"अम्ल वर्षा" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
→‎अम्ल वर्षा को निवारण का उपाय: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: वाँ using AWB (7794)
पङ्क्ति १०:
 
== अम्ल वर्षा को निवारण का उपाय ==
अम्ल भएका ग्यासहरू धेरैजसो औद्योगिक कलकारखानाहरूबाट उत्सर्जित हुने गर्छन् । पेट्रोल र डिजेलबाट चल्ने विभिन्न सवारी साधनहरूबाट निस्कने धुवाँमा पनि त्यस्ता ग्यासहरूहरू हुन्छन् । त्यसैले अम्ल वषर्ाको रोकथाम गर्ने हो भने यस्ता कल- कारखानाबाट धुवाँधुौं निस्कने चिम्निमा फिल्टर जडान गर्नुपर्दछ । त्यस्तै सवारी साधनहरूमा 'क्याटलाइटिक कन्भर्टर' लगाउन सकिन्छ । जसले सल्फर डायोअक्साइडलाई हावामा मिसिनबाट रोकिदिन्छ र नाइट्रोजनको उत्पादनमा कमी ल्याउँछ । अम्ल वषर्ाले कुनै भौगोलिक सिमानाको ख्याल गर्दैन । जताजता हावाले लैजान्छ त्यतै यो पुग्ने गर्छ । पूर्वी क्यानडा र उत्तरपूर्वी अमेरिकामा हुने अम्ल वषर्ाको मुख्य कारण अमेरिकाको मध्यपश्चिम भागमा रहेका कारखानाहरूलाई मानिएको छ । त्यस्तै स्काण्डिनेभियन मुलुकहरूमा हुने अम्ल वर्षा बेलायतबाट आएको मानिन्छ । यस्तै चीनमा औद्योगिक क्रान्ति र कोइलाको अत्यधिक प्रयोग भएका कारण देशको ४० प्रतिशत भाग अम्ल वर्षा बाट प्रभावित भएको बताइन्छ । अम्ल वर्षा को सबैभन्दा नकारात्मक पक्ष के हो भने यसको असर दीर्घकालसम्म रहिरहन्छ ।यहाँसम्म कि हामीले अम्ल वर्षा तत्कालको लागि रोक्न सक्यौँ भने पनि त्यसको असर वर्षौँ पछिसम्म देख्न सकिन्छ । त्यसैले पहिले नै यसबाट बच्ने प्रयास गर्नुपर्छ भन्ने वैज्ञानिक अवधारणा रहिआएको पाइन्छ ।
 
* [[वातावरण शास्त्र]]
"https://ne.wikipedia.org/wiki/अम्ल_वर्षा" बाट अनुप्रेषित