत्नी राख्ने, वेश्यालयमा छोरी पठाउने, भ्रष्टाचार गर्ने एवं नातावादमा रुमल्लिने बानीजस्ता गलत क्रियाकलाप सिङ्गापुर भूमिबाट हट्यो ।
पङ्क्ति ३४:
सिङ्गापुर भ्रमणका बेला विभिन्न ठाउामा विभिन्न वर्गका मानिससाग यो लेखकको कुराकानी भयो । कुराकानीका क्रममा उनको विषयमा सोद्धा प्रत्येकको एउटै जवाफ थियो- ली आधुनिक सिङ्गापुरका जन्मदाता मात्र हैनन्, सारा सिङ्गापुरेका पिता हुन् । यसै सन्दर्भमा उल्लेख नगरी नहुने अर्को चाख लाग्दो कुरा छ । सन् १९९१ मा भियतनामी प्रधानमन्त्री भो भान किएटले सिङ्गापुर भ्रमणको क्रममा उनलाई भियतानामको आर्थिक सल्लाहकार बनिदिन प्रस्ताव गरेछन् । यद्यपि उनी त्यतिखेर प्रधानमन्त्री पदबाट हटिसकेका थिए उनले त्यो प्रस्ताव स्वीकार गरेनछन् बरु आफूले सक्दो सहयोग गर्ने बचन दिएछन् । उनकै सल्लाहअनुसार गरेको हुनाले भनिन्छ दस वर्ष भित्रमा भियतनाम आˆनो अर्थतन्त्रमा निकै ठूलो फड्को मार्न सफल भयो ।
 
उनले स्वेच्छाले प्रधानमन्त्री पद त्याग गरे पनि उनलाई मन्त्रिमण्डलबाट पृथक् बस्न दिइएन । तसर्थ उनी अहिले पनि मिनिष्टर मेन्टर।को पदमा आसिन छन् र उनको सल्लाह, निर्देशन तथा मार्ग दर्शन त्यहाात्यहा आवश्यक ठानिएको छ । सिङ्गापुरको विकासले यति फड्को मारिरहेको छ कि आाकडाअनुसार २००७ को प्रतिव्यक्ति आय अमेरिकी मुद्रामा ४८,९०० डलर पुगेको छ ।
 
[[श्रेणी:व्यक्तित्व]]
"https://ne.wikipedia.org/wiki/ली_कुआन_यु" बाट अनुप्रेषित