"ब्रह्म" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५:
हिन्दू दर्सन अनुसार ब्रह्म नै सारा जगतको सार रपरम सत्य हो ।उ नै दुनियाको आत्मा हो । विश्वको उत्पत्ति ब्रह्म बाटै भएको, उसैमा आधारित रहने र अन्तमा उसैमा बिलिन हुने हुँदा समस्त विश्वको कारण उ नै हो । उ अद्वितीय छ । उ स्वयम् परम ज्ञानी भएकाले प्रकाशको स्रोत झैं उज्यालो छ । उ निराकार, अनन्त नित्य र शाश्वत छ । ब्रह्म सर्वशक्तिमान र सर्वब्यापी छ ।
 
* श्रृष्टिको कारक तत्वलाई सहज भाषामा प्रकृति भनेर बुझने गरिन्छ ।
* प्रकृतिको कृयाकलाप संचालन गर्ने र समस्त भूतहरुमा स्थित आत्मतत्वको श्रोतलाइ परीचालन गर्न एकमात्र परमतत्वको अस्तित्व स्विकार गरीएको छ ।
* त्यसै परम तत्वलाइ ब्रह्म वा परब्रह्म(परमात्मा लगायत कैयो नाम दिइएका छन ।
* अतः विश्व ब्रह्माण्डको श्रृष्टि, पालन र संहार उपक्रम संचालनको समस्त प्रवन्धकर्ता यही अदृश्य परमतत्व हुन आउंंछ ।
* अध्ययनका क्रममा यस परमतत्व ब्रह्मलाई परम प्रकृति भन्दा बुझन सहज हुनेछ ।
* ब्रह्मको कार्य सम्पादनको माध्यम शक्तिलाई माया शक्ति नाम दिइएको छ ।
* माया शक्तिले आवश्यकता अनुसार इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिमा विभक्त भई अदृश्य रुपमा ब्रह्मको कार्य सम्पादन गराउदछन ।
* सामान्य श्रृष्टि संचालनको अवस्थामा यो ब्रह्मका् स्थिति ः
* भूत, भविश्य र वर्तमान तिनै अवस्थामा ससर्वत्र र समस्तमा अप।िहार्य रुपले व्याप्त रहेको हुन्छ ।
* सदा सत, चित र आनन्द मा एकात्म्य रुपले व्याप्त रहेको हुन्छ ।
* आफनो परम सामथ्र्य प्रयाग गरी कुनैपनि कार्य इच्छा र आवश्कता अनुसार समयमा सम्पन्न गराउने, रोक्ने तथा आंशिक वा पूर्णतया प्रतिकुल पार्ने गर्छ ।
* प्रलयको अन्ध अवस्थामाः
* निज नाम, रुप र उपाधी विहीन भएर पूर्ण ससुप्त रहेको हुन्छ
"https://ne.wikipedia.org/wiki/ब्रह्म" बाट अनुप्रेषित