"चेपाङ जाति" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: स्कुल → स्कूल, removed: {{हिन्दीबाट अनुव using AWB (7794)
सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
पङ्क्ति १:
{{हिन्दीबाट अनुवादित}}
 
{{Wikify|date=जुन २०११}}
 
चितवन, धादिङ, मकवानपुर र गोरखाका विकट पहाडी भेगमा बसोबास गर्ने करिब ३० हजार जनसंख्या रहेको प्रजा जाति आर्थिक, सामाजिक, शैक्षिक हरेक हिसाबले निकै पछाडि परेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउनु, गिठ्ठा [[भ्याकुर]] खोज्नु, माछा मार्नु र शिकार खेल्नु यिनीहरूको दिनचर्या हो । खोरिया गरेर उत्पादन गरेको थोरबहुत अन्नले वर्षको चार महिना पनि खान पुग्दैन । सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर पाइन्छ । अत्यन्त गरिबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्नुपर्ने बाध्यता छ ।
 
शिक्षामा निकै पछाडि परेको यो समुदायबाट हालसम्म प्रवेशिका उत्तीर्ण गर्नेको संख्या आठ दस/जनाभन्दा बढी छैन । प्रजा बालबालिकालाई स्कूलस्कुल भर्ना गराउन निकै कठिन हुन्छ । अभिभावकमा चेतनाको अभाव, टाढाको विद्यालय, लगाउने लुगा र पाठ्यसामग्रीको अभावका कारण उनीहरू विद्यालय आउन नसकेका हुन् । प्रजा समुदायको विकासका लागि २०३४ सालदेखि प्रजा विकास कार्यक्रम लागु गरे पनि उनीहरूको जीवनस्तरमा खासै सुधार आएको पाइँदैन । स्थानीय विकास मन्त्रालयबाट सञ्चालन हुँदै आएको उक्त कार्यक्रम विगत दुई वर्षदेखि जनजाति विकास प्रतिष्ठानले सञ्चालन गरेको छ । बाहृय सस्थाको प्रयासले आफ्नो विकास हुने नदेखेपछि २०५७ सालमा प्रजा एकीकृत समाजको स्थापना गरिएको छ । जङ्गल फँडानी गरेर बसोवास गर्ने यो जातिको आफ्नो भन्ने खास कुनै सम्पत्ति छैन । अर्काको काम गरेर, भारी बोकेर, जडिबुटी संकलन, च्यूरीको घ्यू र मह काढेर कमाएको थोरबहुत आम्दानीले गुजारा चलाउनु पर्छ । पहिला जग्गा नापी दर्ता हुँदा सरकारी कर लाग्ने डरले आधाभन्दा बढी चेपाङहरूले आफूले कमाउँदै आएको जग्गा पनि आफ्नो नाममा दर्ता नगरेको कारण आधाभन्दा बढीसँग जग्गाधनी प्रमाणपूर्जा छैन ।
 
परम्परागत रूपमा हिन्दु र बौद्ध धर्म मान्ने भएता पनि यो जातीमा गरिबीको कारण अहिले चेपाङ वस्तीमा क्रिश्चियन धर्मको व्यापक प्रचार भएको पाइन्छ । आफ्नै मौलिक संस्कृति, भेषभुषा र सामाजिक रहनसहन भएको यस जातिलाई बाहिरी दुनियाँसँग परिचित गराई उनीहरूको जीवनस्तरमा सुधार ल्याउनेतर्फ ध्यान दिनु जरुरी देखिन्छ । प्राकृतिक सौन्दर्यता, जैविक विविधता र साँस्कृतिक विशिष्टताका कारण यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना देखिन्छ ।
"https://ne.wikipedia.org/wiki/चेपाङ_जाति" बाट अनुप्रेषित