"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा BhawaniBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ �
→‎राप्ती उपत्यका: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: देखी → देखि (3), लागी → ल using AWB (7794)
पङ्क्ति ३८:
 
== राप्ती उपत्यका ==
नेपालको मध्य भागमा पर्ने चितवन उपत्यकालाई नारायणी पुर्बी राप्ती उपत्यका पनि भनिन्छ । पूर्वमा मकवानपुर जिल्लाको हेटौडा देखीदेखि पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन । त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन । त्यसै गरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेकाछन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिम बाट पूर्व बगी नारायणी नदीमा मिल्दछन । चितवन उपत्यकामा नन्द भाउजु, [[बिस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । य्हाको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक बिबिधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाण्डौ र पोखरा पछि नेपालकै तेस्रो ठुलो पर्यटक गन्तव्य हो ।
 
बर्तमान नेपालमा चितवन उपत्यकाको भुभाग दुई अञ्चल नारायणी र लुम्वीनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुर नामका प्रशासनीक बिभाजनमा परेको छन । पूर्वको हेटौडा बाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कहि चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पश्चिम को भुभाग लुम्वीनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्ला का रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यका को मुख्य केन्द्रीय चितवन जिल्लाको भुभाग जंगल कटान गरी २०१४ सालदेखीसालदेखि मानव बसोवास का लागीलागि खुल्ला गरीएको हो । चितवन उपत्यका मा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेत बारी सिंचित गर्न उपयोग गरीएका छन । कृषी उद्यममा उपत्यका अग्रणी मानिन्छ ।
 
नेपालको पूर्वपश्चिम जोडने महेन्द्र राजमार्ग को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखीदेखि दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पूर्वीक्षेत्र हेटौडा हुदै काठमाण्डौ गएको छ भने उपत्यका लाई काठमाण्डौ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर]] रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन । त्यसै गरी [[भरतपुर]] [[हेटौडा]] तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तीखोर [[उपरदांग गढी]] सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तीखोर सडक भरतपुर मेघोली सडक को केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।
 
संचारकासञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन । उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालिका [[भरतपुर]],[[हेटौडा]] र [[रत्ननगर]] रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै [[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंज तथा [[धरान]] पछीको सातौ ठुलो सहर हो ।
 
त्यसैगरी चितवन उपत्यका को पूर्वी छेउमा अवस्थीत [[हेटौडा]] चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसंख्याका साथमा [[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंज [[धरान]] [[भरतपुर]] [[महेन्द्रनगर]] तथा [[बुटवल]] पछी नेपाल कै दस नं. सहरको रूपमा रहेको छ । उद्योग कलकारखाना ले भरीपूर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो । उपत्यकाको तेस्रो केन्द्र [[रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रीय निकुन्ज]] पस्ने प्रवेशद्वार हो ।
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित