"वामन अवतार" का संशोधनहरू बिचको अन्तर

सा →‎यो पनि हेरौँ: maintenance, removed uncategorised tag
→‎राजा बलीले गरेको दान तथा वामन अवतार: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: ला using AWB (7794)
पङ्क्ति ६:
===राजा बलीले गरेको दान तथा वामन अवतार===
[[Image:033-vamana.jpg|200px|thumb|राजा बली र वामनावतार]]
दैत्य बली दोश्रो पटक स्वर्गका राजा भएपछी देवताहरु संकटमा परेको देखेर देवताहरुकी आमा अदितीलाई दु:ख लाग्यो। एक दिन अदितीले आफ्ना पति कश्यप ऋषि सित यो कुरा राखिन्। तब कश्यप ऋषिले उनलाई भगवान विष्णूको तपश्या गर्ने सल्लाह दिए। अदितीले पनि पतिको सल्लाह अनुसार भगवान विष्णूको तपश्या गरिन्। एक दिन भगवान विष्णूले अदितीलाई दर्शन दिएर तपश्या गर्नाको कारण सोधे।अदितीले आफ्ना सन्तानहरुले दु:ख झेली रहेको र सौता दितीका सन्तानहरुले स्वर्गको राजा भएर मौज गरीरहेकोले यसको उपायको लागीलागि तपश्या गरेको बताइन्। यो सुनेर भगवान बिष्णुले अदितीलाई पुत्रको बरदान दिए। अदितीले भगवान विष्णूलाई आफ्नो पुत्रको रुपमा अवतार लिन आग्रह गरिन्। भगवान विष्णुले अदितीको कोखबाट वामन अवतारको रुपमा जन्म लिए। भगवान वामन 8 बर्षको भएपछी ब्रह्माजीले व्रतबंध गरिदीए। व्रतवंधको देशान्तरमा जाने क्रममा भगवान वामन बली राजा कहाँ गए। वामनलाई देखेर राजा बलिले आदर पूर्वक आफुकहाँ आएको कारण सोधे । तब वामनले बलीलाई आफुले केही दान लिने तर त्यो दिने र नदिने कुरा पहिल्यो वाचा गर्न आग्रह गरे। तब बलिले पनि मागेको चिज दिने वाचा गरे। यसरी वाचा दिलाई सके पछी वामनले हरि भक्ती गरेर बस्नको लागीलागि मात्र 3 पाउ जमिन चाहिएको कुरा व्यक्त गरे। यो सुनेर राजा बलिले अहंकारका साथ भने "म स्वर्गको राजा हुँ मसँग यती सानो चिज माग्नु भयो तैपनि दिन्छु भनेर संकल्प गर्नलागे तब शुक्रचार्यजीले यी वामन सामान्य मानिस नभएर भगवान विष्णू भएको जानकारी दिए र संकल्प गर्नबाट रोक्ने प्रयास गरे। तर बलीले मानेनन् संकल्प गरिसके पछी राजा बलिले वामनलाई जमीन नाप्ऩ लगाए। तब वामले आफ्नो सानो रुपलाई बढाएर एक पाईला पृथ्वीमा र अर्को पाइला स्वर्गमा राखे। अब अर्को पाईला राख्ने ठाउँ नभएका कारण राजा बली चिन्तित भए। पछी प्रह्लादलाई भगवानको लिला थाहा पाएर प्रार्थना गरे। तब वामनले राजा बलीलाई एक पटक स्वर्गको राजा बनाउने आश्वासन दिएर सुतलमा पठाए। आफु पनि राजा बलीसँग छलकपट गरेको पश्चाताप मेटाउन जीवन भर राजा बलिको द्वार पाले भएर बस्ने वाचा दिए। बलीले दानको संकल्प गरीसकेका कारण वामनको एक पाईला आफ्नो शिरमा राखेर दानको विधी पुरा गरे। त्यस पछी वामनले इन्द्रलाई स्वर्ग दिलाएर राजा बलिका साथ सुतलमा गए।<ref>सुब्बा होमनाथ केदारनाथ कृत सुक सागर</ref>
 
[[Image:ॐ.gif|150px]]
"https://ne.wikipedia.org/wiki/वामन_अवतार" बाट अनुप्रेषित