"एकलव्य" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, removed: {{हिन्दीबाट अनुवादित}} using AWB (7794)
सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
पङ्क्ति १:
 
'''एकलब्य''' हिन्दू धर्मग्रन्थका एक पौराणिक पात्र हुन्। यिनको चर्चा महान हिन्दू ग्रन्थ [[महाभारत]]मा गरिएको छ।
 
उनी गुरूभक्ति अनुपम पात्र मानिन्छन् र विशेष किसिमको गुरूभक्तिको उदाहरण दिन पर्‍यो भने उनको नाम लिने गरिन्छ । तत्कालीन परिवेशअनुसार उनी जन्मको आधारमा त्यति सम्पन्न र समुन्नत मानिंदैनन् । तर कर्मले सारा विश्वलाई झुकाइदिएका छन् । कुरो त्यतिबेलाको हो जति बेला धनुर्विद्याका धुरन्धर विद्वान् गुरू द्रोणाचार्य कौरवकुमारहरूलाई धनुर्विद्या सिकाउन नियुक्त भएका थिए । भिल्लकुमार एकलव्यलाई पनि उनीसित धनुर्विद्या सिक्न मन लाग्यो र आएर निवेदन गरे तर [[गुरू]] [[द्रोणाचार्य]]ले आफू राजकुमारहरूलाई मात्र विद्या सिकाउन नियुक्त भएकाले उनलाई सिकाउन असमर्थता प्रकट गरे । त्यसपछि एकलव्यलाई के गरौँ के गरौँ जस्तो भयो, निकै छटपटिए । निकैदिनको छटपटिपछि गुरू [[द्रोणाचार्य]]को मूर्ति बनाएर अगाडि साक्षी राखी धनुर्विद्या सिक्ने अठोटमा पुगे र त्यसै गर्न लागे । रातदिन नभनी उनी यति बढी अभ्यासमा लागे कि चाडै नै अद्वितीय धनुर्धर भएर निस्के ।
 
यो कुरो [[द्रोणाचार्य]]ले थाहा पाए । गोप्यरूपले परीक्षण गर्दा कुरो सही ठहर्‍यो । अब के गर्ने [[गुरू]] [[द्रोणाचार्य]]लाई फसाद पर्‍यो । उनले [[अर्जुन]]लाई अद्वितीय धनुर्धर बनाउने वचन दिइसकेका थिए । एकलव्य जीवित छँदै यो सम्भव नहुने भयो । हुनत उनले विना[[गुरू]] विद्या अध्ययन गर्नु चोरी गर्नुसरह हो भनी कूटनैतिककूटनीतिक अस्त्र प्रयोग गरी उनलाई बाटोबाट पन्छाउने प्रयास पनि नगरेका होइनन् तर एकलव्यले [[गुरू]] द्रोण नै आˆनो [[गुरू]] भएको प्रमाण दिएपछि उनको बेचैनी अरू बढ्यो । त्यसपछि [[गुरू]] द्रोणले म नै तिम्रो गुरू भए [[गुरू]] दक्षिणा खोई त ? भने अर्को कूटनैतिककूटनीतिक अस्त्र प्रहार गरे तर उनले हिम्मत हारेनन् र दक्षिणाका निम्ति के टक्र्याउँ भने । धनुर्वाण चलाउन दाहिने हातको बूढी औँलो बढी महत्त्वपूर्ण मानिन्छ । बूढी औँलोविना चलाइएको वाणले निशाना चुक्ने सम्भावना धेरै रहन्छ । त्यसैले [[गुरू]]ले त्यही औँलो मागे तर यसमा पनि उनी कत्ति पनि विचलित भएनन् र आफैँले आˆनो औलो काटेर [[गुरू]]लाई दक्षिणास्वरूप चढाए । यही अद्भूत कामले गर्दा नै उनी [[गुरू]]भक्तिको अनुपम उदाहरण बनेर अहिलेसम्म इतिहासमा अमर छन् ।
 
[[श्रेणी:पौराणिक पात्र]]
"https://ne.wikipedia.org/wiki/एकलव्य" बाट अनुप्रेषित